एप्पलले सार्वजनिक गर्यो नयाँ आईफोन १६ई: यसका मुख्य विशेषता के के छन्?
Gadgets

एप्पलले सार्वजनिक गर्यो नयाँ आईफोन १६ई: यसका मुख्य विशेषता के के छन्?

Feb 20, 2025

एप्पलले नयाँ आईफोन १६ई आधिकारिक रूपमा लन्च गरेको छ। डिभाइसमा ए१८ चिप (भित्र), ४८ मेगापिक्सेलको क्यामरा, र पूर्ण एप्पल इन्टेलिजेन्स समर्थनको साथ पूर्ण रूपमा नयाँ डिजाइन समावेश गरिएको छ। साथै यस नयाँ आईफोन १६ई मा पहिलो पटक एप्पलद्वारा डिजाइन गरिएको फाइभजी सेलुलर मोडेम ‘सी१’ चिप पनि रहेको छ।

नयाँ आईफोन १६ई को मूल्य १२८जीबीको लागि ५९९ अमेरिकी डलरदेखि सुरु हुनेछ भने शुक्रबारदेखि प्रि–अर्डर गर्नको लागि उपलब्ध हुने र पहिलो अर्डरहरू फेब्रुअरी २८ तारिखमा आइपुग्नेछन्।

आईफोन १६ई को स्पेक्स र सुविधाहरूः
आईफोन १६ई मा नचको साथ ६.१ इन्चको ओएलईडी डिस्प्ले रहेको छ। साथै उक्त नचमा फेस आईडी समर्थन पनि समावेश गरिएको छ। डिभाइसलाई तलको भागमा उपलब्ध यूएसबी–सी पोर्ट मार्फत चार्जिङ र डाटा ट्रान्सफर सकिनेछ भने डिभाइसमा क्लासिक म्यूट स्विचको सट्टा एक्शन बटन समावेश गरिएको छ।

पर्फमेन्सको सन्दर्भमा, आईफोन १६ई नवीनतम ए१८ चिपद्वारा सञ्चालित हुनेछ। एप्पलले आईफोन ११ मा रहेको ए१३ बायोनिक चिपको तुलनामा ६–कोर सीपीयू ८० प्रतिशतसम्म तीव्र (फास्टर) भएको बताएको छ।

साथै त्यहाँ ४–कोर सीपीयू र १६–कोर न्यूरल इन्जिन पनि रहेको उल्लेख छ। न्यूरल इन्जिन “लार्ज जेनेरेटिभ मोडेलहरूको लागि अप्टिमाइज्ड (अनुकूलित) छ र मेसिन लर्निङ (एमएल) मोडेलहरू ए१३ बायोनिक भन्दा ६ गुणा छिटो रन गर्ने (चलाउने)” एप्पलले बताएको छ।

त्यस्तै, नयाँ आईफोन १६ई ले एप्पल इन्टेलिजेन्सको लागि पूर्ण समर्थन प्रदान गर्दछ। यसमा जेनमोजी, राइटिङ टुल्स (लेखन उपकरणहरू), फोटोज एपमा क्लिन अप, च्याटजीपीटी इन्टिग्रेसन र थप कुराहरू समावेश गरिएका छन्। साथै एक्शन बटन मार्फत वा कन्ट्रोल सेन्टरमा नयाँ टगल मार्फत भिजुअल इन्टेलिजेन्स पहुँच गर्न सकिने बताइएको छ।

आईफोन १६ई मा सी१ मोडेम रहेको छ जुन एप्पलद्वारा डिजाइन गरिएको पहिलो सेलुलर मोडेम हो। कम्पनी भन्छः “एप्पल सिलिकनका फाइदाहरू विस्तार गर्दै, सी१ एप्पलद्वारा डिजाइन गरिएको पहिलो मोडेम हो र आईफोनमा सबैभन्दा पावर–दक्ष मोडेम हो, जसले छिटो र भरपर्दो फाइभजी सेलुलर कनेक्टिभिटी प्रदान गर्दछ। एप्पल सिलिकन – सी१ सहित – सबै नयाँ आन्तरिक डिजाइन, र आईओएस १८ को उन्नत पावर व्यवस्थापन सबैले असाधारण ब्याट्री जीवनमा योगदान गर्दछ।”

आईफोन १६ई को पछाडि, एकीकृत २x टेलिफोटो अप्सनको साथ सिङ्गल ४८ मेगापिक्सेलको फ्युजन क्यामरा प्रदान गरिएको छ। पूर्वनिर्धारित रूपमा, आईफोन १६ई ले हाई–रिजोल्युसन २४ मेगापिक्सेलको तस्बिरहरू लिनेछ भने ४८ मेगापिक्सेलको तस्बिरहरू लिनको लागि छनौट गर्न पनि सकिने छ।

