७ लाख को भन्सार छलेका सामान बरामद

Bhansar

नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँज गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो।”

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताए। बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल लगायत २८ थान रहेका छन्।

यसैगरी अन्दाजी मूल्य २ लाख बराबरका २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलो अन्दाजी मूल्य रु दुई लाख ८० हजार बराबरको काजु खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार पनि बरामद गरिएको छ।

यसका साथै रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार बराबरको पनि नियन्त्रणमा लिइएको छ।

भेटिएका अन्य वस्तुमा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ।

जब लण्डनमा चोरी भएको फोन चीनमा देखियो

mobile app

फोन प्रयोगकर्ताको बढ्दो संख्यासँगै स्मार्टफोन चोरीका घटना बढ्नु स्वभाविकै हो । अझ सहरी क्षेत्रमा दैनिक रुपमै धेरै स्मार्टफोन चोरिने तथा हराउने घटना भइरहन्छन् । अझ चोरिएका फोन भेटिने भन्ने विरलै हुन्छ ।

तर हालै एउटा यस्तो घटना भएको छ जसमा बेलायतको लण्डनमा चोरी भएको फोन एक महिनापछि चीनमा भेटिएको छ ।

गत अप्रिलको महिना थियो । अकारा एट्टेह आफ्नो फोनमा केही हेर्दै लण्डनको एक मेट्रो स्टेशनबाट बाहिर निस्किरहेका थिए ।

त्यहीबेला एक्कासी एउटा इलेक्ट्रिक बाइकमा आएका मानिसले उनको फोन थुतेर भागे । अकाराले लुटेरालाई पछ्याउने कोसिस गरे तर चोरहरु त्यहाँबाट भागेर अलप भए ।

इंगल्याण्ड र वेल्समा यस्ता घटनाहरु तीव्र बनिरहेका छन् र गत महिनामा मात्रै हजारौँ मानिसका फोन चोरी भएका छन् ।

यस्ता घटनामा अपराधीहरुलाई सजायँ दिने दर चाहिँ न्यून छ । प्रहरीका अनुसार उसले अपराधीहरुलाई कारवाही नगर्ने भन्ने होइन, तर यसमा फोन कम्पनीहरुको भूमिका बढी महत्वपूर्ण हुन्छ ।

यस्ता घटनाहरूका शिकार बनेका व्यक्तिहरुका अनुसार फोन चोरी हुँदा पुराना तस्बिरहरूदेखि हजारौं रुपैयाँसम्मको क्षति हुन्छ ।

अकारा पनि आफ्नो फोन चोरी भएपछि हैरान थिए । उनी आफ्नो फोनको स्थान पत्ता लगाउन त सक्षम थिए, तर फिर्ता लिन सकिरहेका थिएनन् ।

अकाराले आफ्नो घरमा ल्यापटपबाट आफ्नो आइफोन १३ को ‘फाइन्ड माइ आइफोन’ फिचर अन गरे । त्यसपछि उनलाई सूचना आयो कि उनको फोन लन्डनको इस्लिङ्गटनमा छ । आठ दिनपछि चाहिँ फोनको स्थान उत्तरी लन्डनको नजिक पत्ता लाग्यो ।

अकाराले भने, ‘हुनत म कसैलाई पनि यसरी यस्तो नयाँ ठाउँम जाने सल्लाह दिँदैन । तर म चाहिँ मेरो देखिएका दुईवटा स्थानमा गएको थिएँ । यो खतरनाक थियो र मलाई निकै रिस उठेको थियो ।

चीनको टेक हबमा देखियो फोन

अकारा ती ठाउँहरूमा गए, तर कसैलाई केही भनेनन् । उनलाई लाग्यो कि कसैले उनलाई हेरिरहेको छ । त्यसपछि उनी घर फर्किए।

उनी भन्छन्, ‘मेरो फोन धेरै महँगो थियो। ठूलो मिहिनेतले फोन किनेको थिएँ ।’

एक महिना पछि अकाराले ‘फाइन्ड माइ फोन’ फिचर फेरि जाँच गरे । त्यसबेला चाहिँ उनको फोन चीनको शेन्जेनमा पुगेको देखियो ।

त्यसपछि चाहिँ अकाराले फोन पाउने आशा मारे । किनकि लण्डनबाट चोरी भएको फोनको लोकेसन चीनमा देखिएको थियो । शेन्जेन यस्तो ठाउँ हो जहाँ फोनको लक नखुलेमा वा पुनः प्रयोग गर्न नसकिएमा फोनका पार्ट्स खोलेर समेत प्रयोग गर्न सकिन्छ ।

जुन सहरमा अकाराको फोनको लोकेसन देखाइएको थियो, त्यहाँको जनसंख्या लगभग १ करोड ६० लाख छ । यस ठाउँलाई चीनको सिलिकन भ्याली पनि भनिन्छ ।

अकाराका अनुसार उनको फोन चोरी भएको ठाउँ नजिकै केही दूरीमा पुलिस थिए र आफ्नो फोन चोरी भएको जानकारी गराउँदा पुलिसले अकारालाई अनलाइन उजुरी गर्न भने ।

तर केही दिनपछि उनलाई पुलिसको ई–मेल आयो । फोन चोरलाई समाउने सम्भावना कम रहेकाले अब उनको उजुरी बन्द गरिएको जानकारी प्रहरीले गरायो । अकाराले केही तस्बिरहरू र जानकारी पनि दिएका थिए, तर पुलिसले कुनै कारबाही गरेन ।

पुलिस के भन्छ ?

पीडितहरूका अनुसार चोरी भएका फोनबाट अनलाइन भुक्तानी समेत गरिएको छ ।

‘मेरो जुन फोन चोरी भयो त्यसमा मेरी आमाका अन्तिम तस्बिरहरू थिए । म ती तस्बिरहरू फर्काउनका लागि जे पनि गर्न तयार थिएँ,’ उनी भन्छन् । पुलिसले ठोस कदम नचालेको उनको गुनसो छ ।

यहाँनेर प्रश्न उठ्छ कि पुलिसले किन यस्ता मामिलामा केही पनि गर्न सक्दैन ? वा चोरी भएका फोन किन फेरि फिर्ता गर्न सकिँदैन ?

प्रहरी अधिकारी म्याट इभान्स यस्ता अपराधहरू विरुद्ध काम गर्ने एक प्रहरी टोलीको नेतृत्व गर्छन् । चोरी भएका फोनमध्ये निकै थोरै मात्र फेला पर्ने गरेको उनी स्वीकार गर्दछन् ।

इभान्स भन्छन्, ‘यस्ता घटनामा समय सबैभन्दा ठूलो चुनौती हो । तर पीडितहरुले उजुरी गर्नै पर्छ । किनभने यदि उजुरी नै भएन भने अनुसन्धान कसरी गर्ने ?’

प्रहरीका अनुसार कहिलेकाहीँ एउटा पक्राउले पनि ठूलो प्रभाव पार्न सक्छ ।

बेलायतको नेशनल पुलिस चिफ काउन्सिलका कमाण्डर रिचर्ड स्मिथका अनुसार फोन चोरहरू समातिनका लागि प्रविधि कम्पनीहरूको महत्वपूर्ण भूमिका छ ।

फोन चोरी भएमा के गर्ने ?

यदि तपाईंसँग आईफोन छ भने Find my iPhone  फिचर अन राख्नुस् । अनि यदि एन्ड्रोइड फोन छ भने Find my Device फिचर अन राख्नुस् । यसो गर्दा यदि फोन चोरी भयो भने तपाईंले यसको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ वा डेटा मेटाउन सक्नुहुन्छ ।

तर चोरी भएका फोनलाई पुनः बिक्री वा पुनः प्रयोग गर्न नसकिने बनाइएमा मात्रै फोनको चोरी रोकिने सक्ने भएकाले फोन निर्माता कम्पनीहरुले त्यसो गरुन् भन्ने बेलायत सरकार चाहन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पुराना फोनहरुको माग बढिरहेको अवस्थामा फोन चोरीका घटनामा कमी आउने आउने सम्भावना कम छ ।

बेलायतमा एउटा सम्मेलन नै आयोजना गर्न लागिएको छ जसमा फोनको अवैध बिक्री रोक्ने विषयमा छलफल गरिनेछ । यसका विषयमा गुगल र एप्पलले चाहिँ केहीपनि प्रतिक्रिया दिएका छैनन् । तर सामसुङ कम्पनीले चाहिँ आफू फोन चोरीका घटनाहरू रोक्न प्रशासनसँग मिलेर काम गरिरहेको दाबी गरेको छ ।

आईफोन १४ प्रो म्याक्सबाट २ घण्टा लामो नेपाली फिल्म

filmshotoniphone

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र ‘अ प्लेस अन्डर द सन’को प्रिमियर गरिएको छ । शुक्रबार सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमाजमा यो फिल्मको विशेष प्रदर्शन गरिएको हो ।

जेसन लोप्चन निर्देशित यो फिल्म एक घण्टा ५५ मिनेट लामो छ । वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्म ‘क्राइम’ विधामा आधारित छ । फिल्मले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको भेट र त्यसपछि आउने पात्रको कथा भन्छ । आज हामी फिल्मको कथाभन्दा पनि प्राविधिक रूपमा फिल्म कस्तो छ त्यसको समीक्षा गर्छौं:

कसरी खिचियो फिल्म ?

अमेरिकी फिल्म निर्देशक स्टिभन सोडनबर्गले स्तरीय फिल्म आईफोन सिक्स तथा सेभेन जस्ता डिभाइसले खिचेको थाहा पाएपछि उनैबाट प्रभावित भएर पनि यही कन्सेप्टले फिल्म निर्माण गरेको निर्देशक लोप्चन बताउँछन् ।

त्यसमाथि सीमित बजेटमा बनाउनुपर्ने भएकाले आईफोनबाट फिल्म खिचेको उनी सुनाउँछन् । यो फिल्म काठमाडौं र चितवनका विभिन्न ठाउँमा खिचिएको छ ।

जम्मा १८ दिनमा खिचिएको फिल्ममा पोस्ट प्रोडक्सनमा भने करिब छ महिना बढी समय लगाएको उनी सुनाउँछन् । त्यस्तै आईफोनमा आउने प्रिबिल्ट क्यामेरा बाहेक आईफोनमा मिल्ने जुम लेन्स, एन्डी फिल्टर, प्राइम लेन्स जस्ता अन्य सामग्री भने फिल्मका लागि खरिद गरेको उनी बताउँछन् ।

त्यसैगरी मुभमेन्ट शटका लागि आईफोन १३ मिनि पनि प्रयोग गरेका छन् । यस फिल्ममा द्वन्द्व पनि हेर्न सकिन्छ । त्यही शट खिच्न आईफोन १३ मिनी प्रयोग गरिएको हो । फिल्ममा कलाकार भने जम्मा सात जना रहेका छन् ।

कस्तो छ आईफोन १४ प्रो म्याक्सको क्यामेरा ?  

अब कुरा गरौं, फिल्म खिच्न प्रयोग गरिएको आईफोन १४ प्रो म्याक्सबारे । सन् २०२२ मा सार्वजनिक भएको आईफोन १४ सिरिजको यो सबैभन्दा राम्रो मोडेल हो । यस मोडेलमा ट्रिपल क्यामेरा सेटअप पाउन सकिन्छ । जसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेल, टेलिफोटो १२ मेगापिक्सेल र अल्ट्रावाइड १२ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

यसको मुख्य क्यामेरा क्वाड पिक्सेल टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा प्रकाश कम भएको ठाउँमा पनि उत्कृष्ट फोटो खिच्ने एप्पलको दाबी छ । त्यस्तै फोटो/भिडिओ खिच्दा नहल्लियोस् भनेर यसमा एप्पपले अप्टिकल इमेज स्टेबलाइजेसन समेत प्रयोग गरेको थियो ।

यसबाट भिडिओ भने २४, २५, ३०, ६० एफपीएसमा फोरकेमा खिच्न सकिन्थ्यो । त्यसैगरी १०८० पिक्सेलमा भने २५/३०/६०/१२० एफपीएसमा खिच्न सकिन्थ्यो । समग्रमा यसमा मोबाइल फोटोग्राफीमा रुचि राख्नेहरूका लागि यो विकल्प हो ।

अनि कस्तो छ फिल्मको गुणस्तर ?

विश्वमा यसअघि पनि फिचर फिल्मका लागि आईफोन प्रयोग भएका छन् । एप्पलकै कार्यक्रमका लागि पनि आईफोन प्रयोग भएको छ ।

विशेष गरेर आईफोनबाट फिचर फिल्म खिच्दा स्टेबलाइजेसनको समस्या हुने गर्छ । यसमा मामिलामा निर्माण टोलीले राम्रै काम गरेका छन् । फिल्ममा बढी जसो पात्रहरू स्थिर अवस्थामा रहेकाले पनि हुन सक्छ, दृश्यहरू हेर्ने नसक्नेगरी हल्लिएको पाइँदैन ।

यसभन्दा पनि ठूलो समस्या हो, गुणस्तर । आईफोनले आफ्नो क्यामेराको गुणस्तरमा सुधार गरे पनि प्रोफेसनल क्यामेरा जस्तो हुँदैन । सिधा प्रकाश पर्ने गरी खिचिएका दृश्यहरू फिल्ममा प्रशस्त छन् ।

कतै न कतै दृश्यका रङहरू खल्लो लाग्ने गर्छ । फिल्ममा रातका दृश्यहरू पनि छन् । त्यसमा निर्देशकले अलि चलाखी गरेका छन् । जसले गर्दा रातको दृश्यलाई पनि क्यामेराले राम्रै खिचेको छ ।

सायद बाह्य लेन्स प्रयोग गरेकाले होला सब्जेक्ट राम्रैसँग फोकस भएको छ । यद्यपि फोकस बाहिर भएकाले दृश्यमा भने अलि फाँटेको जस्तो महसुस हुन्छ । सायद यो ठूलो स्क्रिन भएर हुन सक्छ ।

त्यस्तै फिल्मको अडिओ पनि अझै राम्रो हुन सक्ने थियो । कम्तीमा फिल्म हेर्दा त्यस्तै महसुस हुन सक्छ । हुन त निर्देशक लोप्चनका अनुसार फिल्मको डबिङ स्टुडिओमै गरिएको हो ।

खैर, अस्कर कलेजबाट ‘फिल्म स्टडिज’ अध्ययन गरेका लोप्चनको यो प्रयास नेपाली फिल्म क्षेत्रमा नौलौ छ । अब चाँडै हलमा लगाउने तयारी रहेको यो फिल्म हेर्दा फरक नपर्ने फिल्म हो ।

अब एप्पलले बक्सबाट यूएसबी–सी केबल पनि हटाउने

Apple_iPhones_Pro_

  केही वर्ष पहिले आईफोन बक्सहरूबाट पावर एडप्टरहरू हटाउने निर्णय गरेको एप्पलले अब नयाँ एयरपड्स ४ का साथ आफ्नो न्यूनतम प्याकेजिङ्गको तरिका तवर अपनाउने भएको छ।

भर्खरै घोषणा गरिएको एयरपड्स ४ वायरलेस इयरबडहरू जुन स्ट्याण्डर्ड र नोइज–क्यान्सलिङ गरी दुई भेरियन्टहरूमा उपलब्ध छन् तिनीहरूको अब बक्समा यूएसबी–सी चार्जिङ केबल समावेश नगरी ढुवानी गरिने भएको जनाइएको छ।

साथै यो जानकारीबारे एप्पलले आफ्नो आधिकारिक एयरपड्स कम्प्यारिजन वेबपेजमा पुष्टि गरेको जनाइएको छ भने जसमा एयरपड्स ४ मोडेलहरूको लागि “यूएसबी–सी चार्ज केबल छुट्टै बिक्री गरिने” भनी सूचीबद्ध गरिएको थप उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलले भर्खरै मात्र आफ्नो डिभाइसहरूमा यूएसबी–सी मा स्विच पूरा गरेको र यसले सपोर्टिङ केबल पनि ड्रप गर्न सुरु गरिसकेको जनाइएको छ। साथै केही प्रयोगकर्ताहरूले भने यसअघि नै यूएसबी–सी केबल हात पारिसकेको हुन सक्ने थप उल्लेख गरिएको छ।

यसबाहेक पुराना डिभाइसहरूबाट अपग्रेड गर्नेहरू वा एप्पल इकोसिस्टममा प्रवेश गर्ने नयाँ प्रयोगकर्ताहरूको बारेमा के हुन्छ भनेर प्रश्न खडा भएको जनाइएको छ। तिनीहरूको सन्दर्भमा भने तिनीहरूले एयरपडहरू चार्ज गर्नको लागि अतिरिक्त खरीद गर्न पर्ने उल्लेख गरिएको छ।

अब एप्पलले तिनीहरू प्याकेजिङ फोहोर घटाएर वातावरणीय रूपमा सचेत भएको भनेर तर्क गर्न सक्छन्। यो एक उचित तर्क पनि भएको र निश्चित रूपमा यो प्रवृत्तिपछि हामी सबै लाग्न सकिने जनाइएको छ।

तर एउटै केबल हटाउनु भनेको उनीहरूले लिन सक्ने सबैभन्दा प्रभावकारी कदम भने पक्कै नभएको थप उल्लेख गरिएको छ।

त्यसैगरी यसपछि अब आइफोनको पालो हुन सक्ने जनाइएको छ। अहिलेको लागि आईफोन १६ अझैसम्म पनि यूएसबी–सी केबलको साथ ढुवानी हुने गरेको उल्लेख गरिएको छ।

यद्यपि एप्पलले आगामी अर्को इयरफोनमा चार्जिङ केस हटायो भने पनि त्यसमा कुनै आश्चर्य नहुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

कान कम सुन्नेहरूका लागि एप्पलले नयाँ एयरपड्स ल्यायो

earpods

एप्पलले एयरपड्सको नयाँ भर्सन ‘एयरपड्स फोर’ सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले इयरबड्सभन्दा पनि मेडिकल डिभाइसका रूपमा बढी चर्चा गरेको छ ।

श्रवण शक्ति कमजोर भएका व्यक्तिका लागि यो डिभाइस बढी उपयोगी हुने कम्पनीको भनाइ छ । “विश्वमा एक अर्बभन्दा बढी मान्छेमा कान कम सुन्ने समस्या छ । उनीहरूलाई सहयोग गर्नका लागि हामी क्रान्तिकारी क्षमता समावेश गर्दैछौं,” सोमवार आयोजित एप्पल इभेन्टमा कम्पनीकी एक प्रतिनिधिले भनिन् ।

यस एयरपड्सलाई ‘हियरिङ एड’ नाम दिइएको छ । कम्पनीका अनुसार यस डिभाइसले आवाजको फ्रिक्वेन्सीलाई बढाउनेछ । यसले गर्दा व्यक्तिको कानसम्म प्रस्ट आवाज पुग्नेछ । यसमा मसिन लर्निङको फिचर पनि समावेश गरिएको छ, जसले वरपरको वातावरणलाई आधार मानी कति फ्रिक्वेन्सीसम्मको आवाज उपलब्ध गराउँदा व्यक्तिले सुन्छ भन्ने विश्लेषण गर्छ । र, त्यही फ्रिक्वेन्सीको आवाज पठाउँछ ।

कम्पनीले यसलाई तीन तरिकाले विश्लेषण गरेको छ । ती हुन् प्रिभेन्सन, अवेयरनेस र असिस्टेन्स । मान्छेले अनावश्यक तीव्र फ्रिक्वेन्सीको आवाज सुन्दा उसको श्रवणशक्ति कम हुँदै जान्छ । यसैलाई कम गर्न कम्पनीले एयरपड्समा अनावश्यक आवाज हटाइदिने फिचर ल्याएको छ ।

त्यस्तै अर्को हो, अवेयरनेस (सचेतना) । स्वास्थ्य परीक्षण गर्न जाने स्वभाव कमैको हुन्छ । अब एप्पलले सार्वजनिक गरेको एयरपड्सले व्यक्तिको श्रवण शक्ति परीक्षण गरिदिनेछ । यसले प्राप्त गरेको डेटामा मोबाइल एपबाट पहुँच पाउन सकिन्छ ।

यसमा भएको अर्को फिचर हो, असिस्टेन्स‍ । यसले कान कम सुन्नेका लागि ‘हियरिङ एड’को काम गर्नेछ । कम्पनीका अनुसार सबैभन्दा पहिले एयरपड्सबाट कानको श्रवण शक्ति परीक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि यसले आवाज सुन्नका लागि त्यसलाई कति चर्को बनाउनु पर्छ भन्ने विश्लेषण गर्छ । र, बाहिरबाट कसैले बोलेको छ भने एयरपड्सले उक्त आवाजलाई ठूलो बनाएर एयरपड्स प्रयोग गर्ने व्यक्तिको कानसम्म पुर्‍याउँछ ।

यो फिचर तत्कालै भने उपलब्ध हुनेछैन । कम्पनीका अनुसार अमेरिकाको खाद्य तथा औषधी प्रशासनले अनुमति दिएपछि मात्र यी फिचर एयरपड्समा उपलब्ध हुनेछन् । सुरुवाती चरणमा यी फिचर विश्वका १०० बढी देशमा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले एयरपड्स फोरको मूल्य १२९ डलर (करिब‍ १७ हजार २९० रुपैयाँ) तोकेको छ ।

संसारकै सानो भ्याकुम क्लिनर, नङभन्दा पनि सानो

cleaner

घर अफिस वा अन्य ठाउँको भुईं सफा गर्नका लागि भ्याकुम क्लिनरको प्रयोग गर्नुभएकै होला । उसो त कम्पनीहरूले ग्राहकहरुको सजिलोका लागि छरितो तथा सानो आकारको भ्याकुम क्लिनर बनाउने गरेका छन् । तर, के तपाईंले मानिसको औंलाको नङभन्दा पनि सानो भ्याकुम क्लिनर देख्नुभएको छ । संसारमा एउटा यस्तो भ्याकुम क्लिनर बनेको छ जुन केवल ०.२५ इन्च लामो छ।

