
टेक्नो पप ९ भारतमा सार्वजनिक

टेक्नोले अगस्टमा पप ९ नामक एलटीई–वन्लि स्मार्टफोन प्रस्तुत गरेको थियो र पछि त्यसलाई नै स्पार्क गो १ को रूपमा पुनः लन्च गरेको थियो। त्यसपछि यो अफ्रिकामा युनिसोक टी६१५ चिपको साथ लन्च गरियो र अब यस फोनले अर्को नयाँ एसओसी ‘मिडियाटेकको हेलियो जी५०’ को साथ भारतमा प्रवेश गरेको छ।
यो टेक्नो पप ९ एक इन्ट्रि–लेभल डिभाइस भएको र यसको मूल्य ट्याग ८० अमेरिकी डलर रहेको उल्लेख छ।
यद्यपि टेक्नोले फोनको स्पेक्सको बारेमा भने पूर्ण विवरण साझा नगरेको उल्लेख छ। त्यसैले यसमा पनि अफ्रिकी संस्करणमा जस्तै एचडी+ रिजोल्युसनको साथ ६.६७ एलसीडी डिस्प्ले रहेको अनुमान गरिएको छ।
फोनको अगाडि ८ मेगापिक्सेलको क्यामराको लागि “डायनामिक” पंच होल रहेको उल्लेख गरिएको छ। साथै टेक्नोले शूटर वरिपरि केहि एनिमेसनहरू र नोटिफिकेसनहरू र्यापिङ गरेर फिचर लागू गरेको उल्लेख छ।
त्यसैगरी टेक्नो पप ९ फोनको पछाडि रहेको क्यामरा आइल्याण्डमा १३ मेगापिक्सेलको सेन्सर र पीडीएएफसहितको एउटा मात्र स्न्यापर रहेको छ।
टेक्नोको अन्य फिचर्सहरूमा ५,००० एमएएच ब्याट्री, सेटिङ्गसको मेमोरी फ्युजन फिचर मार्फत दोब्बर गर्न सकिने ३ जीबी र्याम र युनिभर्सल रिमोट कन्ट्रोलको रूपमा काम गर्न सक्ने आईआर ब्लास्टर रहेका छन्।
टेक्नो पप ९ फोरजी फोन ६४ जीबी स्टोरेज (भण्डारण) को साथ आउने बताइएको छ। त्यसैगरी यो ग्लिटरी ह्वाइट, लाइम ग्रीन र स्टारट्रेल ब्ल्याक गरी तीनवटा रङहरूमा उपलब्ध भएको उल्लेख छ। यो फोन नोभेम्बर २६ तारिखदेखि अमेजन इन्डिया मार्फत ६,६९९ भारतीय रुपैयाँ (लगभग ८० अमेरिकी डलर) को मूल्य ट्यागको साथ बिक्री सुरु हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।