
भारतको सरकारी टेल्को बीएसएनएलका लागि बजेटमा कोष ५९ प्रतिशतले घट्यो
काठमाडौं ।
भारतको सरकारी दूरसञ्चार कम्पनी भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) को आर्थिक सहयो केन्द्र सरकारले उल्लेख्य मात्रामा घटाईदिएको छ। यस वर्षको बजेटमा बीएसएनएलको लागि कोष लगभग ५९ प्रतिशतले घटेको छ।
एक मिडिया रिपोर्टअनुसार, यस आर्थिक वर्षमा, कम्पनीलाई बजेटमा लगभग ३३,७५८ करोड भारतीय रुपैयाँ छुट्याइएको छ। पछिल्ला केही महिनाहरूमा, बीएसएनएलले केही नयाँ सेवाहरू सुरु गरेको छ।
गत वर्षको बजेटमा कम्पनीलाई ८२,९१६.२० करोड भारतीय रुपैयाँ छुट्याइएको थियो। तर, यस रकममध्ये ७२,०२७.६५ करोड भारतीय रुपैयाँ मात्र खर्च भएको छ। वस्तु तथा सेवा कर (जीएसटी) भुक्तानीको लागि बीएसएनएलले बजेटमा कुनै अनुदान सहायता पनि प्राप्त गरेको छैन।
भारतका दूरसञ्चार क्षेत्रका विज्ञहरूकाअनुसार, कम्पनीको न्यून कोषले पछिल्ला केही वर्षहरूमा सरकारले यसमा धेरै लगानी गरेको संकेत गर्छ। बीएसएनएलले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको उल्लेख छ।
भारतीय सरकारले कम्पनीलाई फोरजी नेटवर्क सुरु गर्न मद्दत गर्न लगानी पनि बढायो।कम्पनीले आफ्नो ४जी नेटवर्क सुरु गर्ने गति बढाएको छ। कम्पनीका लगभग ६५,००० ४जी साइटहरू सक्रिय पारिएका छन्। यस नेटवर्कको लागि स्वदेशमै निर्मित प्रविधि प्रयोग गरिएको छ।
भारतीय टेल्को बीएसएनएलको फाइभजी सेवा समेत यसै वर्ष सुरु हुन सक्ने रिपोर्टमा बताईएको छ।
प्रकाशित: २५ माघ २०८१, शुक्रबार