सामसङको ग्यालेक्सी एस२४ एफई सार्वजनिक, एआई सुविधा
AI Marketing Technology

सामसङको ग्यालेक्सी एस२४ एफई सार्वजनिक, एआई सुविधा

Oct 20, 2024

ग्यालेक्सी एस२४ सिरिज फ्ल्यागशिपमा एआई–बाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषता तथा ग्यालेक्सी एआई सुविधा थप हुने भएका छन्। सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ जसबाट धेरै प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने जनाइएको छ। 

एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ। ६.७ इन्चको डायनामिक डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको छ। 

ग्यालेक्सी एस२४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्तिभिती प्रदान गरी सञ्चार, उत्पादकता र रचनात्मकता बढाउछ जसको सबै एक प्रतिष्ठित डिजाइनमा र शक्तिशाली सामसङ नोक्सको सुरक्षाको साथ आउने बताइएको छ।

दृश्य गुणस्तरलाई अविश्वसनीय उचाइहरूमा लग्नको लागि सामसङको डायनामिक एआई–संचालित क्यामेरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामेरा सिस्टमको क्षमताहरू अझ धेरै बढाएको छ। एफई सिरिजमा पहिलो पटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा दिन्छ जसले आश्चर्यजनक विवरण र उल्लेखनीय रूपमा सुक्ष्म बनावटहरू प्रदान गर्न उन्नत एआई एल्गोरिदमहरूको लाभ उठाउँछ।

शक्तिशाली एक्सिनोस २४०० सिरिज चिपसेटले रे–ट्रेसिङ जस्ता अत्याधुनिक सुविधाहरूको साथ स्मूथ गेमिङ अनुभव प्रदान गर्छ। प्रत्येक बिट गति र दक्षताको गणना हुने संसारमा, ग्यालेक्सी एस२४ एफईले प्रतिस्पर्धामा अगाडि रहन धेरै मुख्य सुविधाहरू प्रयोग गर्दछ। ग्यालेक्सी एस२४ एफई सामसङको विस्तारित मोबाइल इकोसिस्टम सँग कनेक्ट हुँदा ग्यालेक्सी एआई–परिष्कृत अनुभव अझ उपयोगी हुन जान्छ। 

ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य ९४ हजार ९९९ रुपैयाँबाट सुरु हुनेछ। साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाको साथमा प्रयोगकर्ताले नयाँ फोनलाई शून्य प्रतिशत ब्याज दरमा ४ हजार ७५० रुपैयाँ महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सक्छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *