एप्पलद्वारा एआई फिचरयुक्त नयाँ फाइनल कट प्रो ११ सार्वजनिक
AI

एप्पलद्वारा एआई फिचरयुक्त नयाँ फाइनल कट प्रो ११ सार्वजनिक

Nov 16, 2024

एप्पलले आफ्नो नयाँ प्रोफेशनल भिडियो एडिटिङ सफ्टवेयर, फाइनल कट प्रो ११, सार्वजनिक गरेको छ। यो नयाँ संस्करणमा एआई मास्किङ टूल, अटोमेटिक क्याप्शन जेनेरेसन, र स्पेशल भिडियो एडिटिङजस्ता थुप्रै नयाँ फिचरहरू समावेश छन् ।

फाइनल कट प्रो ११ को नयाँ म्याग्नेटिक मास्क फिचरले प्रयोगकर्ताहरूलाई क्लिपमा भएका व्यक्ति वा वस्तुहरूलाई हरियो पर्दा बिना नै अलग गर्न सहयोग गर्छ। ट्रान्सक्राइब टु क्याप्शन्स फिचरले आवाजलाई स्वचालित रूपमा क्याप्शनमा बदल्नका लागि एप्पलद्वारा प्रशिक्षित ठूलो भाषा मोडल प्रयोग गर्दछ।

नयाँ फाइनल कट प्रो ११ ले आईफोन १५ प्रो, आईफोन १६ सिरिज वा क्यानन आर७ आरएफ-एस७.८एमएङ्ग एफ४ एसटीएम डुअल (Canon R7 RF-S7.8mm F4 STM DUAL) लेन्सको प्रयोग गरेर खिचिएको स्पेशल भिडियोहरू एडिट गर्न पनि सक्षम बनाउँछ।

प्रयोगकर्ताहरूले स्पेशल भिडियो फुटेज आयात गर्न, इफेक्टहरू थप्न, कलर करेक्सन गर्न, र गहिराइ समायोजन गर्न सक्नेछन्। फाइनल कट प्रो ११ ले सपोर्टेड म्याक डिस्प्लेहरूमा बायाँ र दायाँ आँखाको कोण पनि देखाउनेछ र भिजन प्रो मा पनि काम गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पलको नयाँ फाइनल कट प्रो ११ सबै म्याकओएस सोनोमा चल्ने कम्तीमा ८ जीबी र्याम भएको म्याकमा काम गर्नेछ भने केही फिचरहरूका लागि एप्पल सिलिकन चिप्स आवश्यक पर्छ।

एप्पलले फाइनल कट आईप्याड एपको लागि पनि फाइनल कट प्रो २.१  अपडेट ल्याउँदैछ, जसका लागि एम१ चिप वा त्यसभन्दा नयाँ वा ए१७ प्रो र आईप्याडओएस १७.६ वा त्यो पछिको भर्जनयुक्त आईप्याड मिनि आवश्यक हुनेछ।

आईप्याड भर्सनमा एन्हान्स लाइट र कलर फिचरहरू थपिएका छन्, जसले कलर, कलर ब्यालेन्स, कन्ट्रास्ट, र ब्राइटनेसलाई सजिलैसँग समायोजन गर्न मद्दत गर्छ। नयाँ भर्टिकल पिंच जेस्चर थपिएको छ, जसले टाइमलाइनमा क्लिपको उचाइलाई विस्तार गर्न र घटाउन मद्दत गर्छ।

जीएसएमएरिनाका अनुसार आईप्याड प्रयोगकर्ताहरूलाई लाइभ ड्रइङ फिचर पनि उपलब्ध गराइएको छ, जसले भिडियोहरूमा एनिमेसनहरू थप्न सक्छ। प्रयोगकर्ताहरूले आईफोन १६ प्रो बाट ९०, १०० र १२० फ्रेम प्रतिसेकेन्डमा रेकर्डिङको लागि टाइमलाइन सपोर्ट पनि पाउनेछन्।

एप्पलले आईफोन र आईप्याड को लागि फाइनल कट क्यामरा एपको नयाँ संस्करण पनि ल्याएको छ। फाइनल कट क्यामरा १.१ले अब एचईभीसी फाइलहरूलाई एप्पल लगमा समर्थन गर्दछ। साथै रेकर्डिङका बेला एलयूटी प्रिभ्यूहरू र नयाँ लेभल इन्डिकेटर (टिल्ट र रोल इन्डिकेटरसहित) र टप-डाउन शट्सका लागि क्रसहेयर समर्थन गर्दछ।

म्याकको लागि फाइनल कट प्रो ११ २९९ डलर एकपटकको खरिद मूल्यमा उपलब्ध हुनेछ, तर नयाँ प्रयोगकर्ताहरूलाई ९०-दिनको निःशुल्क ट्रायल पनि दिइनेछ। हालका भुक्तानी प्रयोगकर्ताहरूले सबै नयाँ अपडेटहरू निःशुल्क पाउनेछन्। आईप्याड को लागि फाइनल कट प्रो ४.९९ प्रति महिना वा ४९ डलर वार्षिक शुल्कमा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *