तीन महिनामा २५सय बढी ईभी,चिनियाँ ब्राण्डको वर्चस्व
News Travel Gadgets

तीन महिनामा २५सय बढी ईभी,चिनियाँ ब्राण्डको वर्चस्व

Oct 23, 2024

नेपालमा पछिल्लो तीन महिनामा २५ सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन, भदौ र असोज महिनामा कार, जिप र भ्यान गरी २५ सय १८ ईभी नेपाल भित्रिएका छन् । असोज महिनामा मात्र ९१६ युनिट ईभी भित्रिएका छन् ।

नेपाल भित्रिएका कुल ईभीमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । चीनबाट तीन महिनाको अवधिमा १७ सय ६५ गाडी आयात हुँदा भारतबाट ७४७ गाडी आयात भएका छन् । यसबाहेक जर्मनीबाट पाँच र संयुक्त राज्य अमेरिकाबाट एउटा ईभी नेपाल भित्रिएका छन् ।

विभागका अनुसार नेपाल भित्रिने ईभीमध्ये ७७२ युनिट ५० किलोवाटसम्मको ब्याट्री क्षमताका, १५ सय ८२ युनिट ५१ देखि १०० किलोवाट क्षमताका, १५९ युनिट १०१ देखि २०० किलोवाट क्षमताका, तीन युनिट २०० देखि ३०० किलोवाट क्षमताका र दुई युनिट ३०० किलोवाटभन्दा बढी ब्याट्री क्षमताका रहेका छन् ।

चालु आर्थिक वर्षको विधेयकमार्फत सरकारले ईभीमा भन्सार र अन्तःशुल्क गरी १० प्रतिशत कर बढाए पनि नेपालमा विद्युतीय सवारीसाधनको आकर्षण बढ्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *