रेडमी नोट १४ प्रो र प्रो प्लस भारतमा डेब्यु
Gadgets

रेडमी नोट १४ प्रो र प्रो प्लस भारतमा डेब्यु

Dec 11, 2024

चीनमा गत सेप्टेम्बरमा लन्च गरिएको रेडमी नोट १४ प्रो र नोट १४ प्रो+ अब भारतमा रोलआउट गरिएको छ। साथै विश्वव्यापी रोलआउटको रूपमा रेडमी नोट १४ प्रो र प्रो+ पाउने भारत पहिलो बजार बनेको छ।

अन्तर्राष्ट्रिय एकाइहरूले १,२२० × २,७१२ पिक्सेल रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटसहितको ६.६७ इन्चको एएमओएलईडी डिस्प्लेको साथ  तिनीहरूको आफ्नो चिनियाँ समकक्षहरूको जस्तै ठ्याक्कै उस्तै स्पेक्सहरू प्राप्त गरेका छन्। साथै दुवै फोनमा ३,००० निट्स पीक ब्राइटनेस र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रोटेक्सन रहेको उल्लेख गरिएको छ।

त्यसैगरी दुवै फोनमा आईपी६९के डस्ट र प्रेशर वाटर जेट बिरूद्ध पानी प्रतिरोधात्मक क्षमता पनि रहेको छ।

नोट १४ प्रो डाइमेन्सिटी ७३०० अल्ट्राको साथ सुसज्जित रहेको छ भने नोट १४ प्रो+ ले क्वालकमको स्न्यापड्रागन ७एस जेन ३ प्राप्त गरेको छ। साथै नोट १४ प्रो+ ले ५० मेगापिक्सेलको मेन शूटर (ओम्निभिजन लाइट हन्टर ८००), २.५× अप्टिकल जुमसहितको ५० मेगापिक्सेलको टेलिफोटो लेन्स (६०एमएम) र ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स सहितको उत्कृष्ट क्यामराहरू पनि प्राप्त गरेको छ।

त्यसैगरी  दुवै फोनहरू एन्ड्रोइड १४ मा आधारित शाओमी हाइपरओएस १.० सँग २ वर्षको ओएस अपडेट र ४ वर्षको सुरक्षा अपडेटहरू सहित ढुवनी हुनेछन्।

नोट १४ प्रोमा ४५डब्ल्यू चार्जिङको साथ ५,५०० एमएएच ब्याट्री रहेको छ भने नोट १४ प्रो+ ले ९० डब्ल्यू चार्जिङको साथ ६,२०० एमएएच सिलिकन–कार्बन ब्याट्री समावेश गरेको छ।

रेडमी नोट १४ प्रो र नोट १४ प्रो+ स्पेक्टर ब्लू, टाइटन ब्ल्याक र फ्यान्टम पर्पल रंगहरूमा आएको उल्लेख गरिएको छ।

रेडमी नोट १४ प्रो को ८/१२८जीबी ट्रिमको मूल्य २४,९९९ भारतीय रुपैयाँ (२९५ अमेरिकी डलर) बाट सुरु हुन्छ भने ८/२५६जीबी संस्करणको लागि २६,९९९ भारतीय रुपैयाँ (३१८ अमेरिकी डलर) मूल्य कायम गरिएको छ। प्लस

रेडमी नोट १४ प्रो+ को ८/१२८जीबी ट्रिमको लागि ३०,९९९ भारतीय रुपैयाँ (३६५ अमेरिकी डलर) बाट मूल्य हुने बताइएको छ भने १२/५१२जीबी संस्करणको लागि ३५,९९९ भारतीय रुपैयाँ (४२५ अमेरिकी डलर) मूल्य कायम गरिएको छ।

शाओमीको आधिकारिक अनलाइन स्टोर, अमेजन इन्डिया र साझेदार खुद्रा बिक्रेताहरू मार्फत डिसेम्बर १३ तारिखको लागि खुला बिक्रीहरू तय गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *