
जेनेस सलुसनका ग्लोबल CTO/CISO निरन्जन कुँवर
लन्डन । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी कम्पनी जेनेस सलुसनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआईएसओ) नियुक्त भएका छन् ।
द हङ्गकङ्ग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटी अफ टेलिकम्युनिकेसन्सबाट रेडियो कम्युनिकेसन्समा समेत एमएससी गरेका कुँवरले अमेरिकास्थित द क्वान्टिक स्कुल अफ बिजनेस एण्ड टेक्नोलोजीबाट एमबीए गरेका छन् । यसअघि कुँवर सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी भोन्टिएरमा सूचना सुरक्षा सम्बन्धी वरिष्ठ निर्देशकको रूपमा कार्यरत रहेका थिए ।
जेनेस सलुसन्सले साइबर सेक्युरिटी, क्लाउड, एआई, डेटा र सफ्टवेयर इन्जिनियरिङ आदि क्षेत्रमा आफ्ना ग्राहकहरूलाई सेवा दिने काम गरिरहेको छ । कम्पनीका संस्थापक तथा सीईओ अञ्जनी फुयाँलले सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा लामो अनुभव भएका कुँवरको अनुभव जेनेस सलुसनको वृद्धि र सफलता तथा ग्लोबल टिमका लागि समेत निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । जेनेस सलुसनका नेपाल, बङ्गलादेश, स्पेन, बेलायत, यूएस लगायत विश्वका १० मुलुकहरूमा कार्यालय छन् ।