
शाओमी प्रयोगकर्ताहरूका लागि नराम्रो खबर, यी फोनमा ‘सेक्युरिटी’ र ‘एमआईयूआई’ अपडेट बन्द
यदि तपाईं शाओमी स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको लागि नराम्रो खबर छ। हरेक पटक जस्तै, शाओमीले फेरि एक पटक आफ्नो ‘इन्ड अफ लाइफ (End of Life (EoL)’ सूचीमा नयाँ उपकरणहरू थपेको छ। यसको अर्थ धेरै अन्य डीभाइसहरूको लागि सफ्टवेयर समर्थन समाप्त हुन लागेको छ।
यसअघि, कम्पनीले अक्टोबर २०२४ मा शाओमी प्याड ५ र रेडमी नोट ११ प्रो श्रृंखलाको लागि समर्थन बन्द गरेको थियो। अब कम्पनीले यसलाई विस्तार गर्दै सूचीमा रेडमी नोट ११का बाँकी मोडेलहरूका साथै अन्य रेडमी र पोको ब्रान्डेड स्मार्टफोनहरू पनि समावेश गरेको छ।
शाओमी रेडमी नोट ११ ईओएल सूचीमा समावेश
शाओमीले आफ्नो इन्ड अफ लाइफ (ईओएल) सूचीमा ९ थप मोडेलहरू थपेको छ, जसको अर्थ यी डिभाइसहरूका प्रयोगकर्ताहरूले अब एमआईयूआई (MIUI) अपडेटहरू वा नयाँ एन्ड्रोइड सुरक्षा प्याचहरू प्राप्त गर्ने छैनन्। यी मोडेलहरूमा रेडमी नोट ११ एसई, रेडमी नोट ११ एस ५जी, रेडमी नोट ११ एस, रेडमी नोट ११ नोट ११ फाइभजी, रेडमी नोट ११, रेडमी नोट १० सी, रेडमी नोट १० २०२२, पोको एक्स ४ प्रो ५जी र पोको एम ४ प्रो समावेश छन्।
यी डिभाइसहरूलाई ईओएल सूचीमा समावेश गर्ने शाओमीको निर्णय स्मार्टफोन सफ्टवेयर समर्थनको लागि कम्पनीको मानक जीवनचक्र नीति अनुरूप छ। एक पटक डिभाइसहरू यस सूचीमा थपिएपछि, प्रयोगकर्ताहरूले नियमित सुरक्षा अपडेट वा नयाँ सुविधाहरू प्राप्त गर्ने छैनन्, जसले लामो समयसम्म सुरक्षा र उपयोगितालाई असर गर्न सक्छ।
यदि तपाईं ती प्रयोगकर्ताहरू मध्ये एक हुनुहुन्छ जसले अझै पनि यी डिभाइसहरू प्रयोग गरिरहनुभएको छ भने तपाईंले अब नयाँ विकल्पहरू खोज्न सुरु गर्नुपर्छ। विशेष गरी यदि सुरक्षा अपडेटहरू तपाईंको लागि प्राथमिकता हुन् भने नयाँ फोन लिनु तपाईंको लागि महत्त्वपूर्ण छ।
यद्यपि फोनका बाँकी कार्यहरूले पहिले जस्तै काम गरिरहनेछन्, तर अपडेटहरूको अभावले समयसँगै सुरक्षा जोखिमहरू बढ्दै जानेछ। यदि प्रयोगकर्ताहरूसँग प्रविधिको ज्ञान छ भने उनीहरूले आफ्ना पुराना डिभाइसहरू चलाउनको लागि पछिल्लो एन्ड्रोइड संस्करणमा आधारित कस्टम रोम स्थापना गर्न सक्छन्।
अधिक विवरणको लागि शाओमीको आधिकारिक समाचार स्रोत यहाँ हेर्नुहोस्।