अमेरिकी स्मार्टफोन बजारमा अझै पनि एप्पलको प्रभुत्व
IT

अमेरिकी स्मार्टफोन बजारमा अझै पनि एप्पलको प्रभुत्व

Nov 23, 2024

अमेरिकी स्मार्टफोन बजारमा अझै पनि एप्पलको प्रभुत्व

Global IME Bank

काठमाडौं ।

अमेरिकी स्मार्टफोन बजारमा एप्पलले पूर्ण प्रभुत्व कायम राखेको काउन्टरपोइन्ट रिसर्चको पछिल्लो त्रैमासिक बजार सेयर रिपोर्टले उल्लेख गरेको छ।

यस वर्षको तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) मा क्युपर्टिनोको कम्पनीले ५३ प्रतिशत कमान्ड गर्न सफल भएको छ भने दोस्रो स्थानमा सामसङको २३ प्रतिशत रहेको छ।

त्यसैगरी १४ प्रतिशत सेयरको साथ मोटोरोलाको स्वामित्व रहेको लेनोभोले तेस्रो स्थान ओगटेको छ। त्यसपछिको स्थानमा एचएमडी रहेको र यसको केवल १ प्रतिशत बजार सेयरको रहेको बताइएको छ। यसबाहेक “अन्य” ब्रान्डले भने ९ प्रतिशतको लागी मात्र योगदान पुर्याएको उल्लेख छ।

एप्पलको बजार सेयर गत वर्षको चौथो त्रैमासमा उच्च भएसँगै पछिल्ला तीन क्वार्टरहरूमा स्थिर रहेको र सन् २०२३ को दोस्रो र तेस्रो त्रैमासमा पनि यो अहिलेको बिन्दुको वरिपरि रहेको बताइएको छ।

अर्कोतर्फ, सामसङ सन् २०२४ को पहिलो त्रैमासमा ३१ प्रतिशतको शिखरबाट भरेको छ भने लेनोभो÷मोटोरोलाको सन् २०२४ को तेस्रो त्रैमास विगत ६ महिनामा नै सबै भन्दा राम्रो त्रैमासिक भएको थप उल्लेख गरिएको छ।

सन् २०२३ को तेस्रो त्रैमासको तुलनामा यस पटको तेस्रो त्रैमासमा समग्र बजार ६ प्रतिशतले घटेको छ। त्यसैले, एप्पलको वास्तविक ढुवानी (बजार सेयर होइन) वर्षिक रुपमा ५ प्रतिशत कम भएको उल्लेख छ।

साथै सामसङको ढुवानी वर्षिक रुपमा १३ प्रतिशत घटेको छ भने “मोटो जी प्ले २०२४ को राम्रो प्रिपेड प्रदर्शनको कारण मोटोरोलाको ढुवानी वर्षिक रुपमा २१ प्रतिशत बढेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom

Sajilo Visa

प्रकाशित: ८ मंसिर २०८१, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *