रियलमीका स्मार्टफोन किन्न ब्याज नलाग्ने गरी किस्ताबन्दीको सुविधा
News Technology

रियलमीका स्मार्टफोन किन्न ब्याज नलाग्ने गरी किस्ताबन्दीको सुविधा

Oct 6, 2024

 चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत रियलमीका फोनहरूका लागि शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको किस्ताबन्दी अर्थात् ईएमआई उपलब्ध रहेको छ । ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउन शून्य ब्याजदरमा किस्ताबन्दीको सुविधा ल्याइएको रियलमीका हेड अफ स्ट्राटेजी मुनिश गिरीले बताए ।

“हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ,” उनले भने ।

यो अफर घटस्थापनादेखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजारभन्दा माथिका फोनहरूमा ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकमका लागि शून्य ब्याजदरमा १२ महिनासम्मको ईएमआई उपलब्ध गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *