
एप्पलको पहिलो फोल्डेबल आईफोन/आईप्याड अर्को वर्ष लन्च हुने सम्भावना
एप्पलले अन्ततः आफ्नै फोल्डेबल डिभाइस चाँडै लन्च गर्न सक्ने सम्भावना छ। ब्रान्डको पहिलो फोल्डेबल आईफोन वा फोल्डेबल आईप्याड अर्को वर्षको सुरुमा नै आउन सक्ने एउटा नयाँ अफवाहले संकेत गरेको छ।
सामसङ जस्ता विभिन्न लोकप्रिय एन्ड्रोइड प्रतिस्पर्धीहरूले फोल्डेबल स्मार्टफोनहरूको थुप्रै पुस्ताहरू जारी गरिसकेको अवस्थामा क्युपर्टिनो आधारित जायन्टले भने अझै सम्म पनि यस्तो प्रकारको डिभाइसको बारेमा कुनै घोषणा गरेको छैन।
भर्खरैको पावर अन न्यूजलेटरमा ब्लूमबर्गका मार्क गर्मनले एप्पलले अर्को वर्षको सुरुवातमा नै आफ्नो पहिलो फोल्डेबल मोडेल लन्च गर्ने योजना बनाएको हुन सक्ने आफ्नो समाचारमा साझा गरेको छन्।
एप्पलको उक्त फ्लेक्सिबल डिभाइस फोल्डेबल आईफोन वा फोल्डेबल आईप्याडमध्ये कुन हुनेछ भन्ने बारेमा भने अझै स्पष्ट छैन। कम्पनीले फोल्डेबल ग्याजेटहरूको ब्रान्ड न्यू प्रोडक्ट लाइन पनि घोषणा गर्न सक्ने उल्लेख गरिएको छ।
त्यसैगरी म्याक लाइनअपले पनि फोल्डेबल मोडेल पाउँदैछ भन्ने अफवाहहरू पनि रहेका छन्। गर्मनले भने उक्त फोल्डेबल म्याकहरू आउनका लागि अझै दुई वर्ष भन्दा बढी समय लाग्ने उल्लेख छ।
यसैबीच, फोल्डेबल आईफोनले पनि गुणस्तर नियन्त्रण समस्याहरूको सामना गरिरहेको उल्लेख छ। अर्को शब्दमा भन्नुपर्दा, फोल्डेबल आईफोन सन् २०२६ मा डेब्यु हुने सम्भावना बढी रहेको छ।
सन् २०२४ को डिसेम्बरमा एप्पलको पहिलो फोल्डेबल आईफोन क्ल्यामशेल फोल्डिङ “फ्लिप” मोडेल भन्दा पनि नोटबुक स्टायल “फोल्ड” हुन सक्छ भनेर जीएसएमएरिनाले रिपोर्ट गरेका थियो। त्यसैगरी ज्ञात विश्लेषकहरूले पनि एप्पलले सन् २०२६ मा कुनै समय फोल्डेबल म्याकबुक अनावरण गर्न सक्ने दावी गरेको छ।