भाततीय युवा तपाला नदामुनिले उक्त भ्याकुम क्लिनर तयार पारेका हुन् । यो भ्याकुम गिनिज बुकमा दर्ज भैसकेको छ। ती युवाले एकपटक होइन दुईपटक उक्त उपाधि हासिल गरेका छन् ।

नदामुनिको नयाँ भ्याकुम क्लिनर जम्मा ०.६५ सेमीको छ । यो मानिसको औंलाको नङभन्दा पनि सानो हो। यो डिभाइस सन् २०२२ मा उनले निर्माण गरेको मेसिनभन्दा ०.२ सेन्टिमिटर छोटो छ ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार भ्याकुम क्लिनरको मापन यसको सबैभन्दा सानो हिस्साबाट लिइन्छ । अर्थात ह्याण्डल र पावर कर्डलाई नापिंदैन ।

सन् २०२० मा पनि नदामुनिले १.७६ सेन्टिमिटरको एउटा भ्याकुम क्लिनर बनाएका थिए । जब उनको त्यो रेकर्ड तोडियो तब उनले त्यसभन्दा सानो भ्याकुम क्लिनर बनाएर पुनः आफ्नो नाममा कीर्तिमान बनाउने कोसिस गरे । त्यसमा उनी २ पटक असफल भए । त्यसपछि उनले ५० भन्दा अधिक डिजाइन तयार पारे ताकि उनको डिभाइस मापदण्डमा खरो उत्रिन सकोस् । त्यसमध्ये एउटा छनोट गरी उनले उत्कृष्ट भ्याकुम क्लिनर तयार पारे ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार भ्याकुम क्लिनर एउटा विद्युतीय उपकरण हो । यसले विशेष सिष्टममा काम गर्दछ । यसमा मोटरको मद्दतले हावाको प्रेसर बनाइन्छ। त्यस क्रममा धुलो माटोभित्र आउँछ ।

के टाइप-C चार्जरले फोन बिगार्छ? यो गल्ती नगर्नुस्!

charger

के टाइप सी चार्जरका कारण बिग्रिंदैछन् फोन ? भुलेर पनि नगर्नुस् यो गल्ती प्रविधि बजारमा लगातार नयाँ नयाँ अत्याधुनिक प्रविधिहरुको विकास भैरहेको छ ।

आजकल बजारमा उपलब्ध स्मार्टफोनहरुमा विभिन्न शानदार फिचर दिइएको हुन्छ । तथापि फोन कम्पनीहरुको अधिकांश ध्यान चाहिं क्यामरामै केन्द्रित हुन्छ ।

तर केही वर्षयता फोनसँगै चार्जर राख्ने आवश्यकता कम हुँदै गएको छ । किनकि स्मार्टफोन कम्पनीहरुले फोनमा धेरै वाट क्षमताका चार्जर राख्ने गरेका छन् भने ब्याट्रीपनि शक्तिशाली हुने गरेको छ ।

फोन कम्पनीहरुले स्मार्टफोनमा टाइप सी चार्जरसँगै धेरै वाटको चार्जर उपलब्ध गराउँछन् यदि एउटा सानो गल्तीका कारण तपाइँको फोनको क्षमता ह्रास भइरहेको हुन्छ ।

वास्तवमा धेरै मानिसहरुले टाइप सी चार्जरलाई सफा नै गर्दैनन् । यस्तोमा टाइप सी पोर्टमा चार्जरमा रहेको फोहोर वस्तु छिर्ने सम्भावना हुन्छ । यसको फलस्वरुप फोनको आयु घट्दै जान्छ ।

यदि लामो समयसम्म यो क्रिया चलिरह्यो भने फोन सामान्य भन्दा छिटै नै बिग्रिने सम्भावना हुन्छ ।

साथै धेरै मानिसहरुलाई आफ्नो फोन चार्जर कति वाट क्षमताको हो भन्नेपनि जानकारी हुँदैन । साथै मोबाइल फोनलाई कति वाटसम्मको क्षमतायुक्त चार्जरबाट चार्ज गर्न सकिन्छ भन्ने पनि अधिकांशलाई हेक्का हुँदैन ।

यस्तोमा सही जानकारीको कमीले गर्दा धेरैजना फोन प्रयोगकर्ताले जुनसुकै चार्जरबाट पनि आफ्नो फोन चार्ज गराउँछन् । यसका साथै कहिलेकाहीँ हामीले सार्वजनिक स्थानमा राखिएका चार्जरबाट समेत फोन चार्ज गर्दछौं । यसो गर्दा फोनको क्षमतामा नकारात्मक असर पर्दछ ।

फोन कम्पनीहरु आजकल मोबाइल चार्जरलाई फास्ट टेक्नोलोजीले युक्त गराएर बजारमा उतारिरहेका हुन्छन् । यस्तोमा यदि तपाईंको फोनमा फास्ट चार्जिंङको सुविधा उपलब्ध छ भने फोनलाई ओरिजिनल चार्जरसँगै उत्ति क्षमतायुक्त चार्जरबाट फोन चार्ज गर्नुहोस् । जस्तो कि यदि फोनलाई ४४ वाट, ६५ वाट तथा १२० वाटको क्षमताको हिसाबले तयार गरिएको छ भने डिभाइसलाई उत्ति नै क्षमतावाला चार्जरबाट चार्ज गर्नुहोस्

आईफोन १६ सिरिज आउँदो सोमवार सार्वजनिक हुँदै, के फिचरहरू हुनेछन्?

iphone 16

एप्पलले आगामी २४ भदौ (९ सेप्टेम्बर)मा आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ । ‘इट्स ग्लोटाइम’ शीर्षकमा नेपाली समयअनुसार राति १०:४५ देखि​ हुने एप्पल इभेन्टमार्फत कम्पनीले आईफोन १६ सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो ।

आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान छ । यस अन्तर्गत फोनमा च्याटजीपीटी इन्टिग्रेसनदेखि एआईमैत्री सिरीसम्मका सुविधा हुने बताइएको छ ।

यस संस्करणका आईफोन मोडेलहरू नयाँ स्क्रिन प्रविधि, ठूलो साइजको डिस्प्ले, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पर्फमेन्समा पनि महत्त्वपूर्ण सुधार हुने बताइएको छ ।

आईफोन १६ मोडेलहरूमा शक्तिशाली ए१८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ । सबै आईफोन १६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ । एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने छ । त्यस्तै चार ओटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा फाइभ एक्स टेलिफोटो लेन्स हुने चर्चा छ । यसका अतिरिक्त क्यामेरामा नयाँ ए‍न्टी-रिफ्लेक्टिभ प्रविधि समावेश हुने सम्भावना छ ।

स्ट्यान्डर्ड आईफोन १६ मोडेलहरूमा पहिलो पटक एक्सन बटन आउनेछ भने आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुने अनुमान छ ।

एप्पल वाच मोडेलहरूको हकमा भने एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई र रिफ्रेस गरिएको एप्पल वाच अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । स्ट्यान्डर्ड एप्पल वाचमा एप्पलले पातलो डिजाइन र ठूलो डिस्प्ले समावेश गर्ने चर्चा छ ।

एप्पलले एयरपड्स फोर पनि ल्याउने तयारी गरेको छ । यसअन्तर्गत पहिलो पटक दुई मोडेलहरू सार्वजनिक हुनेछन्, जसमा लोअर-एन्ड मोडेल अहिलेको एयरपड्ससँग मिल्दोजुल्दो हुनेछ, भने हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसनको सुविधा रहनेछ ।

आइफोनको आगमन अघि एप्पलमा ठूलो परिवर्तन, वरिष्ठ अधिकारी पद छाड्दै

senior executive stepping down

एप्पलले आगामी सेप्टेम्बर ९ मा एक विशेष समारोहको आयोजना गर्ने घोषणा सोमबार गरेको छ । योसँगै आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सेप्टेम्बर ९ मै लञ्च हुने अनुमान गरिएको छ ।

प्रविधि जगतमा सेप्टेम्बर ९ को व्यग्र प्रतिक्षा भइरहेको बेला एप्पलले अर्को एउटा महत्वपूर्ण जानकारी दिएको छ । जसअनुसार एप्पल कम्पनीमा व्यापक स्तरमा परिवर्तन हुँदैछ ।

कम्पनीका अनुसार सेप्टेम्बर ९ को समारोह अगाडि नै प्रमुख वित्तीय अधिकृत लुका मेस्ट्रीले पदबाट राजीनामा दिनेछन् । उक्त पदमा भारतीय मूलका केभान पारेख आउने बताइएको छ ।

सिएफओ लुकाले आगामी वर्ष सन् २०२५ को सुरुवातबाट चाहिं कम्पनीको कर्पोरेट टिम प्रमुखको भूमिका सम्हाल्ने बताइएको छ ।

कम्पनीका अनुसार उनले एप्पलको सूचना प्रणाली तथा प्रविधि, सूचना सुरक्षा तथा रियलस्टेट तथा डेभलपमेन्ट क्षेत्रको नेतृत्व सम्हाल्नेछन् ।

लुका मेस्ट्री सन् २०१३ देखि एप्पल कम्पनीमा प्रवेश गरेका थिए । त्यसअघि उनी जेरक्समा प्रमुख वित्तीय अधिकृत थिए । एप्पल प्रवेश पश्चात् उनले तत्कालीन सिएफओ पिटर ओपनहाइमरलाई प्रतिस्थापन गरे ।

उनले एप्पलको प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाल्ने बेलामा एप्पलको वार्षिक आम्दानी १८३ अर्ब डलर थियो, जुन हाल ३८३ अर्ब डलर पुगेको छ ।

लुकाको ठाउँमा कम्पनीको प्रमुख वित्तीय अधिकृत बन्ने केभान हाल एप्पलको वित्तीय योजना तथा विश्लेषण विभागका उपाध्यक्ष हुन् । उनी विगत ११ वर्षदेखि कम्पनीमा कार्यरत छन् । त्यसअघि उनी रोयटर्स तथा जनरल मोटर्स लगायतक कम्पनीमा उच्च तहमा कार्यरत थिए ।

स्मरण रहोस् सेप्टेम्बर ९ मा हुने समारोहमा एप्पलले आइफोन १६ सिरिजसँगै नयाँ एप्पल वाच र एयरपड्स पनि सार्वजनिक गर्ने बताइएको छ ।

एप्पलले सेप्टेम्बर ९ मा आईफोन १६ सिरिज सार्वजनिक गर्ने

apple 16

अमेरकी टेक जायन्ट एप्पलले आफ्नो यस वर्षको फल इभेन्ट अथात् शरद ऋतुको मुख्य कार्यक्रम आगामी सेप्टेम्बर ९ तारिखका दिन आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले सोमबार निमन्त्रणा पठाएको उल्लेख गर्दै कुपरटिनोमा रहेको मुख्यालयमा हुने उक्त इभेन्टमा सधैं झैं कम्पनीले नयाँ आईफोन तथा अन्य डिभाइस तथा एपहरुमा अपडेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

आफ्नो पछिल्लो समय विश्वब्यापी बिक्री, विशेषगरी चीनको बजारमा, आएको मन्दीलाई उल्ट्याएर नाफा बढाउन तथा एआई परियोजना अगाडि बढाउनका लागि एप्पलको यो आउँदै गरेको सार्वजनिक कार्यक्रम निकै नै महत्वपूर्ण मानिएको छ।

गत जुनमा भएको एप्पलको डेभलपर कन्फरेन्समा कम्पनीले एप्पल इन्टेलिजेन्स शीर्षकमा एआईका फिचरहरु प्रदर्शन गरेको थियो। यसमा अन्य सुविधासहित सिरि एपको स्तरोन्नति तथा च्याटजीपीटीसँगको सहकार्यसमेत समावेश थियो।

तर यी फिचरहरु एप्पलको पछिल्लो डिभाइसहरुमा मात्र उपलब्ध हुने र यो रोल आउट पनि यसै वर्षको अन्त्यतिर शुरु हुने उल्लेख गरिएको छ। एप्पलले सामसङ तथा अल्फाबेट इंकको गुगलजस्ता प्रतिस्पर्धीहरुबाट निकै दबाब खेपिरहेको छ किनकि यी दुईले हालै आफ्ना पिक्सेल तथा ग्यालेक्सी सिरिजहरुमा एआईका विशेगताहरु थपेर बजारमा उपलब्ध गराएका छन्।

रोयटर्सले उल्लेख गरे अनुसार एप्पलको निमन्त्रणामा ‘इट्स ग्लोटाइम’ मात्र लेखिएको छ भने अन्य कुनै विवरण उपलब्ध गराइएको छैन। कम्पनीले प्राय सबै वर्षहरुमा हुने यसै इभेन्टमा नयाँ आईफोन तथा वाचहरु सार्वजनिक गर्दै आएको छ।

1 2 3