साइबर अपराधबाट बच्न साइबर ब्यूरोका यी ‘अति नै काम लाग्ने’ टिप्स: तपाईँलाइ उपयोगी हुन सक्छ
Cyber Security IT

साइबर अपराधबाट बच्न साइबर ब्यूरोका यी ‘अति नै काम लाग्ने’ टिप्स: तपाईँलाइ उपयोगी हुन सक्छ

Sep 26, 2024

काठमाडौं ।

इन्टरनेटको पहुँच र उपलब्धताले हाम्रो दैनिकीलाई सहज बनाइदिएको छ। कार्यालय, कलेज, विद्यालय आदिको पठनपाठन देखि स्वअध्ययन तथा मनोरञ्जनका लागि इन्टरनेट र यसका अन्तर्गत चल्ने विभिन्न वेबसाइट, सामाजिक सञ्जाल, मूलधारका सञ्चारमाध्यम आदिको माध्यमबाट हामी पल पलको खबर प्राप्त गरिरहेका हुन्छौं भने आफ्ना कुराहरु पनि आदान प्रदान गरिरहेका हुन्छौं।

यस हिसाबले इन्टरनेटलाई वरदान मान्दा आश्चर्य नहोला। तर विकाससँगै विनास निम्तिए झैं इन्टरनेटकै कारण सन्सारभर विकृति र विसंगति पनि दिन-प्रतिदिन फैलँदै गएका छन्।

यस्ता विकृति विसंगतिमा समाजमा द्वेष र घृणा फैलाउने, चरित्र हत्या गर्ने, अवाञ्छित र अश्लील फोटो भिडियो राखेर गालफ गलौज गर्ने, अनलाइनमार्फत् सामान आएको छ वा चिट्ठा परेको छ भनेर रकम ठगी गर्ने साथै बेटिङलगायतका गैरकानूनी जुवाहरुमा समावेश हुनेलगायतका क्रियाकलापहरु पर्दछन्।

केही समययता प्रहरीको साइबर ब्युरो र अपराध महाशाखामा दैनिक यस प्रकारका गुनासा आउने गरेकाले नेपाल प्रहरीको साइबर ब्युरोले यसको रोकथामका लागि विद्यालय तथा कलेजहरुमा साक्षरता कक्षा चलाउने लगायतका कार्यहरु गर्दै आएको छ।

यस्तै कार्यहरुका आधारमा ब्युरोले यस्ता साइबर अपराधबाट बच्न केही ‘गर्नु पर्ने’ वा ‘गर्नै नहुने’ टिप्सहरु सबैका लागि साझा गरेको छ।

यस्ता छन् टिप्स

अप्रत्याशित लिङ्क / नभरेको चिट्ठा पयो ?

  • SMS / Messenger / Whatsapp मा जुनसुकै लिङ्क आएमा विश्वासिलो यकीन नभई जथाभावी क्लिक नगरौं।
  • विदेशबाट पार्सल / गिफ्ट आएको छ, भन्सार कटाउनुप-यो भनि रकम माग गरेमा हतारिएर रकम नबुझाऔं।
  • भर्दै नभरेको चिट्ठा पन्यो अनि मेसेज आएमा प्रलोभनमा नपरौं । आफ्नो पासवर्ड तथा OTP कसैसँग पनि सेयर नगरौं ।

आर्थिक कारोबारबारे सचेत रहाैं

  • ई-मेल तथा मोबाईलमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भर नपर्नुहोस्।
  • आपत पयो’ भनेर चिनेकै व्यक्तिले रकम माग गरेमा फोनकल गरी यकीन समेत गर्नुहोस्।
  • ‘राम कुमार Active 2m ago 06 MAY AT 15:20 नानु मलाई अति आवश्यक पर्यो ५,००० जति पठाउ न। म भोलि तुरुन्तै फिर्ता गर्छु। हस दाई के मा पठाउँ? खाता पठाउनुस न। पख म तिमिलाई QR कोड पठाउँछु।’ यस्ता मेसेजहरुबाट सतर्क रहनुहोस्।

प्रविधिको प्रयोगबारे जानकार रहौं

  • आवश्यकता अनुसार कम्प्युटरमा Antivirus software तथा Adblocker प्रयोग गरौँ।
  • कुनै पनि प्रोग्राम/सफ्टवेयरको सक्कलै प्रति वा संस्करण (Genuine Version) प्रयोग गर्ने गरौँ।
  • अत्यावश्यक डाटालाई फरक/फरक माध्यममा नियमित ब्याकअप गर्ने गरौं।

गोप्य विवरण “गोप्य नै राख्ने बानी बसालौं

  • सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत विवरण तथा आपत्तिजनक तस्वीर, भिडियोहरु नराखौँ।
  • विभिन्न माध्यमबाट आउने लिङ्क, एप्स, वेबसाइट, अनलाइन फारामहरु आदिबारे सचेत रहौं।
  • कुनै पनि लिंक ‘क्लिक’ गर्नुअघि राम्ररी सोच्नुहोस्, मनन् गर्नुहोस्।

यी माथि उल्लिखित टिप्सहरु कुनै पनि समस्या नआउन् भन्नका लागि अपनाइने उपायहरु हुन्। तर जानी नजानी कुनै साइबरसम्बन्धी समस्या आएको छ भने नेपाल प्रहरीको साइबर ब्यूरोलाई सम्पर्क गर्न सकिन्छ।

साइबर ब्यूरोलाई सम्पर्क गर्ने माध्यमहरू यसप्रकार छन्:

facebook.com/CyberBureau Nepal

फाराम यो लिंकमा उपलब्ध छ: https://cyberbureau.nepalpolice.gov.np

यसबाहेक मेल मार्फत समेत गुनासो टिपाउन सकिन्छ जसका लागि cyberbureau@nepalpolice.gov.np निवेदन दिन सकिन्छ।

निवेदन दिँदा नभई नहुने कुराहरु केके हुन्?

  • नागरिकता / राहदानी / सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)/ (बालबालिकाको हकमा जन्मदर्ता) प्रतिलिपि
  • आवश्यक स्पष्ट Screenshot हरु
  • पीडित र पीडकसँग सम्बन्धित URL ID, सम्पर्क नम्बरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *