जेम्स वेब टेलिस्कोपले जब भयंकर ‘ब्ल्याक होल’ ले आफैं रहेको ग्यालेक्सीलाई बिस्तारै निलिरहेको देख्यो …

जेम्स वेब टेलिस्कोपले जब भयंकर ‘ब्ल्याक होल’ ले आफैं रहेको ग्यालेक्सीलाई बिस्तारै निलिरहेको देख्यो …

काठमाडौं ।

जेम्स वेब स्पेस टेलिस्कोपले हालै एउटा विशाल ब्ल्याकहोलले आफ्नै होस्ट ग्यालेक्सी आफैं रहेको तारामण्डल लाई निलिरहेको दृश्य देखेको खगोलविदहरुले बताएका छन्।

लगभग १२ अर्ब प्रकाश वर्ष पर जीएस १०५७८ अथात् पाब्लोज ग्यालेक्सीमा अवस्थित यो अति नै विशालकाय ब्ल्याक होल सूर्यको पिण्डभन्दा २०० अर्ब गुणा ठूलो रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।

यसअघिका अवलोकनहरुले उक्त ब्ल्याक होलको होस्ट अर्थात् निर्माता पहिले नै मृत भइसकेको अर्थात् उसले अब नयाँ ताराहरु बनाउन नसक्ने पत्ता लगाएका थिए। यसअद्घिको टेलिस्कोपले यसको मुख्य कारण के हो भन्ने चाहिँ पत्ता लगाउन सकेको थिएन।

अब भने उक्त टेलिस्कोपले यो रहस्य सुल्झाइदिएको छ। पाब्लोज ग्यालेक्सी आफ्नै भयंकर ब्ल्याकहोलद्वारा निसासिएको अवस्थामा रहेको छ जसले उक्त ग्यालेक्सीले नयाँ तारा बनाउन सक्षम हुनुअगाडि नै त्यहाँबाट ग्याँस बाहिर पठाउने गरेको छ।

यसै कारण नै उक्त ग्यालेक्सी तारा बनाउन असक्षम अर्थात् मृत देखिएको हो। अनुसन्धाताहरुले आफूले पत्ता लगाएको यो रहस्य गत सेप्टेम्बर १६ तारिखका दिन नेचर एस्ट्रोनोमी नामक जर्नलमा प्रकाशन गरेका हुन्।

‘हामीले दोषी भेट्टायौं’, उक्त अध्ययनका सह प्रमुख लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयका खगोलभौतिकविद् फ्रान्सेस्को डी युजेनियोले विज्ञप्तिमा भनेका छन्, ‘उक्त ब्ल्याक होलले नयाँ ताराहरु सिर्जना गर्नका लागि आवश्यक ‘ग्यालेक्सीको खाना’ कटौती गरेर यो ग्यालेक्सीलाई मारिरहेको र यसलाई काम गर्न नसक्ने अवस्थामा पुर्याइरहेको छ।’

अनुसन्धाताहरुले ‘राक्षस ब्ल्याकहोल’ को नाम दिएका यस्ता भयंकर ब्ल्याकहोलहरु सामान्यतया: ग्यालेकसीको केन्द्रमा बस्छन् र बेलाबेलामा आफ्ना वरीपरीबाट विभिन्न पदार्थहरु निल्छन् र तिनै पदार्थाहरुलाई प्रकाशको गतिमा हुत्याउने गर्छन्। यस प्रक्रियाले ग्यालेक्सीहरु कसरी बन्छन् भन्ने कुराको पृष्ठपोषण तयार गर्छन्।

यस अवलोकनले ती सिद्धान्तहरूलाई पुष्टि गर्छ जुनले ब्ल्याक होलहरुले आफ्नै आकाशगङ्गाहरूलाई रोक्न सक्छन् भन्ने सुझाव दिएका थिए। यसबाहेक ती सिद्धान्तहरूलाई गलत साबित गर्छ जसले ताराहरू बन्ने प्रक्रिया अन्त्य हुँदा आकाशगङ्गामा ठूलो र हिंसात्मक प्रभाव पर्छ भविष्यवाणी गरेको थिए।

 “ब्ल्याक होलहरुको ग्यालेक्सीमा भयंकर प्रभाव रहेको हुन्छ र सम्भवत: तिनीहरुले तारा बन्ने प्रक्रियालाई रोक्दछन् भन्ने कुरा सामान्य हो भन्ने हामीलाई थाहा छ, तर जेम्स वेबले पत्ता नलगाउन्जेल हामीले यो कुरा यकिन गर्न सकेका थिएनौं,” अध्ययनका सह लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको प्रयोगात्मक खगोल भौतिकशास्त्रका प्राध्यापक रोबर्टो मायोलिनोले विज्ञप्तिमा भनेका छन्।

“यो शुरुवाती चरणको ब्रह्माण्ड तथा यो कसरी उद्विकास भयो भन्नेबारे अध्ययन गर्ने हाम्रो क्षमताका सम्बन्धमा जेम्स वेब टेलिस्कोपको नाटकीय छलाङ हो भन्ने प्रमाणित गर्ने अर्को बाटो हो।”

यसरी ग्यालेक्सीलाई नष्ट गर्ने तत्व पत्ता लागेको अवस्थामा अनुसन्धानकर्ताहरूले चिलीको एटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर एरेले लिएका नयाँ अवलोकनहरूको प्रतीक्षा गर्नेछन्।

यसले उनीहरूलाई ताराहरू बन्ने ग्यासका बाँकी भागहरू फेला पार्न र कालो प्वालको गतिविधिले वरपरको क्षेत्रमा पार्ने प्रभाव पत्ता लगाउन मद्दत गर्ने लाइभसाइन्सले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ आश्विन २०८१, बुधबार

एनसेल फाउन्डेसन घोषणा, २० करोड रुपैयाँको सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । आफ्नो यात्राको १९औं वार्षिकोत्सवका अवसरमा कम्पनीले फाउन्डेसन स्थापना गरेको हो ।  

“विगतका १९ वर्षमा एनसेलले एक करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

एनसेलले सामाजिक उत्तरदायित्त्वका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रही रहन कम्पनीले ग्राहकलाई एक अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधा निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । 

त्यसैगरी २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेको थियो । 

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । 

“एनसेलले टावरहरू राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,” जाब्बोरले भने । 

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । 

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजन पनि घोषणा गरिएको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् । 

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ देखि एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याएको को थियो । ‘‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयउन हामी तत्पर छौ,’’ जाब्बोरले भने । 

उनका अनुसार नेपालको एक ठूलो करदाताको रूपमा एनसेलले सरकारलाई हालसम्म ३२० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क बुझाइसकेको छ ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ । साथै एनसेल व्यवस्थापनका उच्चपदस्थ अधिकारीहरू र अन्य कर्मचारीहरू ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १८:१९




आईफोन १६ को व्यापार सुस्त भएपछि एप्पलको सेयरमूल्य घट्यो

काठमाडौं ।

नयाँ आईफोन १६ को माग अपेक्षाभन्दा कम भएको रिपोर्टहरूपछि एप्पलका सेयरहरू सोमबार बिहानको कारोबारमा ३.६% ले घटे। टीएफका विश्लेषक मिङ-ची कुओका अनुसारआईफोन १६ को पहिलो हप्ता बिक्री गत वर्षको आईफोन १५ को पहिलो हप्ताको तुलनामा १२% कम भएको छ।

कुओले लेखेका छन्, “मुख्य कारण आईफोन १६ प्रो श्रृंखलाको अपेक्षाभन्दा कम माग हो।” उनले एप्पलको वेबसाइटहरूबाट प्रत्येक आईफोन १६ मोडलको प्रि-अर्डर बिक्री, औसत डेलिभरी समय, र प्रि-अर्डर अघिका ढुवानीहरूको डाटा सङ्कलन गरेर यो विश्लेषण गरेका हुन्।

कुओले कम मागका कारणमध्ये एक भनेको प्रमुख विशेषता, “एप्पल इन्टेलिजेन्स,” आईफोन १६ सँगै सुरूमा उपलब्ध नभएको कुओले थपेका छन्। साथै चिनियाँ बजारमा भएको तीव्र प्रतिस्पर्धाले पनि आईफोनको मागमा असर पारिरहेको छ।

गत सोमबार एप्पलले आफ्नो मुख्यालय क्युपर्टिनो, क्यालिफोर्नियामा आयोजित कार्यक्रममा नयाँ आईफोन, एयर पड र एप्पल वाचको संस्करणहरू सार्वजनिक गर्‍यो।

सीएनबीसीका अनुसार नयाँ आईफोनका लागि प्रि-अर्डर शुक्रबारदेखि सुरू भएको थियो र यसलाई सेप्टेम्बर २० देखि डेलिभरी शुरु गराइने भएको छ तर आईफोन १६ का लागि पहिलो “एप्पल इन्टेलिजेन्स” सुविधाहरू अर्को महिना मात्रै बीटा संस्करणमा सुरू हुनेछन्।

बार्क्लेज, जेपीमोर्गन र ब्याङ्क अफ अमेरिकाका विश्लेषकहरूले पनि लगानीकर्ताहरूका लागि लेखेका नोटहरूमा यो वर्षका आईफोन प्रो मोडेलहरूको ढुवानीका समयमा गत वर्षको तुलनामा कम मागमा परिणत हुन सक्ने बताएका छन्।

बार्क्लेजका विश्लेषकहरूले भनेका छन्, “हाम्रो वितरकहरूसँगको कुराकानी र प्रमुख चिनियाँ ई-वाणिज्य साइटहरूमा प्रि-अर्डर संख्याको विश्लेषणको आधारमा, पहिलो दुई दिनमा कुल प्रि-अर्डर एकाइहरू वार्षिक आधारमा घटेका छन्, र प्रो मोडेलहरूको मिश्रण कम भएको छ।” उनीहरूले थपे, “प्रो मोडेल एकाइहरू वार्षिक रूपमा दोहोरो अंकले घटेका छन्, जबकि बेस र प्लस मोडेलहरूले वार्षिक रूपमा वृद्धि देखाएका छन्।”

बार्क्लेजका विश्लेषकहरूले चिनियाँ भाषामा “एप्पल इन्टेलिजेन्स” को सुरूवात सन् २०२५ सम्म नहुने भएकाले यसले आईफोन १६ प्रति प्रारम्भिक उत्साहलाई कम गर्न सक्ने बताएका छन्।

कमजोर अर्थतन्त्र र प्रतिस्पर्धाले चीनमा आईफोन बिक्रीलाई दबाबमा राखिरहेको छ। विश्लेषकहरूले एप्पलले चीनमा आईफोन १५ बिक्रीमा सहयोगका लागि ठूलो छुटहरू दिनु परेको पनि भनेका छन्।

जेपीमोर्गनका विश्लेषकहरूले प्रमुख बजारहरूमा डेलिभरी समयलाई मागको सूचकका रूपमा ट्र्याक गर्दै भने, “प्रारम्भिक समयहरूले आईफोन १६ बेस मोडेलहरूको माग आईफोन १५ शृंखलासँग मिल्दोजुल्दो देखाएको छ, जबकि प्रो मोडेलहरूको प्रारम्भिक माग गत वर्षको तुलनामा अलि कम देखिएको छ।”

एनभिडियाको विकल्पमा घरेलु उत्पादन खोज्दै चीन

ह्वावे
ह्वावे चीनको प्रमुख प्रविधि कम्पनीहरूमध्ये एक हो, जसको व्यवसाय दूरसञ्चार पूर्वाधारदेखि उपभोक्ता इलेक्ट्रोनिक्स र क्लाउड कम्प्युटिङसम्म फैलिएको छ। यसको चिप डिजाइन शाखा HiSilicon हो।

ह्वावेले Ascend सिरिजका डाटा सेन्टर प्रोसेसरहरू डिजाइन गर्छ। यी चिपहरूलाई डाटा सेन्टरहरूमा एआई मोडेलहरू तालिम दिनका लागि प्रयोग गरिने सर्भरहरूमा प्रयोग गरिन्छ जसलाई Atlas ब्रान्ड अन्तर्गत बेचिन्छ।

अहिलेसम्मको चिप Ascend 910B हो, र कम्पनीले चाँडै Ascend 910C सार्वजनिक गर्ने तयारीमा छ, जुन एनभिडियाको H100 चिपसँग तुलनायोग्य हुनसक्छ।

अलिबाबा र बाइडु
अलिबाबा र बाइडुले एनभिडियाका चिपहरू खरीद गर्छन् तर आफ्नै एआई प्रोसेसिङका लागि चिपहरू पनि डिजाइन गरिरहेका छन्। बाइडुले Kunlun ब्रान्ड अन्तर्गत सर्भर र स्वचालित कारहरूमा प्रयोग गर्न आफ्ना चिपहरू डिजाइन गर्दछ।

अलिबाबाको T-Head नामक सेमीकण्डक्टर डिजाइन इकाईले Hanguang 800 एआई इन्फेरेन्स चिप विकास गरेको छ। इन्फेरेन्स भन्नाले च्याटबटले प्रयोगकर्ताको प्रश्नहरूको जवाफ दिने कामजस्तै एआई मोडेल तालिमपछि वास्तविक संसारमा प्रयोग गर्ने प्रक्रिया हो।

बिरन टेक्नोलोजी

एनभिडियाजस्तै बिरन टेक्नोलोजीले सामान्य उद्देश्यका लागि प्रयोग गरिने डिजाइन गर्छ, जसमा सफ्टवेयर विकास प्लेटफर्म पनि छ। यसको Bili सिरिजका उत्पादनहरू डाटा सेन्टरहरूमा एआई तालिमका लागि प्रयोग गरिन्छन्।

बिरन टेक्नोलोजीलाई अमेरिकाले एन्टीटी लिस्ट मा राखेको छ जसले यसलाई केही अमेरिकी प्रविधीमा पहुँच गर्नबाट प्रतिबन्ध लगाएको छ।

क्याम्ब्रिकन टेक्नोलोजी

क्याम्ब्रिकन टेक्नोलोजीले विभिन्न प्रकारका चिपहरू डिजाइन गर्छ, जसमध्ये एआई मोडेल तालिम दिन र उपकरणहरूमा एआई एप्लिकेसन चलाउन डिजाइन गरिएका चिपहरू छन्।

तर कम्पनीले ठूलो घाटा रिपोर्ट गर्दै आएको छ र २०२३ मा कर्मचारीहरूलाई बर्खास्त गरेको थियो। यो कम्पनी पनि अमेरिकी एन्टीटी लिस्टमा सूचीकृत छ।

मूर थ्रेड्स

२०२० मा स्थापना भएको मूर थ्रेड्सले ठूला एआई मोडेलहरूलाई तालिम दिन डिजाइन गरिएका जीपीयूहरू विकास गर्दैछ। यसको MTT KUAE डाटा सेन्टरसम्बद्ध  जीपीयूहरू उत्पादन गर्छ।

कम्पनीले आफूलाई “विश्वकै अग्रणी जीपीयू ” बनाउने लक्ष्य राखेको छ। यसलाई बाइट डान्स र ठूला भेन्चर क्यापिटल कम्पनीहरूले समर्थन गरेका छन्। मूर थ्रेड्स पनि अमेरिकी एन्टीटी लिस्ट मा छ।

एन्फ्लेम टेक्नोलोजी

एन्फ्लेम टेक्नोलोजी अर्को चिनियाँ स्टार्टअप हो जसले एनभिडियाको विकल्पका रूपमा आफूलाई स्थापित गर्न प्रयास गरिरहेको छ। यसले एआई तालिम र प्रक्रियामा केन्द्रित डेटा सेन्टरहरूका लागि चिपहरू डिजाइन गर्छ। चिनियाँ टेक दिग्गज टेन्सेन्ट एन्फ्लेममा लगानीकर्ताहरू मध्ये एक हो।

Launching Ncell Foundation, Ncell celebrates its 19th anniversary in a grand style

काठमाडौं ।

Ncell, Nepal’s first private-sector GSM mobile service provider on Tuesday celebrated nearly two decades of serving Nepal and its people with an important announcement—the launch of Ncell Foundation to govern and drive all of Ncell’s Corporate Social Responsibility (CSR) initiatives.

“Over the past 19 years, Ncell has contributed over Rs 2 billion (USD 15 million) on CSR activities in various area—health, education, environment and more, impacting over 13 million lives both directly and indirectly.

 

We now believe it is important to bring all of our good work under one umbrella, one purpose, and that is the Ncell Foundation,” said Jabbor Kayumov, Chief Executive Officer and Managing Director of Ncell, during a special event organised mark the 19th anniversary of the company.

At the event, Ncell said the Foundation’s vision is to foster a more inclusive, connected and sustainable Nepal and contribute to the UN’s Sustainable Development Goals (SDGs) with 3 clear objectives: 1) Supporting those who need it the most, 2) Bridging the digital divide and 3) Fostering a more healthy, sustainable and enriching Nepal.

Ncell has a remarkable track record of supporting to high impact causes. During the 2015 earthquake, Ncell contributed Rs. 100 million to the Prime Minister Disaster Relief Fund to support families affected by the devastating earthquake and another NPR 1.6 billion worth of communication support was extended to help families stay connected.

During the Covid-19 pandemic, Ncell contributed Rs. 100 million to support the government’s procurements of protective gear, PCR testing kits.

And in Jajarkot after earthquake last year, Ncell supported the Karnali Province Government with immediate support of Rs. 5 million for for rescue, treatment, and relief of earthquake victims and also helped build classrooms in 10 government schools so children could go back to school.

Similarly, in 2014, Ncell supported the Prime Minister Disaster Relief Fund with Rs. 200 million to help the flood and landslide victims from different parts of the country.

At the 19th anniversary event, Ncell Foundation committed to contribute at least Rs. 200 million to social causes over the next 5 years.

“Ncell is not just putting up towers and connecting people or providing jobs, we are also stewards of society with a goal to be a trailblazer in CSR in Nepal, making a lasting impact and delivering on our motto—“Here for You,” said Kayumov.

Capping off the event, Ncell honoured Para-athlete Palesha Goverdhan, who recently made history at the Paris Paralympics 2024 by winning Nepal’s first-ever medal. Ncell’s CEO recounted the story of how Ncell decided to support Palesha last year.

“I remember very well that moment about a year ago, when we called up the Paralympic Committee saying we wanted to support them, they couldn’t believe it. It didn’t make PR or business sense but we wanted to support those who need it the most—the unseen or unsung heroes,” he said.

With the launch of the Ncell Foundation, aligned with its brand promise, ‘Today. Tomorrow. Together.,’ Ncell aims to strengthen and expand its efforts through meaningful social initiatives, connecting with local communities and addressing grassroots-level issues.

A new initiative, ‘19 for 19,’ under the Ncell Foundation, was also announced. This project will provide financial support of Rs. 1 million each to 19 social projects across the country’s seven provinces. Additionally, projects under the ‘18 for 18’ initiative, launched last year on Ncell’s 18th anniversary, are currently in the implementation phase.

Back in 2005, on this day—September 17th, Ncell embarked on its journey to connect Nepal and Nepali people. Since then, it has revolutionised the telecommunications industry by making access to essential communication services easy, reliable, and more affordable.

“Our journey so far would not have been possible without the trust and support of our valued customers, partners and key stakeholders like government authorities, regulators, and the communities we serve. We are even more committed to many more years of togetherness as we support Nepal’s journey towards a digital future,” said Kayumov.

As one of the largest taxpayers in Nepal, the company has paid over Rs. 320 billion in taxes and fees since its inception, making a significant contribution to the country’s economy.

Starting with reliable basic mobile services and evolving into innovative communication solutions, Ncell has addressed various consumer needs. From basic 2G to modern 4G, from standard wireless mobile broadband to point-to-point leased line global connectivity, and from mobility to advanced cloud and data-centre co-location services, Ncell has evolved into a modern telecommunications company.

Ncell has numerous activities and events lined up as part of the 19th anniversary celebrations, including tree plantations, educational kit distributions in government/community-run schools, health camps, cervical cancer screening, blood donation, skill camp, and market visits to engage with and thank customers and retailers.

हाम्रो पात्रो एपको सम्पूर्ण स्वरूप नै परिवर्तन हुँदै, यस्तो देखियो बेटा भर्सन

काठमाडौं । सर्वाधिक डाउनलोड भएको नेपाली एप ‘हाम्रोपात्रो’मा अहिलेसम्मकै ठूलो अपडेट आउन लागेको छ । नयाँ अपडेटमा हाम्रोपात्रोको सम्पूर्ण स्वरूप नै परिवर्तन हुन लागेको हो ।  

अहिलेको हाम्रोपात्रोको डिजाइन र नयाँ अपडेटको डिजाइनमा धेरै भिन्नता पाउन सकिन्छ । यूएक्स (युजर एक्सपिरियन्स) र यूआई (युजर इन्टरफेस)मा ठूलो भिन्नता छन् । झट्ट हेर्दा अहिलेको डिजाइनसँग युजर इन्टरफेस मेल खाँदैन ।

नयाँ अपडेटमा एप खोल्नासाथ नयाँ डिजाइनको होमपेज देखिन्छ । यस अपडेटमा फुटर थपिएको छ । फुटरमा होम, पात्रो, अन्य र थप लगायतका अप्सनहरू राखिएका छन् । फुटर स्टिकी बनाइएको छ भने हेडर फुटरका अप्सनहरू छनोट गर्दा मात्र स्टिकी देखिन्छ । अर्थात् कन्टेन्ट स्क्रोल गर्दा हेडर हराउँछ । पुरानो अपडेटमा भने माथिपट्टि स्क्रोल गर्दा हेडर देखिन्छ ।

यस्तो हेडरलाई स्क्रोल डिपेन्डेबल हेडर भनिन्छ । नयाँ अपडेटमा हेडर गायब हुने भएकाले स्पेस बढी छ । हेडर नहुँदा बढी स्पेस हुनुका साथै प्रयोगकर्ताको ध्यान कन्टेन्टमै केन्द्रित हुन्छ भन्ने मान्यता छ । 

अहिलेको हेडरको बायाँपट्टि तीन ओटा बार, त्यसपछि युजरको प्रोफाइल र हाम्रोपात्रोको लोगो छ । त्यसपछि दायाँपट्टि इनबक्स, थिम र भाषाको अप्सन छ । यसलाई हेर्दा हेडरमा कम्पनीले धेरै आइकन समावेश गर्न खोजेको जस्तो देखिन्छ । 

नयाँ डिजाइनमा भने हेडर साधारण र सुहाउँदो किसिमको छ । त्यसको दायाँपट्टि मेनु र हाम्रोपात्रोको लोगो रहेको देख्न सकिन्छ । त्यसको दायाँपट्टि प्रयोगकर्ताको प्रोफाइल र छेउमा भाषाको अप्सन रहेको छ । होमपेजमा हेडरको तलपट्टि सर्च बक्स देख्न सकिन्छ । यसअघि हाम्रोपात्रोमा सर्च गर्ने सुविधा थिएन । यो नयाँ अपडेटमा आउने फिचर हो । सर्चबक्सबाट इभेन्ट, मिति, कार्यक्रम र अन्य सेवाहरू खोज्न सकिन्छ । 

पुरानो अपडेटमा भने हेडरको तलपट्टि विज्ञापनको सेक्सन छ । त्यसपछि आजको मितिमा के के परेको छ भन्ने सूची छ । नयाँ अपडेटमा सर्च बारको तलपट्टि ब्यानर छ । त्यसमा प्रयोगकर्तालाई स्वागत गरेको टेक्स्ट राखिएको छ । त्यसको तलपट्टि त्यसदिन केकस्ता चाडबाड परेका छन् भन्ने देखिन्छ । यो सेक्सनलाई स्लाइड गर्न सकिन्छ । स्लाइड गर्दा क्यालेन्डर, आउँदा दिनहरू, पात्रो, विभिन्न देशको समय, आफ्ना इभेन्टहरू र कार्ड व्यवस्थापन गर्ने अप्सन देखिन्छन् ।

 

त्यसको तलपट्टि इभेन्ट एड गर्न मिल्छ । यसमा आफ्नो कुन कार्यक्रम कहिले छ भन्ने सेट गर्नुपर्ने हुन्छ । त्यसपछि पात्रोमा उक्त मिति छनोट गर्दा तपाईंले उल्लेख गरेको कार्यक्रम खुल्छ । 

त्यसको तलपट्टि हाम्रोपात्रोका अन्य सेवाहरू जस्तै पात्रो, मार्ट, हाम्रो पे, साइत आदि देख्न सकिन्छ । त्यसभन्दा तलपट्टि राशिफलको सेक्सन रहेको छ । त्यसपछि क्रमशः बुलेटिन समाचार, ताजा सामाचार, ईकार्ड्स, चर्चित समाचार लगायतका सेक्सन छन् । हाम्रोपात्रोले आर्थिक समाचार, ईकमर्श समाचार गरी छुट्टाछुट्टै सेक्सन राखिएको छ ।  

समाचार लगायत हाम्रो पात्रको अन्य सेवाहरूको सेक्सन पनि छुट्टाछुट्टै देख्न सकिन्छ । 

यसपछि फुटरमा भएको पात्रोको सेक्सनमा जाने हो पात्रो देखिन्छ । त्यसको तलपट्टि त्यस दिन परेका विभिन्न चाडपर्व, कार्यक्रम र दिवसको सूची देखिन्छ । त्यसभन्दा अलि तक इभेन्टको सूची देखिन्छ । त्यसमा पनि सबै इभेन्ट, पात्रोका इभेन्ट र आफूले राखेका इभेन्टहरू देखिन्छन् ।

पात्रो सेक्सनको माथिपट्टि रहेको ‘डे’ अप्सनलाई छान्ने हो भने त्यस दिन परेका कार्यक्रमहरू देखिन्छन् । त्यस्तै ‘हप्ता’को अप्सन छान्यो भने त्यस साताका कार्यक्रम देखिन्छन् । यसपछि क्रमशः महिना र वर्षको पात्रको हेर्न सकिन्छ ।  

फुटरको अन्य अप्सनमा जाने हो भने ईकार्ड्स, ट्रेन्डिङ टपिक, भिडिओ समाचार, आगामी दिनहरूको सेक्सन देख्न सकिन्छ । त्यसपछि समाचार, ब्लग, मनोरञ्जन र स्वास्थ्यको अप्सन देखिन्छ । 

र, फुटरको अन्तिममा रहेको ‘थप’को अप्सनमा अहिलेलाई क्यालेन्डर, मिति परिवर्तन, साइत र ईकार्डका अप्सनहरू राखिएका छन् । 

नयाँ अपडेटमा अर्को सबैभन्दा ठूलो परिवर्तन मेनुमा देख्न सकिन्छ । पुरानो अपडेटको मेनु अप्सनमा सबै फिचरहरूलाई एउटैमा राखिएको छ । त्यसमा विभिन्न सेक्सनलाई छुट्टाछुट्टै राखिएको जस्तो देखिंदैन । तर, हरेक सेक्सनको तलपट्टि लाइन राखेर छुट्टाइएको छ ।

नयाँ अपडेटमा भने हरेक सेक्सनलाई छुट्टाछुट्टै राखिएको सजिलै देख्न सकिन्छ । यसमा जीवनशैली, वित्त, बजार, मिडिया र सूचना, ज्योतिष, शिक्षा, स्वास्थ्य र कल्याण, किनमेल र प्रतिक्रिया जस्ता सेक्सन छुट्याइएका छन् । सम्बन्धित सेक्सनभित्र सम्बन्धित फिचरहरू राखिएका छन् । 

मेनुको सबैभन्दा माथि थिम परिवर्तम, नोट सिङ्क र नोटिफिकेसनको अप्सन राकिएको छ । यसबाट आफूले चाहेको फिचर पनि सर्च गर्न सकिन्छ । पुरानो अपडेटमा यस्तो सुविधा थिएन ।

 

समग्रमा हेर्नुपर्दा नयाँ अपडेटको हाम्रोपात्रो अहिलेको तुलनामा स्तरीय देखिन्छ । कम्पनीका अनुसार यसलाई प्रयोगकर्ताले आफ्नो तरिकाले कस्टमाइज पनि गर्न सक्छन् । त्यस्तै हरेक देशपिच्छे होमपेज फरक किसिमको हुनेछ । पहिले एन्ड्रोइड, आईओएस र वेबमा छुट्टाछुट्टै इन्टरफेस थियो । अब सबैमा समान किसिमको इन्टरफेस हुने बताइएको छ । 

त्यसबाहेक कम्पनीले नयाँ अपडेटसँगै आफ्नै क्यालेन्डर बनाउन सकिने प्रिमियम फिचर ल्याउन लागेको बताइएको छ । त्यससँगै प्रिमियम फिचर प्रयोग गर्ने प्रयोगकर्ताले विज्ञापन हेर्नु पर्ने छैन । त्यसबाहेक प्रिमियममा अरू के-कस्ता फिचरहरू हुन्छन् भन्ने खुलाइएको छैन । 

अहिले बेटा भर्सनको लिङ्क उपलब्ध गराइएको छ । कम्पनीका प्रतिनिधिका अनुसार बेटा भर्सनमा केही कमजोरीहरू पनि छन् । यो भर्सन परीक्षण गर्न चाहने एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरेर अर्ली एक्सेस लिई एप अपडेट गर्न सक्नेछन् । एप परीक्षण गरेर प्रतिक्रिया एपबाटै दिन सकिने कम्पनीले जनाएको छ । आईफोन प्रयोगकर्ताले यो लिंकमार्फत हाम्रो पात्रो एपको नयाँ अपडेट परीक्षण गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १८:५८




२० करोड रुपैयाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धतासहित एनसेल फाउन्डेसन घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव

काठमाडौं ।

नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ।

“विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि रु २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको कम्पनीले जनाएको छ।

“हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,” वार्षिकोत्सव मनाउन मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रमका क्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ।

फाउन्डेसनको उदेश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ। एनसेलले बृहत्तर हितको पक्षमा सामाजिक कार्यहरु गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ।

२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको बताएको छ।

साथै आफ्ना परिवारजन तथा आफ्न्तहरुसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको छ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो।

गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो।

त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको कम्पनीको दावी छ।

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा रु. २० करोड सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

“एनसेलले टावरहरू राख्ने, मानिसहरुलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन। सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,” जाब्बोरले भने।

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ। जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्ने बारेमा पनि बताए।

“एक वर्ष अघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपाईँहरुको संस्थामार्फत पारा खेलाडीहरुको विकासको लागि सहयोग गर्न चाहन्छौँ भन्दा उहाँहरुले विश्वासनै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन त्यो क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो,” जाब्बोरले भने।

आफ्नो ब्राण्ड वाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुभारम्भसँगै आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरुका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ। यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन्।

गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन्। सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो।

त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ।

‘‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयउन हामी तत्पर छौ,’’ जाब्बोरले भने ।

नेपालको एक ठूलो करदाताको रुपमा एनसेलले आफ्नो स्थापना काल देखि आज सम्म रु ३२० अर्ब भन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाई सकेको छ र नेपालको अर्थतन्त्रमा उल्लेखनिय योगदान पुर्याएको छ।

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्ड देखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवा देखि क्लाउड र डेटा सेन्टर सेवा सहित नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पूरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्रि वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

साथै एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने कम्पनीले बताएको छ।

सामसङ र शाओमीले भारतको कानुन विपरित अमेजन र वालमार्टसँग मिलेमतो गरेको आरोप

काठमाडौं ।

सामसङ, शाओमी र अन्य स्मार्टफोन कम्पनीहरूले भारतको प्रतिस्पर्धा विरोधी कानुनको उल्लङ्घन गर्दै अमेजन र वालमार्टसँग मिलेमतो गरेको नियामकहरुले आरोप लगाएका छन्।

उनीहरुले यी कम्पनीहरुलाई ती भारतीय वेबसाइटहरूमा उत्पादनहरू विशेष रूपमा सुरू गरेको नियामकहरुको रिपोर्टले देखाएको रोयटर्सले उल्लेख गरेको छ।

भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) द्वारा गरिएको प्रतिस्पर्धा विरोधी अनुसन्धानहरूले अमेजन र फ्लिपकार्टले निश्चित बिक्रेताहरूलाई प्राथमिकता दिँदै, निश्चित सूचिहरूलाई प्राथमिकता दिँदै, र उत्पादनहरूको गहिरो छुट दिँदै स्थानीय प्रतिस्पर्धा कानुनहरूको उल्लङ्घन गरेका पत्ता लगाएको छ। यसले अन्य कम्पनीहरूलाई नोक्सान पुर्याएको छ।

अमेजनमा सीसीआईको १ हजार २७-पृष्ठको रिपोर्टले पाँच कम्पनीहरूको भारतीय इकाइहरू – सामसङ, शाओमी, मोटोरोला, रियलमी, र वनप्लस – “विशेष” फोन सुरू गर्ने कार्यमा “अमेजन र यसको सहयोगीहरूसँग मिलेर” सहभागी भएको र प्रतिस्पर्धा कानुनको उल्लङ्घन गरेको उल्लेख गरेको छ।

रोयटर्सका अनुसार फ्लिपकार्टको मामलामा, १ हजार ६९६-पृष्ठको सीसीआई रिपोर्टले सामसङ, शाओमी, मोटोरोला, भिभो, लेनोभो र रियलमीको भारतीय इकाइहरूले पनि यस्तै कार्यहरू गरेको उल्लेख गरेको छ।

यस मामलामा सामसङ र शाओमीजस्ता स्मार्टफोन निर्माताहरूको समावेशीकरणले उनीहरूको कानुनी र अनुपालन समस्या बढाउन सक्छ।

“व्यापारमा विशेषता अनुचित हो। यो मात्र स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको विरुद्धमा छैन, तर उपभोक्ताहरूको हितको पनि विरुद्धमा छ,” सीसीआईका अतिरिक्त निर्देशक जी.भी. शिवप्रसादले अमेजन र फ्लिपकार्ट रिपोर्टहरूमा समान निष्कर्षहरूमा लेखेका छन्।

सीसीआईका रिपोर्टहरूमा यी स्मार्टफोन कम्पनीहरूलाई गत जुन ९ तारिखमा प्रतिस्पर्धा विरोधी व्यवहारको आरोप लागेको थियो जुन हालसम्म सार्वजनिक नगरिएको रोयटर्सले पहिलो पटक रिपोर्ट गरेको छ।

ग्रीन हाइड्रोजनमा क्रियाशील डा. थापालाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार

काठमाडौं । लामो समयदेखि ग्रीन हाइड्रोजन प्रविधिमा कार्यरत काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विराज सिंह थापा राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन २०८१ बाट पुरस्कृत भएका छन् । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने नारासहित मनाइएको १२ औं विज्ञान दिवसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डा. थापालाई पुरस्कृत गरेकी हुन् । 

नेपालको हरित हाइड्रोजन क्षेत्रमा उनी अग्रणी व्यक्तित्वका रूपमा चिनिन्छन् । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र प्रयोगमा उनको विशेष योगदान रहेको छ । यसका साथै हाइड्रोजनसँग सम्बन्धित नीति नियम बनाउन उनले भूमिका खेलिरहेका छन् । 

उनकै नेतृत्वमा रहेको ग्रीन हाइड्रोजन ल्याबले नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादन गरेको थियो । यसले नेपालमा खेर जाने बिजुलीबाट नवीकरणीय ऊर्जा हाइड्रोजन उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गरेको थियो । उनकै पहलमा नेपालमै पहिलो पटक दक्षिण कोरियाबाट हाइड्रोजन कार ल्याइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १९:३९




सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राऊ

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राऊ

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राऊ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का लक्ष्मणवा भन्ने २१ वर्षे ओमकुमार पटेल रहेको प्रहरीले जनाएको छ। पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरेर डर त्रास सिर्जना गरेकाले पक्राउ गरेको जानकारी दिए।

‘‘पक्राउ परेका पटेलले अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेकाले नियन्त्रणमा लिएका हौँ,’’ उनले भने, ‘‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ।’’ सो कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १ आश्विन २०८१, मंगलवार

1 2 3 340