टेक्नो र युएनएचसीआरबीच केन्यामा शरणार्थी बालबालिकाको शिक्षालाई सहयोग गर्ने साझेदारी

काठमाडौं ।

चिनियाँ प्रविधि ब्रान्ड टेक्नो (टीईसीएनओ) ले आफ्नो विश्वव्यापी प्राथमिक शिक्षा कार्यक्रमलाई समर्थन गर्न संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएन रेफ्युजी एजेन्सी–युएनएचसीआर) सँग आफ्नो साझेदारी विस्तार गरेको छ।

सन् २०२० मा सहकार्य सुरु भएदेखि यस पहलले अफ्रिकाभरका शरणार्थी बालबालिका र युवाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा केन्द्रित हुँदै आएको जनाइएको छ।

विगत चार वर्षमा यस साझेदारीले डीएएफआई कार्यक्रमबाट १७ हजार ३७० शरणार्थी बालबालिका र ४० शरणार्थी विद्वानहरूलाई सकारात्मक प्रभाव पारेको जनाइएको छ। साथै यसले शिक्षक र विद्यालयहरूलाई आवश्यक सहयोग पनि प्रदान गरेको थप उल्लेख गरिएको छ।

त्यसैगरी यस वर्ष ११,५०० नयाँ शरणार्थी विद्यार्थीहरू भर्ना गर्ने प्रयासको रूपमा सन् २०२४ मा टेक्नोको योगदानले केन्यामा ७ हजारभन्दा बढी बालबालिकाहरूलाई मद्दत गर्ने जनाइएको छ।

केन्याले सन् २०२४ को मे महिना सम्ममा ७ लाख ७४ हजार ३७० शरणार्थीहरूलाई शरण दिएको र अफ्रिकामा पाँचौं ठूलो शरणार्थी–होस्ट गर्ने देश भएको जनाइएको छ।

दादाब र काकुमा जस्ता शरणार्थी शिविरहरूका साथै कालोबेई सेटलमेन्ट सेन्टरमा २ लाख १७ हजारभन्दा बढी स्कूल जाने उमेरका बालबालिकाहरू बस्ने गरेको थप उल्लेख गरिएको छ।

प्रयासहरूका बावजुद यी बालबालिकाहरूमध्ये ५३ प्रतिशत मात्र विद्यालयमा भर्ना भएका छन् र शैक्षिक सहयोगको तत्काल आवश्यकतालाई जोड दिएको उल्लेख गरिएको छ।

टेक्नोको सन् २०२४ को आर्थिक योगदानहरू अनुसार विद्यार्थीहरूलाई सामग्रीहरू, किशोरीहरूको लागि हाईजीन किटहरू, राम्रो विद्यालय पूर्वाधार र शिक्षकहरूका लागि स्रोतहरू उपलब्ध गराएर शैक्षिक नतिजाहरू सुधार गर्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ।

साथै शरणार्थी बालबालिकाहरूलाई फस्टाउनको लागि अवसर दिनका लागि यी प्रयासहरू महत्त्वपूर्ण भएको जनाइएको छ।

चीनमा युएनएचसीआरका उप प्रतिनिधि एड्रियानी वाहजान्टोले टेक्नोको निरन्तर सहयोगको प्रशंसा गर्दै “उनीहरूको प्रतिबद्धताले शरणार्थी बालबालिकाको शिक्षामा पहुँचको खाडललाई कम गर्न मद्दत गर्छ र उज्ज्वल भविष्यका लागि अवसरहरू सिर्जना गर्दछ” भनि बताएको उल्लेख गरिएको छ।

त्यसैगरी टेक्नोका महाप्रबन्धक ज्याक गुओले “शरणार्थी बालबालिकाको भाग्य परिवर्तन गर्नको लागि शिक्षा मुख्य कारक भएको र यस कारणलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं,” भन्ने विचार व्यक्त गरेको उल्लेख गरिएको छ।

यस नवीकरण साझेदारीको साथ टेक्नो र युएनएचसीआर केन्या र बाहिरका शरणार्थी बालबालिकाहरूको शिक्षा सुधार गर्न मद्दत गर्दै उनीहरूलाई राम्रो भविष्यको लागि अवसर प्रदान गर्न मिलेर काम गरिरहेका गीज्मोचाइनाले उल्लेख गरेको छ।