एकीकृत २ ह टेलिफोटो अप्सनले दोस्रो समर्पित भौतिक क्यामरा बिना नै हाई–रिजोल्युसन ईमेज–क्वालिटि जुम गर्न र कायम राख्न दिने उल्लेख गरिएको छ। साथै त्यहाँ एचडीआर, पोट्र्रेट मोड र नाइट मोडको लागि पनि समर्थन रहेको छ।

त्यसैगरी आईफोन १६ई मा अटोफोकसको लागि समर्थन सहितको १२ मेगापिक्सेलको ट्रु डेप्थ फ्रन्ट–फेसिङ क्यामरा पनि रहेको छ।

भिडियो गुणस्तरको लागि, आईफोन १६ई ले ६० फ्रेम प्रति सेकेन्ड सम्म डल्बी भिजनको साथ फोरके प्रदान गर्दछ। यसले स्पासियल अडियोमा रेकर्ड गर्छ र प्रयोगकर्ताहरूलाई फ्याक्ट पछि अडियो समायोजन गर्नको लागि अडियो मिक्सलाई समर्थन गर्दछः

आईफोन १६ई ले ६० एफपीएस (फ्रेम पर सेकेन्ड) सम्म डल्बी भिजनका साथ फोरकेमा रेकर्ड गर्ने क्षमताको साथ आश्चर्यजनक भिडियोहरू लिन्छ, र प्रयोगकर्ताहरूले मोमेन्ट क्याप्चर गर्दा थप लचिलोपनको लागि रेकर्डिङ रोक्न र पुनः सुरु गर्न सक्नेछन्।

कम्पनीका अनुसार आईफोन १६ई ले एयरपड्स, एप्पल भिजन प्रो, वा वरपरको साउन्ड सिस्टमसँग इमर्सिभ लिस्नीङ (सुन्न) को लागि स्पेसियल अडियोमा भिडियो रेकर्ड गर्दछ, र अडियो मिक्ससँग भिडियो ध्वनि सम्पादन गर्ने थप तरिकाहरू सक्षम गर्दछ।

क्यामरामा रहेको व्यक्तिको आवाजमा फोकस गर्न प्रयोगकर्ताहरूले क्याप्चर गरेपछि आफ्नो ध्वनि समायोजन गर्न सक्छन्, भिडियोलाई व्यावसायिक स्टुडियो भित्र रेकर्ड गरिएको जस्तो आवाज बनाउन वा अगाडिको आवाजमा भोकल ट्र्याकहरू र वरपरको आवाजमा वातावरणीय आवाजहरू राख्न सक्छन्। हावाको आवाज घटाएर, शक्तिशाली एमएल एल्गोरिदमहरूले राम्रो अडियो गुणस्तरको लागि स्वचालित रूपमा अनावश्यक आवाज कम गर्नेछ।

आईफोन १६ई को थप जानकारीहरूः

  • ब्याट्री जीवनः “६.११–इन्च आईफोनमा सबैभन्दा राम्रो ब्याट्री जीवन, आईफोन ११ भन्दा ६ घण्टा लामो र आईफोन एसईको सबै पुस्ताहरू भन्दा १२ घण्टा लामो समय सम्म टिक्ने।”
  • भिडियो प्लेब्याक २६ घण्टा सम्मको
  • वायरलेस चार्जिङ समर्थन
  • स्याटेलाइट कनेक्टिभिटीः स्याटेलाइट मार्फत मेसेजेज (सन्देशहरू), स्याटेलाइट मार्फत आपतकालीन एसओएस, स्याटेलाइट मार्फत
  • फाइण्ड माइ
  • क्र्याश डिटेक्सन समर्थन

आईफोन १६ई को मूल्य निर्धारण र उपलब्धताः

नयाँ आईफोन १६ई शुक्रबार, फेब्रुअरी २१ तारिखदेखि प्रि–अर्डरको लागि उपलब्ध हुनेछ। पहिलो अर्डरहरू शुक्रबार, फेब्रुअरी २८ तारिखमा आइपुग्नेछन्। मूल्य निर्धारण १२८जीबी स्टोरेजको लागि ५९९ अमेरिकी डलरमा सुरु हुनेछ भने आईफोन १६ई कालो र सेतो रङ्ग विकल्पहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।

यसबाहेक एप्पलले आईफोन एसई बन्द गरेको छ जुन पहिले ४२९ अमेरिकी डलर सुरुवाती मूल्यको साथ लाइनअपमा सबैभन्दा किफायती आईफोन थियो। आईफोन १४ र आईफोन १४ प्लसलाई पनि एप्पलको वेबसाइटबाट हटाइएको छ। आईफोन १४ एप्पलको च्यानल पार्टनरहरूबाट उपलब्ध रहनेछ, जबकि आईफोन १४ प्लस पूर्ण रूपमा बन्द गरिएको ९टु५म्याकले रिपोर्ट गरेको छ।

प्रकृति लम्साल मृत्यु प्रकरणः नेपाली विद्यार्थी अलपत्र, विश्वविद्यालयको लाइसेन्स खारेज गर्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *