माघ मसान्तसम्म १९ अर्ब हाराहरीको स्मार्टफोन नेपाल भित्रियो
Gadgets

माघ मसान्तसम्म १९ अर्ब हाराहरीको स्मार्टफोन नेपाल भित्रियो

Feb 21, 2025

नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रमले मासिक रुपमा निरन्तरता पाउँदै आएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म को वैदेशिक व्यापारको तथ्यांङ्क अनुसार १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म उक्त रकम बराबरको १२ लाख २९ हजार ९५७ थान स्मार्टफोन आयात भएको छ।

चालु आवको सातौं महिनासम्म सरकारले स्मार्टफोनको आयातबाट ३ अर्ब ५३ करोड ९७ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५४ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट १२ अर्ब ९९ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट ५ अर्ब ५२ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ६६ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।

बाँकी ५२ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएका छन्।

यस्तो छ उत्कृष्ट ३ अंकसम्मको परिमाणमा आयात भएका देशको विवरण:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन९५३२१६१२९९२५३३
भारत२७२०६६५६२०५०९
भियतनाम१०२७१३१४
अमेरिका८३८१००३३७
जापान६९७५५०७२
अस्ट्रेलिया३६६४१८२८
कोरिया३९६२८०२१
यूएई५५५६७८०४
कतार१८६२३८१८
१०कुवेत१००१९०५
११बेलायत१२७१३९५५
१२हङकङ१०३९०२८

यी बाहेकका अन्य ४२ देशबाट १ हजारदेखि ७४ लाख ९५ हजारसम्मको १ देखि ७४ थानसम्मा स्मार्टफोन आयात भएको प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *