२० मिनेटमा ४० हजार अर्डर, तर ५६ करोड घाटा

Little Swan Dongshan Franchise Shop
 

सामान्य गल्तिका कारण वाशिङ मेसिन बनाउने चिनियाँ कम्पनी लिटिल स्वान डोङ्शान फ्रेन्चाइज (Little Swan Dongshan Franchise Shop) लाई वाशिङ मेसिनको माग संख्या बढेपनि व्यापक मात्रामा घाटा लागेको छ। वास्तवमा, कम्पनीले वाशिङ मेसिनको मूल्य निर्धारणमा गल्ती गर्यो, जसका कारण कम्पनीलाई ३० मिलियन युआन अर्थात् करिब ५६ करोड रुपैयाँ नोक्सान हुन सक्छ।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा कम्पनीका एक कर्मचारीले गल्ती गरेको बताएको छ। उनले केही वासिङ मेसिनमा गलत लेबल लगाए। त्यो लेबल मूल्य निर्धारणको थियो, जसले मूल्यलाई उल्लेखनीय रूपमा तल ल्यायो र कम मूल्यका कारण वासिङ मेसिनको बिक्री ह्वात्तै बढेको छ।

विशेष कुरा के छ भने कम्पनीले आफ्नो गल्ती प्रति माफी मागेको छ र ग्राहकहरुलाई आफ्नो अर्डर रद्द गर्न अनुरोध गरेको छ। यसो हुन नसके कम्पनीलाई एकैपटकमा करिब ५६ करोड रुपैयाँ नोक्सान हुनसक्छ।

रिपोर्टका अनुसार यो घटना २८ अगस्टको साँझको हो। कम्पनीले २० मिनेटमा ४० हजारभन्दा बढी अनलाइन अर्डर प्राप्त गरेको छ। वाशिङ मेसिनको मूल्य ह्वात्तै घटेको थाहा पाएलगत्तै मानिसहरु किन्न हतारिएका थिए।

लिटिल स्वान चीनमा धेरै लोकप्रिय छ। जब मानिसहरूले अनलाइन वाशिङ मेसिनको कम मूल्य देखे, तिनीहरूले छिट्टै अर्डर गर्न थाले। कम्पनीका कर्मचारीको गल्तीका कारण मूल्य निर्धारण गलत भएको बताइएको छ। यदि मानिसहरूले आफ्नो आदेश रद्द गरेन भने, उसले घाटा बेहोर्न सक्छ।

यदि अनलाइन अर्डरहरू पुरै डेलिभर भएमा, कम्पनीलाई ३० मिलियन युआन घाटा हुनेछ। वास्तवमा, वाशिङ मेसिन अर्डरको कुल मूल्य लगभग ७० मिलियन युआन थियो, जबकि ग्राहकहरूले सस्तोमा अर्डर गर्दा मात्र ४० मिलियन युआन तिरेका थिए। १६९९ युआनको मूल्य रहेको वाशिङ मेसिन ग्राहकलाई २९९ युआनमा उपलब्ध भएको बताइएको छ। मानिसहरूले ४३९ युआनमा २४९९ युआन मूल्यको अर्को वासिङ मेसिन अर्डर गरेका थिए।

कम्पनीले आफ्नो गल्ती स्वीकार गरेलगत्तै धेरै ग्राहकहरूले आफ्नो अर्डर रद्द गरे। यद्यपि, कति ग्राहकले पछि आफ्नो अर्डर रद्द गरे र कतिओटा अर्डरहरू सस्तो मूल्यमा डेलिभर गरियो भन्ने अझै स्पष्ट भइसकेको छैन।

 

 

Little-Swan_China.it kura.com

Little-Swan_China. www itkura.com

इन्डक्सन चुलोबाट विद्युत् खपत बढाइने

stove


ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिरस्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ।

विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो । सो संस्थाका कार्यक्रम संयोजक शङ्करदत्त अवस्थीले दार्चुलाको महाकाली, शैल्यसिखर, बैतडीको दशरथचन्द पाटन, डिलाशैनी, बझाङको केदारस्यु, जयपृथ्वी, डडेल्धुराको अमरगढी, अजयमेरु, भागेश्वर, परशुराम, गन्यापधुरा, नवदुर्गा, कैलालीको धनगढी, गोदावरी र कञ्चनपुरको भीमदत्त बेदकोट, शुक्लाफाँटा, बेलडाँडीलगायत कार्यक्रम सञ्चालनमा रहेका पालिकामा चुलो उपलब्ध गराउन लागिएको जानकारी दिए।

“कार्यक्रमअनुसार सन् २०२४ को अन्त्यसम्म चार हजार परिवारलाई विद्युतीय इन्डक्सन चुलो उपलव्ध गराउने लक्ष्य राखेका छौँ”, उनले भने, “चुलोको कूल लागत रु पाँच हजार पर्ने गरेकामा प्रति चुलोमा रु दुई हजार एक सय ५० रकम अनुदान दिनेछौँँ ।”

कार्यक्रम सञ्चालनमा रहेका क्षेत्रमा इन्डक्सन चुलो प्रवर्द्धन गर्ने र यसका लागि सूचीकृत भएका व्यापारिक संस्थालाई प्रति इकाई रु दुई हजार १५० मा इन्डक्सन चुलो, प्रेसरकुकर (तीन लिटर) र कराई (२४ सिमी, दुई लिटर) मा नगद अनुदान दिने व्यवस्था गरिएको छ।

कार्यक्रम संयोजक अवस्थीले एकल माहिला, दलित, सीमान्तकृत तथा विपन्न घरधुरीलाई विपन्नता पहिचानको आधारमा सङ्गठित भई आएमा घरको वायरिङ सुधारमा प्रति घर बढीमा रु एक हजार ७५ (२०%), एकल महिलामा आश्रित परिवार तथा विपन्न (गरिबी रातो परिचयपत्र र अति विपन्न परिवारलाई भाँडा खरिदमा थप रु एक हजार पाँच सय ७५ अनुदान दिने व्यवस्था रहेको जानकारी दिए।

संस्थाका प्राविधिक शिवराज पनेरुले स्वच्छ ऊर्जामा सहज पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। “विसं २०७२ मा भारतले गरेको नाकाबन्दीले गर्दा ग्यास आपूर्तिमा हुन गएको असहजताले यसको विकल्पको बारेमा सोच्दा संस्थाले यो कार्यक्रम अगाडि बढाएको हो”, उनले भने, “दाउरा, गुइँठा, ब्रिकेट, हिटर, हँुदै हाल विद्युतीय चुलोमा पहुँच पुग्न गएको छ ।” पालिकासँग समन्वय गरी सामुदायिक वन, मध्यवर्ती क्षेत्रका समिति, सहकारीसँग सामाजिक उत्तरदायित्वको रकमसँग एकीकृत गरी विद्युतीय चुलो प्रवर्द्धन गर्ने कार्यसँगसँगै लगिएको पनेरुले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा अझै पनि ७५ प्रतिशत घरघुरीमा खाना पकाउनका लागि दाउरा, गुइँठा, आदी ठोस् इन्धनलाई प्रयोगमा ल्याइने गरिएको छ । ऊर्जाको स्रोतमध्ये यी कमशल स्रोत हुन । यस्ता इन्धन बाल्दा धेरै धुँवा निस्कने भएकाले वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै हानीकारक हुन्छन । “निमोनिया, दिर्घखोकी, श्वासप्रश्वाससम्बन्धी समस्या, फोक्सोको क्यान्सर आदि घरभित्रको धुँवाले गर्दा लाग्ने रोग हुन”, प्राविधिक पनेरुले भने, “डब्लुएचओको २०२१ को प्रतिवेदनअनुसार घरभित्रको धुँवाका कारण सृजित रोगका कारण प्रत्येक वर्ष नेपालमा लगभग २२ हजार आठ सय जनाले अकालमा ज्यान गुमाउने गर्दछन् ।”

खाना पकाउने एलपीजी ग्यासको आयातमा प्रत्येक वर्ष ठूलो रकम (लगभग ६५ अर्ब) देश बाहिर गइरहेको उल्लेख गर्दै उनले विद्युतीय ऊर्जामा आधारित चुलोको प्रयोग गरे एलपिजी ग्यासको निर्भरतमा कमी ल्याउन सकिने धारणा राखे।

सोह्रौं आवधिक योजनामा एलपिजी ग्यासमा विद्यमान अनुदानलाई न्यूनीकरण गर्दै २५ प्रतिशत घरमा विद्युतीय चुलोलाई प्रवर्द्धन गर्ने कार्यक्रम रहेको छ । एलपिजी ग्यासभन्दा विद्युतीय चुलो प्रयोग गर्दा ४० देखि ४५ प्रतिशतसम्म सस्तो र ३० देखि ४० प्रतिशतसम्म समयको बचत हुने गरेको बताइएको छ। सोह्रौँ योजनाको अन्त्यसम्म ९६ दशमलव ७ प्रतिशत घरमा विद्युत् सेवा पुर्याउने लक्ष्य राखिएको छ ।

 

शुक्लाफाँटा नगरपालिका उपप्रमुख कल्पना पन्त विद्युतीय चुलोको प्रयोग गर्दा स्वास्थ्य र आर्थिक रूपमा समेत सकारात्मक सहयोग पुग्ने बताउँछिन्। “विद्युतीय चुलोलाई प्रवर्द्धन गर्दा वन–जङ्गलले ढाकेको देशको कूल क्षेत्रफल ४५ प्रतिशत कायम राख्न मद्दत पुर्‍याउनाका साथै यसको प्रयोगबाट पूर्ण रूपमा धुवामुक्त र स्वस्थ हुन सकिन्छ”, उनले भनिन,“अहिले देशमा पर्याप्त मात्रमा बिजुली छ र आगामी दिनमा थप बिजुली उत्पादन हुने देखिएकाले आफ्नै उत्पादनको प्रयोग गरेर देशको आर्थिक बचतमा टेवा पुग्नसक्छ।”

नगरप्रमुख रणबहादुर महरा इन्डक्सन चुलो बिजुलीबाट चल्ने हुँदा स्वदेशमा उत्पादित बिजुलीको प्रयोगले देशलाई आत्मनिर्भर गराई आर्थिक प्रगतिमा ठूलो योगदान दिने बताउँछन्। नगर क्षेत्रमा यस्तो कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य हुने उनको प्रतिबद्धता छ।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख दानबहादुर ऐरले नगरपालिकाले प्रत्येक वर्ष विपन्न, गरिबीको रेखामुनि रहेका परिवारलाई वडा कार्यालयमार्फत पूर्ण अनुदानमा इन्डक्सन चुलो वितरण गर्दै आएको जानकारी दिए। रासस

स्प्रिङफिल्ड मा हाइटीका आप्रवासीहरूले तनाव बढाए

Springfield, Ohio

विगत केही वर्षमा हाइटीबाट आएका धेरै आप्रवासीहरू स्प्रिङफिल्ड, ओहायोमा बसोबास गर्न थालेका छन्। यहाँको कम जीवनयापन खर्च र रोजगारको प्रशस्त अवसरले उनीहरूलाई आकर्षित गरेको हो। तर, ती नयाँ आगमनहरूले सहरका स्रोतहरूमा ठूलो दबाब पारेका छन्, जसले गर्दा तनाव उत्पन्न भएको छ।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले जुलाईमा स्प्रिङफिल्डको उदाहरण दिंदै बाइडेन प्रशासनको सीमा नीतिहरूको आलोचना गरे। यसै महिना, सहरका मेयर र व्यवस्थापकले “फक्स एन्ड फ्रेन्ड्स” मा आएर संघीय सरकारलाई नयाँ आप्रवासीहरूको भेललाई व्यवस्थापन गर्न सहयोगको लागि आग्रह गरेका थिए। यसैगरी, गत हप्ता भएको राष्ट्रपति पदको बहसमा, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले स्प्रिङफिल्डमा हाइटीका आप्रवासीहरूले घरपालुवा जनावरहरू अपहरण गरी खाने गरेको गलत दाबी दोहोर्‍याए।

स्प्रिङफिल्डमा हाइटीका आप्रवासीहरूको संख्या १२,००० देखि २०,००० सम्म रहेको अनुमान गरिएको छ। अधिकांश हाइटीका आप्रवासीहरू कानुनी रूपमा संयुक्त राज्यमा छन्। केही आप्रवासीहरूले अस्थायी सुरक्षा स्थिति (टीपीएस) पाएका छन्, जुन संकटग्रस्त देशका नागरिकहरूलाई दिइन्छ।

स्प्रिङफिल्डका मेयर रोब रुले संघीय सरकारबाट थप सहयोगको आशा राखेका छन्, जबकि राज्यपाल माइक डिवाइनले राज्यका स्रोतहरूबाट २.५ मिलियन डलर प्रदान गर्ने घोषणा गरेका छन्।

सुनको भाउ उच्च विन्दुमा पुगेर घट्यो, हालको कारोबार दर कति

gold

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

संसारकै सानो भ्याकुम क्लिनर, नङभन्दा पनि सानो

cleaner

घर अफिस वा अन्य ठाउँको भुईं सफा गर्नका लागि भ्याकुम क्लिनरको प्रयोग गर्नुभएकै होला । उसो त कम्पनीहरूले ग्राहकहरुको सजिलोका लागि छरितो तथा सानो आकारको भ्याकुम क्लिनर बनाउने गरेका छन् । तर, के तपाईंले मानिसको औंलाको नङभन्दा पनि सानो भ्याकुम क्लिनर देख्नुभएको छ । संसारमा एउटा यस्तो भ्याकुम क्लिनर बनेको छ जुन केवल ०.२५ इन्च लामो छ।

भाततीय युवा तपाला नदामुनिले उक्त भ्याकुम क्लिनर तयार पारेका हुन् । यो भ्याकुम गिनिज बुकमा दर्ज भैसकेको छ। ती युवाले एकपटक होइन दुईपटक उक्त उपाधि हासिल गरेका छन् ।

नदामुनिको नयाँ भ्याकुम क्लिनर जम्मा ०.६५ सेमीको छ । यो मानिसको औंलाको नङभन्दा पनि सानो हो। यो डिभाइस सन् २०२२ मा उनले निर्माण गरेको मेसिनभन्दा ०.२ सेन्टिमिटर छोटो छ ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार भ्याकुम क्लिनरको मापन यसको सबैभन्दा सानो हिस्साबाट लिइन्छ । अर्थात ह्याण्डल र पावर कर्डलाई नापिंदैन ।

सन् २०२० मा पनि नदामुनिले १.७६ सेन्टिमिटरको एउटा भ्याकुम क्लिनर बनाएका थिए । जब उनको त्यो रेकर्ड तोडियो तब उनले त्यसभन्दा सानो भ्याकुम क्लिनर बनाएर पुनः आफ्नो नाममा कीर्तिमान बनाउने कोसिस गरे । त्यसमा उनी २ पटक असफल भए । त्यसपछि उनले ५० भन्दा अधिक डिजाइन तयार पारे ताकि उनको डिभाइस मापदण्डमा खरो उत्रिन सकोस् । त्यसमध्ये एउटा छनोट गरी उनले उत्कृष्ट भ्याकुम क्लिनर तयार पारे ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार भ्याकुम क्लिनर एउटा विद्युतीय उपकरण हो । यसले विशेष सिष्टममा काम गर्दछ । यसमा मोटरको मद्दतले हावाको प्रेसर बनाइन्छ। त्यस क्रममा धुलो माटोभित्र आउँछ ।

चर्को आलोचनापछि निम्स दाइले सगरमाथाबारे भ्रामक भिडिओ सुटुक्क हटाए

misleading video about Mount Everest

पर्वतारोही निर्मल पुर्जा पुन उर्फ ‘निम्स दाइ’ ले सगरमाथाबारे विवादस्पद भिडिओ सामाजिक सञ्जालबाट सुटुक्क हटाएका छन् । चर्को आलोचना भएपछि पुर्जाले आफ्ना सबै सामाजिक सञ्जाल अकाउन्टबाट भ्रामक भिडिओ हटाएका हुन् । 

उनले गत १३ जेठमा फेसबुक, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जालमा साढे दुई मिनेट लम्बाइ भएको एउटा भिडिओ पोस्ट गरेका थिए । जहाँ उनले आफूहरू सगरमाथा चढ्न हिँडेको थाहा पाएपछि कसैले डोरी काटेको आरोप लगाएका थिए ।

लगत्तै उनको भिडिओ भाइरल हुन पुग्यो ।

तर निम्सले आरोप लगाए जस्तो सगरमाथामा डोरी काटिएको पाइएको थिएन । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले समेत उक्त भिडिओ भ्रामक भएको बतायो भने उनीमाथि कारबाही गर्ने चेतावनी दियो । 

अहिले भने निम्सले कुनै आधिकारिक जानकारी नदिई भिडिओ हटाएका छन् ।

अपोलो-८ का एन्डर्सको विमान दुर्घटनामा निधन

५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।

एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए। विमानमा एन्डर्स एक्लै थिए।

शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए।

डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य, एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ति मध्ये एक थिए।

चन्द्रमाको एउटा कक्षबाट, एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको बिरूद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए। “अर्थराइज“ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक “संसार बदलेको १०० तस्बिर“हरुको सूचीमा समावेश गरिएको थियो।

“सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठुलो उपहार प्रदान गर्नुभएको थियो।” नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए।

सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएका एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाले। उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए।