२० मिनेटमा ४० हजार अर्डर, तर ५६ करोड घाटा

Little Swan Dongshan Franchise Shop
 

सामान्य गल्तिका कारण वाशिङ मेसिन बनाउने चिनियाँ कम्पनी लिटिल स्वान डोङ्शान फ्रेन्चाइज (Little Swan Dongshan Franchise Shop) लाई वाशिङ मेसिनको माग संख्या बढेपनि व्यापक मात्रामा घाटा लागेको छ। वास्तवमा, कम्पनीले वाशिङ मेसिनको मूल्य निर्धारणमा गल्ती गर्यो, जसका कारण कम्पनीलाई ३० मिलियन युआन अर्थात् करिब ५६ करोड रुपैयाँ नोक्सान हुन सक्छ।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा कम्पनीका एक कर्मचारीले गल्ती गरेको बताएको छ। उनले केही वासिङ मेसिनमा गलत लेबल लगाए। त्यो लेबल मूल्य निर्धारणको थियो, जसले मूल्यलाई उल्लेखनीय रूपमा तल ल्यायो र कम मूल्यका कारण वासिङ मेसिनको बिक्री ह्वात्तै बढेको छ।

विशेष कुरा के छ भने कम्पनीले आफ्नो गल्ती प्रति माफी मागेको छ र ग्राहकहरुलाई आफ्नो अर्डर रद्द गर्न अनुरोध गरेको छ। यसो हुन नसके कम्पनीलाई एकैपटकमा करिब ५६ करोड रुपैयाँ नोक्सान हुनसक्छ।

रिपोर्टका अनुसार यो घटना २८ अगस्टको साँझको हो। कम्पनीले २० मिनेटमा ४० हजारभन्दा बढी अनलाइन अर्डर प्राप्त गरेको छ। वाशिङ मेसिनको मूल्य ह्वात्तै घटेको थाहा पाएलगत्तै मानिसहरु किन्न हतारिएका थिए।

लिटिल स्वान चीनमा धेरै लोकप्रिय छ। जब मानिसहरूले अनलाइन वाशिङ मेसिनको कम मूल्य देखे, तिनीहरूले छिट्टै अर्डर गर्न थाले। कम्पनीका कर्मचारीको गल्तीका कारण मूल्य निर्धारण गलत भएको बताइएको छ। यदि मानिसहरूले आफ्नो आदेश रद्द गरेन भने, उसले घाटा बेहोर्न सक्छ।

यदि अनलाइन अर्डरहरू पुरै डेलिभर भएमा, कम्पनीलाई ३० मिलियन युआन घाटा हुनेछ। वास्तवमा, वाशिङ मेसिन अर्डरको कुल मूल्य लगभग ७० मिलियन युआन थियो, जबकि ग्राहकहरूले सस्तोमा अर्डर गर्दा मात्र ४० मिलियन युआन तिरेका थिए। १६९९ युआनको मूल्य रहेको वाशिङ मेसिन ग्राहकलाई २९९ युआनमा उपलब्ध भएको बताइएको छ। मानिसहरूले ४३९ युआनमा २४९९ युआन मूल्यको अर्को वासिङ मेसिन अर्डर गरेका थिए।

कम्पनीले आफ्नो गल्ती स्वीकार गरेलगत्तै धेरै ग्राहकहरूले आफ्नो अर्डर रद्द गरे। यद्यपि, कति ग्राहकले पछि आफ्नो अर्डर रद्द गरे र कतिओटा अर्डरहरू सस्तो मूल्यमा डेलिभर गरियो भन्ने अझै स्पष्ट भइसकेको छैन।

 

 

Little-Swan_China.it kura.com

Little-Swan_China. www itkura.com

मोदी ३.०: १०० दिनमा विज्ञान, प्रविधि र सुरक्षा

modi

मोदी ३.० नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले भारतलाई प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्त्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको छ।

आफ्नो पहिलो एक सय दिनमा मोदी ३.० सरकारले करिब १५ लाख करोड भारतीय रुपैयाँको परियोजनाहरू सुरु गरेको छ। यसमा विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षाका क्षेत्रमा भएका प्रमुख विकासहरू समावेश छन्।

मुख्य पहलहरूमा अन्तरिक्ष स्टार्टअपका लागि रु एक हजार करोडको उद्यम पूँजी कोषको स्थापना, अगस्ट १६ मा एसएसएलभी–डी३ मा इओएस–०८ भूउपग्रहको सफल प्रक्षेपण, ५० हजार करोड रूपैयाँको विनियोजनमा राष्ट्रिय अनुसन्धान कोषको स्थापना र १० हजार पाँच सय करोडबाट ‘विज्ञान धार’ योजनाको सुरुआत समावेश छन्।

यसबाहेक गुजरातको सानन्दमा तीन हजार तीन सय करोड रुपैयाँको लगानीमा अर्धचालक एकाइ (सेमीकन्डक्टर युनिट) स्थापना गरिनेछ । यसको उत्पादन क्षमता प्रतिदिन ६० लाख चिप्स हुनेछ।

प्राविधिक प्रगतिहरूले स्वदेशी अर्धचालक सुविधाहरूको स्थापनासँगै देशलाई दोस्रो ठूलो मोबाइल उत्पादक बनाएको छ । साथै विपद् व्यवस्थापनका लागि राष्ट्रिय डाटाबेस र ग्रामीण भूमि अभिलेखका लागि भुवन पञ्चायत पोर्टल सिर्जना गरिएको छ।

ऊर्जा र सुरक्षाको क्षेत्रमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले उत्तरपूर्वी क्षेत्रमा जलविद्युत् परियोजनाहरूलाई स्वीकृति दिएको छ।

मोदी–सरकारले वृक्षरोपण र वातावरणीय पुनःस्थापनाका लािग हरित ऋण कार्यक्रम पनि ल्याएको छ । मोदीले जुन ९ मा राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। रासस/एएनआई

५२ करोडमा बिक्यो अल्बर्ट आइन्स्टाइनको चिठी

अल्बर्ट आइन्स्टाइन

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन  योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ।

मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् ।

हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र मूल्यवान छन् भन्ने कुरा प्रमाणित गरेको छ ।

आइन्स्टाइनद्वारा हस्ताक्षरित एउटा चिठी ३९ लाख डलर अर्थात् ५२ करोड रुपैयाँमा लिलाम भएको छ ।

सो चिठी आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजबेल्टलाई लेखेका थिए । उक्त पत्रमा आइन्स्टाइनले परमाणु हतियारको सम्भावनाका विषयमा चेतावनी दिएका थिए ।

साथै उनले आफ्नो पत्रमा परमाणु हतियारको विध्वंसका सम्बन्धमा अध्ययन गर्नका लागि समेत अमेरिकी राष्ट्रपतिलाई सुझाएका थिए । सो पत्रले दोश्रो विश्वयुद्धका बेला परमाणु बम निर्माणको लागि बाटो खोलेको थियो ।

सोसल मिडियामा समेत निकै चर्चा भएको अल्बर्ट आइन्स्टानको उक्त पत्रमा उनले एउटा भविष्यवाणी गरेका थिए । उनको सो भविष्यवाणी परमाणुु हतियारका विषयमा थियो ।

परमाणु हतियार भविष्यमा विश्वका लागि निकै खतरनाक सावित हुनसक्ने आँकलन आइन्स्टाइनले उक्त पत्रमा गरेका थिए ।

इतिहास बदल्ने चेतावनी

उक्त पत्र न्युयोर्कस्थित फ्रांकलिन डी रुजवेल्ट पुस्तकालयमा रहेको संग्रहको हिस्सा हो । जसमा आइन्स्टाइनले जर्मनीद्वारा परमाणु हतियार निर्माण गर्नसक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । उनले परमाणु विज्ञानमा तत्कालीन अवस्थामा भएको प्रगतिका विषयमा चर्चा गर्दै युरेनियमलाई नयाँ तथा महत्वपूर्ण उर्जा श्रोतमा बदल्न सकिने बताएका थिए । सोही ऊर्जालाई प्रयोग गरेर निकै शक्तिशाली बम बनाउन सकिने उनको ठहर थियो ।

उक्त पत्रले अमेरिकी सरकारलाई परमाणु विखण्डन विज्ञानमा आफ्नो अनुसन्धानलाई तीव्रता दिन सहमत बनायो, जसको परिणाम स्वरुप म्यानहटन परियोजना सुरु भयो । सोही परियोजनाबाट विश्वले पहिलो परमाणु बम प्राप्त गरेको थियो ।

बिजनेस इनसाइडरका अनुसार लिलामीमा बिक्री भएको आइन्स्टाइनको उक्त पत्र आइन्स्टाइनको एकमात्र हस्तलिखित पत्रको प्रति हो ।

माइक्रोसफ्टका सह सस्थापक पल एलनले सो पत्र संग्रह गरेका थिए । उनले सन् २००२ मा २१ लाख डलरमा उक्त पत्र खरिद गरेका थिए । त्यसअघि उक्त पत्र प्रकाशक म्याल्कम फोर्ब्ससँग थियो, जसले भौतिक वैज्ञानिक लियो स्जिलार्डको सम्पत्ति खरिद गरेका थिए ।

स्मरण रहोस् अल्बर्ट आइन्स्टाइनले अमेरिकी परमाणु कार्यक्रमलाई अघि बढाउनमा महत्पूर्ण भूमिका निर्वाह गरेका थिए । तर, कालान्तरमा भने आइन्स्टाइनले सो कदम आफ्नो सबैभन्दा ठूलो भूल भएको बताएका थिए

डोनाल्ड ट्रम्पले ट्रुथ सोशलका शेयर नबेच्ने

Donald_Trump

शुक्रबार रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्मको मूल कम्पनीमा रहेको शेयर नबेच्ने बताएका छन्।  यो घोषणापछि हालैको शेयर बिक्रीपछि घटेको  उक्त कम्पनीको शेयर मूल्य फेरि बढेको छ।

ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपका शेयरहरू ३०% सम्म उक्लिएका थिए र अन्ततः दिनको अन्त्यमा १२% ले बढेर बन्द भए। ट्रम्पसँग करिब ५७% कम्पनीको शेयर छ जसको शेयर मूल्य यो हप्ता उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिभिजन बहसपछि घटेको थियो।

शुक्रबारको बढोत्तरी अघिल्ला केही हप्तादेखिको निरन्तर गिरावटपछि आएको हो जब ट्रम्प र अन्य कम्पनीका भित्री व्यक्तिहरूले आफ्नो शेयर बेच्न अनुमति पाउने महत्वपूर्ण मिति नजिकिँदै थियो।

“होइन, म बेच्दै छैन,” ट्रम्पले रोयटर्सलाई जवाफ दिँदै भने। “म जाँदै छैन। मलाई यो मन पर्छ। मेरा लागि यो महान् छ।”

ट्रम्प मिडियाको मूल्य यस वर्ष मार्चमा शेयर बजारमा सूचीबद्ध भएपछि लगभग १० अर्ब डलरसम्म पुगिसकेको थियो। यो कम्पनीको शेयर खुद्रा व्यापारिहरू बीच लोकप्रिय छ र ट्रम्पको दोस्रो कार्यकालका लागि उम्मेदवारी सफल हुने सम्भावनामा एक जुवाको रूपमा हेरिएको छ।

तर सूचीबद्ध भएदेखि नै ट्रम्प मिडियाका शेयरहरूले आफ्नो अधिकांश मूल्य गुमाइसकेका छन्। पराष्ट्रपति जो बाइडेनले पुनः चुनावको उम्मेदवारी फिर्ता लिएका र ट्रम्पले नोभेम्बर ५ को राष्ट्रपतीय चुनाव अघि जनमत सर्वेक्षणमा आफ्नो अग्रता गुमाए पछिका केही हप्तामा यो गिरावट तीव्र भएको छ।

ट्रम्प मिडियाको सूचीबद्धतासँग सम्बन्धित प्रावधान अनुसार ट्रम्प र अन्य भित्री व्यक्तिहरूलाई यो महिनापछि आफ्नो शेयर बेच्न अनुमति दिइनेछ जसले थप शेयर बजारमा आउने सम्भावना छ।

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

 

नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्। गए राति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गरेका हुन्।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

यसैगरी सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन्। रासस

 

नेप्सेमा करेक्सन पूरा:१३ प्रतिशत गिरावटपछि उत्साह

share market

१३ प्रतिशत गिरावटपछि नेप्सेमा देखिएको उत्साह, करेक्सन चक्र पूरा भएको हो

लगातार ६ कारोबार दिनको गिरावटपछि सेयर बजारमा अन्तिम कारोबार दिन बिहीबार अकस्मात् उच्च अंकको सुधार देखियो। भदौ १८ मा २८३०.२० बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ कारोबार दिन लगातार घट्दै भदौ २६ बुधबार २६१०.२१ बिन्दुमा बन्द भएको थियो। तर, अन्तिम कारोबार दिन बिहीबार भने नेप्से ७८.३१ अंकले बढेर २६८८.५३ बिन्दुमा पुगेको छ।

असार १६ गते २०३७.०९ बिन्दुबाट बढ्न थालेको नेप्से ९६३.७२ अंक (४७.३ प्रतिशत)ले उकालो लागेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगी घट्न थालेको थियो। बजार लगातार न्यून बिन्दुतर्फ लम्किरहेको समयमा असार १७ गते १२७ अंकले बढेर २८२३.३२ बिन्दुमा बन्द भएको थियो। 

बिहीबार देखिएको ७८.३१ अंकको वृद्धि असार १७ गते देखिएको १२७ अंकपछिको उच्च हो। यसलाई अधिकांश लगानीकर्ताले करेक्सनपछिको बाउन्सको रूपमा व्याख्या गरेका छन्।

साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी पछिल्लो बढाइमा एक चरणको करेक्सन साइकल पूरा भएको बताउँछन्। ‘लामो समयपछि उकालो लागेको बजारमा एक चरणको करेक्सन साइकल पूरा भएको छ। करेक्सनले बजार बढ्ने आधार थप मजबुत भएको देखाउँछ,’ अध्यक्ष जिसी भन्छन्, ‘बिहीबार बजारमा उच्च अंकको वृद्धि देखियो भने कारोबारमा पनि सुधार आयो। यसलाई मैले नेप्सेले बाउन्स ब्याक लिएको रुपमा बुझेको छु।’

उकालो लाग्दा ९६३.७२ अंक अर्थात् ४७.३ प्रतिशतको वृद्धि देखिएको नेप्सेमा ओरालो लाग्दा भने ३९०.६ अंक अर्थात् १३ प्रतिशतको गिरावट आउँदै बुधबार २६१०.२१ बिन्दुमा रोकिएर बिहीबार सकारात्मक सन्देश दिएको हो। उक्त १३ प्रतिशतको गिरावटलाई लगानीकर्ताले मजबुत करेक्सनको रूपमा सामाजिक सञ्जालमासमेत व्याख्या गरिरहेका छन्।

तर, एकातर्फ करेक्सन चक्र पूरा भएको भन्दै बजार बढ्ने बहस चल्दै गर्दा अर्कोतर्फ भने मुख्य चाडपर्व नजिकिएकाले यो समयमा यसअघि पनि कहिल्यै बजार उकालो नलागेको र अहिले पनि नलाग्ने बताइरहेका छन्। हुनतः हालै मात्र नारीहरूको मुख्य पर्व तिज सकिएको छ। नेपालीहरूको महान् पर्वको रूपमा लिइने दसैं, तिहार र छठ पर्व पनि नजिकिएका छन्।

यस्तो अवस्थामा लगानीकर्ताले आफ्ना आवश्यकता पूरा गर्नका लागि बजारबाट पैसा नझिक्लान् भन्न सकिँदैन। त्यसैले बजार बढे पनि धेरै अंक वृद्धिको आशा भने राख्न नहुने व्याख्या केहीको देखिन्छ। यही समय सानोतिनो नाफा भए पनि बुक गरेर चाडपर्वको खर्च निकालौं भन्ने मानसिकता पनि धेरैमा हुन्छ। तथापि, बजारमा कस्ता प्रवृत्तिका लगानीकर्ता बढी हाबी हुन्छन् भन्ने कुराले नै नेप्सेको आगामी यात्रा तय गर्ने देखिन्छ।

समग्रमा गत साताको सेयर बजारलाई मात्रै हेर्ने भने पनि साताको पाँच कारोबार दिनमा एक दिन बढेर चार दिन घट्दा नेप्से ३८.८३ अंकले घटेर २६८८.५३ बिन्दुमा बन्द भएको छ। अघिल्लो साताको पाँच कारोबार दिनमा भने तीन कारोबार दिन घटेर दुई कारोबार बढ्दा नेप्से २२.२१ अंकले घटेर २७२७.३६ बिन्दुमा रोकिएको थियो। गत साताको गिरावटसहित गरी नेप्से लगातार चार हप्ता घटेको छ।

असार १७ गतेदेखि लगातार सात हप्ता उकालो लागेर साउन ३१ गतेबाट घट्न थालेको बजार पछिल्लो चार हप्ता भने निरन्तर घटेको हो। गत साता नेप्सेमा कुल ४० अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भयो। गएको मंगलबार र बुधबार ६÷६ अर्बको कारोबार भएकोमा बिहीबार नेप्से बढ्दा कारोबार पनि बढेर ७ अर्ब ९५ करोड रुपैयाँ पुग्यो। अघिल्लो साता भने नेप्सेमा ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

खास गरी, लगानीकर्ता सस्तैमा र हालकै मूल्यमा सेयर बिक्री गर्न तयार नहुँदा कारोबार रकम पनि निरन्तर खुम्चिँदै गएको छ। यसले पनि बजार बढ्ने संकेत नै गर्ने बताइन्छ। अर्कोतर्फ, सरकारी कार्यालयमा कर्मचारीले सेयर खरिदबिक्री गरेको भन्दै कारोबारमा प्रयोग हुने ‘टिएमएस’ प्रणाली बन्द भएको असर पनि देखिने हो कि भन्ने आशंका पनि भइरहेको छ। यद्यपि, बजारलाई अनेकन विषयमा जोडेर विभिन्न किसिमले प्रभावित पार्ने कोसिस हुने भएकाले सेयर लगानीकर्ताले आफ्नो अध्ययन र योजनामा केन्द्रित हुँदै कारोबार गर्नु उपयुक्त हुन्छ।

स्प्रिङफिल्ड मा हाइटीका आप्रवासीहरूले तनाव बढाए

Springfield, Ohio

विगत केही वर्षमा हाइटीबाट आएका धेरै आप्रवासीहरू स्प्रिङफिल्ड, ओहायोमा बसोबास गर्न थालेका छन्। यहाँको कम जीवनयापन खर्च र रोजगारको प्रशस्त अवसरले उनीहरूलाई आकर्षित गरेको हो। तर, ती नयाँ आगमनहरूले सहरका स्रोतहरूमा ठूलो दबाब पारेका छन्, जसले गर्दा तनाव उत्पन्न भएको छ।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले जुलाईमा स्प्रिङफिल्डको उदाहरण दिंदै बाइडेन प्रशासनको सीमा नीतिहरूको आलोचना गरे। यसै महिना, सहरका मेयर र व्यवस्थापकले “फक्स एन्ड फ्रेन्ड्स” मा आएर संघीय सरकारलाई नयाँ आप्रवासीहरूको भेललाई व्यवस्थापन गर्न सहयोगको लागि आग्रह गरेका थिए। यसैगरी, गत हप्ता भएको राष्ट्रपति पदको बहसमा, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले स्प्रिङफिल्डमा हाइटीका आप्रवासीहरूले घरपालुवा जनावरहरू अपहरण गरी खाने गरेको गलत दाबी दोहोर्‍याए।

स्प्रिङफिल्डमा हाइटीका आप्रवासीहरूको संख्या १२,००० देखि २०,००० सम्म रहेको अनुमान गरिएको छ। अधिकांश हाइटीका आप्रवासीहरू कानुनी रूपमा संयुक्त राज्यमा छन्। केही आप्रवासीहरूले अस्थायी सुरक्षा स्थिति (टीपीएस) पाएका छन्, जुन संकटग्रस्त देशका नागरिकहरूलाई दिइन्छ।

स्प्रिङफिल्डका मेयर रोब रुले संघीय सरकारबाट थप सहयोगको आशा राखेका छन्, जबकि राज्यपाल माइक डिवाइनले राज्यका स्रोतहरूबाट २.५ मिलियन डलर प्रदान गर्ने घोषणा गरेका छन्।

जब लण्डनमा चोरी भएको फोन चीनमा देखियो

mobile app

फोन प्रयोगकर्ताको बढ्दो संख्यासँगै स्मार्टफोन चोरीका घटना बढ्नु स्वभाविकै हो । अझ सहरी क्षेत्रमा दैनिक रुपमै धेरै स्मार्टफोन चोरिने तथा हराउने घटना भइरहन्छन् । अझ चोरिएका फोन भेटिने भन्ने विरलै हुन्छ ।

तर हालै एउटा यस्तो घटना भएको छ जसमा बेलायतको लण्डनमा चोरी भएको फोन एक महिनापछि चीनमा भेटिएको छ ।

गत अप्रिलको महिना थियो । अकारा एट्टेह आफ्नो फोनमा केही हेर्दै लण्डनको एक मेट्रो स्टेशनबाट बाहिर निस्किरहेका थिए ।

त्यहीबेला एक्कासी एउटा इलेक्ट्रिक बाइकमा आएका मानिसले उनको फोन थुतेर भागे । अकाराले लुटेरालाई पछ्याउने कोसिस गरे तर चोरहरु त्यहाँबाट भागेर अलप भए ।

इंगल्याण्ड र वेल्समा यस्ता घटनाहरु तीव्र बनिरहेका छन् र गत महिनामा मात्रै हजारौँ मानिसका फोन चोरी भएका छन् ।

यस्ता घटनामा अपराधीहरुलाई सजायँ दिने दर चाहिँ न्यून छ । प्रहरीका अनुसार उसले अपराधीहरुलाई कारवाही नगर्ने भन्ने होइन, तर यसमा फोन कम्पनीहरुको भूमिका बढी महत्वपूर्ण हुन्छ ।

यस्ता घटनाहरूका शिकार बनेका व्यक्तिहरुका अनुसार फोन चोरी हुँदा पुराना तस्बिरहरूदेखि हजारौं रुपैयाँसम्मको क्षति हुन्छ ।

अकारा पनि आफ्नो फोन चोरी भएपछि हैरान थिए । उनी आफ्नो फोनको स्थान पत्ता लगाउन त सक्षम थिए, तर फिर्ता लिन सकिरहेका थिएनन् ।

अकाराले आफ्नो घरमा ल्यापटपबाट आफ्नो आइफोन १३ को ‘फाइन्ड माइ आइफोन’ फिचर अन गरे । त्यसपछि उनलाई सूचना आयो कि उनको फोन लन्डनको इस्लिङ्गटनमा छ । आठ दिनपछि चाहिँ फोनको स्थान उत्तरी लन्डनको नजिक पत्ता लाग्यो ।

अकाराले भने, ‘हुनत म कसैलाई पनि यसरी यस्तो नयाँ ठाउँम जाने सल्लाह दिँदैन । तर म चाहिँ मेरो देखिएका दुईवटा स्थानमा गएको थिएँ । यो खतरनाक थियो र मलाई निकै रिस उठेको थियो ।

चीनको टेक हबमा देखियो फोन

अकारा ती ठाउँहरूमा गए, तर कसैलाई केही भनेनन् । उनलाई लाग्यो कि कसैले उनलाई हेरिरहेको छ । त्यसपछि उनी घर फर्किए।

उनी भन्छन्, ‘मेरो फोन धेरै महँगो थियो। ठूलो मिहिनेतले फोन किनेको थिएँ ।’

एक महिना पछि अकाराले ‘फाइन्ड माइ फोन’ फिचर फेरि जाँच गरे । त्यसबेला चाहिँ उनको फोन चीनको शेन्जेनमा पुगेको देखियो ।

त्यसपछि चाहिँ अकाराले फोन पाउने आशा मारे । किनकि लण्डनबाट चोरी भएको फोनको लोकेसन चीनमा देखिएको थियो । शेन्जेन यस्तो ठाउँ हो जहाँ फोनको लक नखुलेमा वा पुनः प्रयोग गर्न नसकिएमा फोनका पार्ट्स खोलेर समेत प्रयोग गर्न सकिन्छ ।

जुन सहरमा अकाराको फोनको लोकेसन देखाइएको थियो, त्यहाँको जनसंख्या लगभग १ करोड ६० लाख छ । यस ठाउँलाई चीनको सिलिकन भ्याली पनि भनिन्छ ।

अकाराका अनुसार उनको फोन चोरी भएको ठाउँ नजिकै केही दूरीमा पुलिस थिए र आफ्नो फोन चोरी भएको जानकारी गराउँदा पुलिसले अकारालाई अनलाइन उजुरी गर्न भने ।

तर केही दिनपछि उनलाई पुलिसको ई–मेल आयो । फोन चोरलाई समाउने सम्भावना कम रहेकाले अब उनको उजुरी बन्द गरिएको जानकारी प्रहरीले गरायो । अकाराले केही तस्बिरहरू र जानकारी पनि दिएका थिए, तर पुलिसले कुनै कारबाही गरेन ।

पुलिस के भन्छ ?

पीडितहरूका अनुसार चोरी भएका फोनबाट अनलाइन भुक्तानी समेत गरिएको छ ।

‘मेरो जुन फोन चोरी भयो त्यसमा मेरी आमाका अन्तिम तस्बिरहरू थिए । म ती तस्बिरहरू फर्काउनका लागि जे पनि गर्न तयार थिएँ,’ उनी भन्छन् । पुलिसले ठोस कदम नचालेको उनको गुनसो छ ।

यहाँनेर प्रश्न उठ्छ कि पुलिसले किन यस्ता मामिलामा केही पनि गर्न सक्दैन ? वा चोरी भएका फोन किन फेरि फिर्ता गर्न सकिँदैन ?

प्रहरी अधिकारी म्याट इभान्स यस्ता अपराधहरू विरुद्ध काम गर्ने एक प्रहरी टोलीको नेतृत्व गर्छन् । चोरी भएका फोनमध्ये निकै थोरै मात्र फेला पर्ने गरेको उनी स्वीकार गर्दछन् ।

इभान्स भन्छन्, ‘यस्ता घटनामा समय सबैभन्दा ठूलो चुनौती हो । तर पीडितहरुले उजुरी गर्नै पर्छ । किनभने यदि उजुरी नै भएन भने अनुसन्धान कसरी गर्ने ?’

प्रहरीका अनुसार कहिलेकाहीँ एउटा पक्राउले पनि ठूलो प्रभाव पार्न सक्छ ।

बेलायतको नेशनल पुलिस चिफ काउन्सिलका कमाण्डर रिचर्ड स्मिथका अनुसार फोन चोरहरू समातिनका लागि प्रविधि कम्पनीहरूको महत्वपूर्ण भूमिका छ ।

फोन चोरी भएमा के गर्ने ?

यदि तपाईंसँग आईफोन छ भने Find my iPhone  फिचर अन राख्नुस् । अनि यदि एन्ड्रोइड फोन छ भने Find my Device फिचर अन राख्नुस् । यसो गर्दा यदि फोन चोरी भयो भने तपाईंले यसको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ वा डेटा मेटाउन सक्नुहुन्छ ।

तर चोरी भएका फोनलाई पुनः बिक्री वा पुनः प्रयोग गर्न नसकिने बनाइएमा मात्रै फोनको चोरी रोकिने सक्ने भएकाले फोन निर्माता कम्पनीहरुले त्यसो गरुन् भन्ने बेलायत सरकार चाहन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पुराना फोनहरुको माग बढिरहेको अवस्थामा फोन चोरीका घटनामा कमी आउने आउने सम्भावना कम छ ।

बेलायतमा एउटा सम्मेलन नै आयोजना गर्न लागिएको छ जसमा फोनको अवैध बिक्री रोक्ने विषयमा छलफल गरिनेछ । यसका विषयमा गुगल र एप्पलले चाहिँ केहीपनि प्रतिक्रिया दिएका छैनन् । तर सामसुङ कम्पनीले चाहिँ आफू फोन चोरीका घटनाहरू रोक्न प्रशासनसँग मिलेर काम गरिरहेको दाबी गरेको छ ।

आईफोन १४ प्रो म्याक्सबाट २ घण्टा लामो नेपाली फिल्म

filmshotoniphone

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र ‘अ प्लेस अन्डर द सन’को प्रिमियर गरिएको छ । शुक्रबार सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमाजमा यो फिल्मको विशेष प्रदर्शन गरिएको हो ।

जेसन लोप्चन निर्देशित यो फिल्म एक घण्टा ५५ मिनेट लामो छ । वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्म ‘क्राइम’ विधामा आधारित छ । फिल्मले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको भेट र त्यसपछि आउने पात्रको कथा भन्छ । आज हामी फिल्मको कथाभन्दा पनि प्राविधिक रूपमा फिल्म कस्तो छ त्यसको समीक्षा गर्छौं:

कसरी खिचियो फिल्म ?

अमेरिकी फिल्म निर्देशक स्टिभन सोडनबर्गले स्तरीय फिल्म आईफोन सिक्स तथा सेभेन जस्ता डिभाइसले खिचेको थाहा पाएपछि उनैबाट प्रभावित भएर पनि यही कन्सेप्टले फिल्म निर्माण गरेको निर्देशक लोप्चन बताउँछन् ।

त्यसमाथि सीमित बजेटमा बनाउनुपर्ने भएकाले आईफोनबाट फिल्म खिचेको उनी सुनाउँछन् । यो फिल्म काठमाडौं र चितवनका विभिन्न ठाउँमा खिचिएको छ ।

जम्मा १८ दिनमा खिचिएको फिल्ममा पोस्ट प्रोडक्सनमा भने करिब छ महिना बढी समय लगाएको उनी सुनाउँछन् । त्यस्तै आईफोनमा आउने प्रिबिल्ट क्यामेरा बाहेक आईफोनमा मिल्ने जुम लेन्स, एन्डी फिल्टर, प्राइम लेन्स जस्ता अन्य सामग्री भने फिल्मका लागि खरिद गरेको उनी बताउँछन् ।

त्यसैगरी मुभमेन्ट शटका लागि आईफोन १३ मिनि पनि प्रयोग गरेका छन् । यस फिल्ममा द्वन्द्व पनि हेर्न सकिन्छ । त्यही शट खिच्न आईफोन १३ मिनी प्रयोग गरिएको हो । फिल्ममा कलाकार भने जम्मा सात जना रहेका छन् ।

कस्तो छ आईफोन १४ प्रो म्याक्सको क्यामेरा ?  

अब कुरा गरौं, फिल्म खिच्न प्रयोग गरिएको आईफोन १४ प्रो म्याक्सबारे । सन् २०२२ मा सार्वजनिक भएको आईफोन १४ सिरिजको यो सबैभन्दा राम्रो मोडेल हो । यस मोडेलमा ट्रिपल क्यामेरा सेटअप पाउन सकिन्छ । जसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेल, टेलिफोटो १२ मेगापिक्सेल र अल्ट्रावाइड १२ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

यसको मुख्य क्यामेरा क्वाड पिक्सेल टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा प्रकाश कम भएको ठाउँमा पनि उत्कृष्ट फोटो खिच्ने एप्पलको दाबी छ । त्यस्तै फोटो/भिडिओ खिच्दा नहल्लियोस् भनेर यसमा एप्पपले अप्टिकल इमेज स्टेबलाइजेसन समेत प्रयोग गरेको थियो ।

यसबाट भिडिओ भने २४, २५, ३०, ६० एफपीएसमा फोरकेमा खिच्न सकिन्थ्यो । त्यसैगरी १०८० पिक्सेलमा भने २५/३०/६०/१२० एफपीएसमा खिच्न सकिन्थ्यो । समग्रमा यसमा मोबाइल फोटोग्राफीमा रुचि राख्नेहरूका लागि यो विकल्प हो ।

अनि कस्तो छ फिल्मको गुणस्तर ?

विश्वमा यसअघि पनि फिचर फिल्मका लागि आईफोन प्रयोग भएका छन् । एप्पलकै कार्यक्रमका लागि पनि आईफोन प्रयोग भएको छ ।

विशेष गरेर आईफोनबाट फिचर फिल्म खिच्दा स्टेबलाइजेसनको समस्या हुने गर्छ । यसमा मामिलामा निर्माण टोलीले राम्रै काम गरेका छन् । फिल्ममा बढी जसो पात्रहरू स्थिर अवस्थामा रहेकाले पनि हुन सक्छ, दृश्यहरू हेर्ने नसक्नेगरी हल्लिएको पाइँदैन ।

यसभन्दा पनि ठूलो समस्या हो, गुणस्तर । आईफोनले आफ्नो क्यामेराको गुणस्तरमा सुधार गरे पनि प्रोफेसनल क्यामेरा जस्तो हुँदैन । सिधा प्रकाश पर्ने गरी खिचिएका दृश्यहरू फिल्ममा प्रशस्त छन् ।

कतै न कतै दृश्यका रङहरू खल्लो लाग्ने गर्छ । फिल्ममा रातका दृश्यहरू पनि छन् । त्यसमा निर्देशकले अलि चलाखी गरेका छन् । जसले गर्दा रातको दृश्यलाई पनि क्यामेराले राम्रै खिचेको छ ।

सायद बाह्य लेन्स प्रयोग गरेकाले होला सब्जेक्ट राम्रैसँग फोकस भएको छ । यद्यपि फोकस बाहिर भएकाले दृश्यमा भने अलि फाँटेको जस्तो महसुस हुन्छ । सायद यो ठूलो स्क्रिन भएर हुन सक्छ ।

त्यस्तै फिल्मको अडिओ पनि अझै राम्रो हुन सक्ने थियो । कम्तीमा फिल्म हेर्दा त्यस्तै महसुस हुन सक्छ । हुन त निर्देशक लोप्चनका अनुसार फिल्मको डबिङ स्टुडिओमै गरिएको हो ।

खैर, अस्कर कलेजबाट ‘फिल्म स्टडिज’ अध्ययन गरेका लोप्चनको यो प्रयास नेपाली फिल्म क्षेत्रमा नौलौ छ । अब चाँडै हलमा लगाउने तयारी रहेको यो फिल्म हेर्दा फरक नपर्ने फिल्म हो ।

कोलकाता बलात्कार-हत्या: जुनियर डाक्टर ममता

rape

जुनियर डाक्टरहरूले ममता को अचानक भ्रमणको स्वागत, वार्ताको लागि मुख्यमन्त्रीको निवासमा निम्तोद्वाराएचटी न्यूज डेस्कसेप्टेम्बर

पश्चिम बंगाल सरकारले आन्दोलनरत जुनियर डाक्टरहरूलाई शनिबार साँझ 6 बजे ममता बनर्जीको निवासमा आरजी कार गतिरोध समाधान गर्न बैठक गर्न आमन्त्रित गरेको छ।
आन्दोलनरत जुनियर डाक्टरहरूले शनिबार आरजी कार गतिरोध समाधान गर्न मुख्यमन्त्री ममता ब्यानर्जीसँग छलफल गर्ने इच्छा व्यक्त गरे पछि TMC प्रमुखले विरोध स्थलको भ्रमण गरेपछि। राज्य सरकारलाई लेखेको पत्रमा, जुनियर डाक्टरहरूले स्वास्थ्य विभागको मुख्यालय, स्वास्थ्य भवन बाहिर उनीहरूको विरोध स्थलमा मुख्यमन्त्रीको अचानक भ्रमणको स्वागत गरे।

1 2 3 12