नमस्ते पेबाट उडान टिकट काट्दा १५० रुपैयासम्म छुट, हरेक महिना स्मार्टफोन जित्न सकिने
Digital Payment

नमस्ते पेबाट उडान टिकट काट्दा १५० रुपैयासम्म छुट, हरेक महिना स्मार्टफोन जित्न सकिने

Dec 18, 2024

 डिजिटल वालेट नमस्ते पेले उडान टिकट खरिदमा १५० रुपैयाँसम्म क्यासब्याक र हरेक महिना आकर्षक उपहारको अफर ल्याएको छ । आगामी २९ फागुनसम्म लागू हुने यस अफरअन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हरेक बुधबार ३० भाग्यशाली यात्रुहरूले प्रत्येक टिकटमा रु १५० क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन् ।

साथै, हरेक महिना लक्की ड्र मार्फत एक भाग्यशाली यात्रुले आकर्षक उपहार जित्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्यासब्याक प्राप्त गर्न कुनै प्रोमो कोड प्रयोग गर्नु पर्दैन । प्रयोगकर्ताले जति धेरै कारोबार गर्छन्, त्यति नै धेरै क्यासब्याक पाउने कम्पनीको भनाइ छ ।

नमस्ते पे नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सञ्चालनमा आएको डिजिटल भुक्तानी सेवा हो । यसले नगदरहित समाज निर्माण गर्ने उद्देश्यका साथ बैंक तथा डिजिटल पहुँच भएका र नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यस सेवामा प्रयोगकर्ताले *५००# डायल गरेर अफलाइन सेवा लिन सक्छन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्ने, पैसा पठाउने र व्यापारी भुक्तानीजस्ता सुविधा अफलाइनमै उपलब्ध छन् । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवा पनि प्रयोग गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *