
एप्पल भिजन प्रो अब थप दुई देशहरूमा उपलब्ध
एप्पल भिजन प्रो गत जुन महिनामा अनावरण गरिएको थियो भने यस वर्ष फेब्रुअरीमा पुनः जारी गरिएको थियो। त्यसैगरी एप्पल भिजन प्रो अब थप दुई देशहरू– दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्समा उपलब्ध हुने भएको छ।
त्यसका साथै एप्पल भिजन प्रो यी देशहरूमा एप्पलको वेबसाइटहरू र एप्पल स्टोरहरू मार्फत बिक्री गरिने गरिएको छ। दक्षिण कोरियामा यसको मूल्य ४,९९०,००० दक्षिण कोरियाली वोन (३,५७५ अमेरिकी डलर/३,३९५ यूरो/३०२,०४५ भारतीय रुपैयाँ) रहेको छ भने यूएईमा १३,९९९ युनाइटेड अरब इमिरेट्स दिर्हाम (३,८१० अमेरिकी डलर/३,६२० यूरो/३२१,९७० भारतीय रुपैयाँ) मा मूल्य पर्ने छ।
साथै इच्छुक ग्राहकहरूले पैसा खर्च गर्नु अघि क्युपर्टिनो–बेस्ड टेक जायन्टको “स्पेसल कम्प्युटर” अनुभव गर्न एप्पल स्टोर स्थानहरूमा निः शुल्क ३०–मिनेट डेमो बुक गर्न सक्नेछन्।
दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) को लन्च सँगै एप्पल भिजन प्रो अब अमेरिका, बेलायत, चीन, जापान, हङकङ, सिंगापुर, फ्रान्स, जर्मनी, अष्ट्रेलिया र क्यानडा लगायत १२ वटा बजारमा उपलब्ध भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।