आईफोन १६ प्रो प्रयोगकर्ताहरूले टचस्क्रिन समस्याहरूको सामना गर्दै
Gadgets

आईफोन १६ प्रो प्रयोगकर्ताहरूले टचस्क्रिन समस्याहरूको सामना गर्दै

Sep 26, 2024

काठमाडौं ।

आईफोन १६ प्रो का प्रयोगकर्ताहरूले आफ्नो फोनको टचस्क्रिन समस्याहरूबारे अनलाइन रिपोर्ट गरेका छन्। फोनले केही स्वाइपहरू र ट्यापहरू दर्ता गर्न असफल भएको देखिएको र यसले फङ्गसनालिटिलाई महत्त्वपूर्ण रूपमा असर गर्ने उल्लेख गरिएको छ। साथै यो समस्या आईओएस १८ र आईओएस १८.१ दुवैमा देखाइएको छ।

यो समस्या स्क्रिनको किनारा वरिपरि विशेष गरी क्यामरा कन्ट्रोल बटन वरिपरि बढी रहेको हुनाले यसको लागि पाम रिजेक्सन एल्गोरिदमको दोष रहेको मानिएको छ। स्क्रिनका अन्य भागहरू हातको सम्पर्कमा आएपछि सफ्टवेयरले कहिलेकाहीँ किनारा छेउछाउको टचलाई छोटो समय अवधिको लागि बेवास्ता गर्ने पाइएको छ।

जीएसएमएरिनाका अनुसार कतिपयले पातलो बेजल तथा यस्तो आक्रामक पाम रिजेक्सन एल्गोरिद्मको कारण यस्तो भएको अनुमान गरेका छन् र यसको समाधानको रुपमा हालको लागि केस प्रयोग गर्न सकिने सुझाइएको छ।

यदि केश अर्थात् कभर लगाएको खण्डमास्क्रिनको छेउमा  छुने सम्भावना कम हुनेछ र यसले सामान्य रूपमा काम गर्ने जनाइएको छ।

यसैगरी चाखलाग्दो कुरा के छ भने फोनको स्क्रिन लक भएको बेला यो समस्या देखा नपरेको हुनाले यो सफ्टवेयरको समस्या हो भनेर यसले सुझाव दिएको छ।

साथै एप्पलले यो समस्याको द्रुत समाधानको रुपमा आगामी सफ्टवेयर अपडेटमा केही उपायहरु राख्ने उल्लेख गरिएको छ। त्यतिन्जेल आकस्मिक टच एल्गोरिद्मको समाधानको रुपमा केस प्रयोग गर्नु नै उत्तम हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *