७ लाख को भन्सार छलेका सामान बरामद

Bhansar

नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँज गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो।”

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताए। बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल लगायत २८ थान रहेका छन्।

यसैगरी अन्दाजी मूल्य २ लाख बराबरका २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलो अन्दाजी मूल्य रु दुई लाख ८० हजार बराबरको काजु खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार पनि बरामद गरिएको छ।

यसका साथै रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार बराबरको पनि नियन्त्रणमा लिइएको छ।

भेटिएका अन्य वस्तुमा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ।

सन्दीप लामिछाने सामाजिक सञ्जालबाट अचानक गायब

सन्दीप लामिछाने
सामाजिक सञ्जालबाट किन एकाएक गायब भए क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् । शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् ।  गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् ।

अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन ।  लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख ३७ हजार र एक्समा दुई लाख ६६ हजार बढी फलोअर थिए । लामिछानेको एक लाख पाँच हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल भने यथावत छ । 

सामाजिक सञ्जालबाट लामिछाने एकाएक किन गायब भए भन्ने विषयले चौतर्फी चर्चा पाइरहेको छ । यसैको परिणाम लामिछाने फेसबुक र एक्समा ट्रेन्डिङमा छन् ।

सामाजिक सञ्जालमा १अर्ब फलोअर पुग्ने पहिलो व्यक्ति रोनाल्डो

ronaldo
सामाजिक सञ्जालमा १ अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्दै रोनाल्डो

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन् । दुई साताअघि युट्युबमा जोडिएका रोनाल्डो चाँडै नै यो आँकडा पार गर्ने दिशामा छन् ।

युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर सम्बन्धी कैयौं रेकर्ड आफ्नो नाममा बनाए । उनी सबैभन्दा कम समयमा एक लाख, १० लाख, २० लाख, ५० लाख, एक करोड, दुई करोड हुँदै पाँच करोड सब्सक्राइबर पाउन सफल भए । हालसम्म उनको युट्युब च्यानलमा छ करोड दुई लाख बढी सब्स्क्राइबर रहेका छन् । 

रोनाल्डोको इन्स्टाग्राम अकाउन्टमा ६३ करोड ९० लाख बढी फलोअर रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनलाई १७ करोड बढीले फलो गरेका छन् । रोनाल्डो इन्स्टा र फेसबुकमा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् ।

सामाजिक सञ्जाल एक्समा ११ करोड ३० लाख बढी फलोअरका साथ उनी बढी फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् ।

युट्युबमा छ करोड बढी सब्सक्राइबरका साथ उनी सबैभन्दा भढी सब्क्राइबर हुने च्यानलको शीर्ष ३९औं स्थानमा छन् । अन्य सामाजिक सञ्जालका अकाउन्टको तुलनामा रोनाल्डोले सबैभन्दा बढी फलोअर युट्युबबाट पाइरहेका छन् । 

चिनियाँ शर्ट भिडिओ प्लेटफर्म ‘क्वाइस्चो’ मा समेत रोनाल्डो जोडिएका छन्, जसमा उनलाई ९२ लाख ४४ हजार बढीले फलो गरेका छन् । चीनकै सामाजिक सञ्जाल विबोमा पनि रोनाल्डोको अकाउन्ट छ । उक्त प्लेटफर्ममा उनका फलोअर ७२ लाख ६७ हजार बढी छन् । 

यो समाचार तयार पार्दासम्म सबै सामाजिक सञ्जालमा गरी रोनाल्डोले ९९ करोड ९२ लाख ९२ हजार बढी फलोअर पाएका छन् । एक अर्ब फलोअर पाउनै लाग्दा उनले युट्युबमा ‘Road to 1 Billion… Let’s break the record together!’ क्याप्सन राखेर युट्युबमा भिडिओ लाइभ गरेका छन् ।

बालोन डी’ओर अवार्डको ३० जनाको सूचीमा मेसी र रोनाल्डो दुवै परेनन्

Ronaldo and messi

२०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्।

मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका छैनन्। आठ पटकको बालोन डी’ओर विजेता मेसीले २०२३ मा पुरस्कार पाएका थिए। 

यस्तै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि सूचीमा छैनन्।

सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो।

रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए। सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।

३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्।

इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन्।

स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन्।

को-को छन् सूचीमा?

बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड) 

रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)

फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)

फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)

एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)

अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)

निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)

ग्रानित‌ जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)

आर्टेम डोभबिक (युक्रेन र रोमा)

टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)

भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)

ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)

फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)

मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)

माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)

रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)

ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)

डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)

भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)

कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)

ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)

लामिन यमल (स्पेन र बार्सिलोना)

बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)

हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)

विलियम सलिबा (फ्रान्स र आर्सेनल)

केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)

लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)

एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)

एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)

अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

विश्वकप २०२२ मा भएको ‘फुटबल इन्टेलिजेन्स’ प्रविधि के हो?

football

फुटबलको विश्वकप २०२२ मा प्रयोग भएको प्रविधिका कारण निकै नै चर्चामा छ । कतार आयोजना हुने विश्वकपमा नयाँ-नयाँ प्रविधिको प्रयोग गरिएको थियो। यसैबिच फेडरेशन अफ इन्टरनेशनल फुटबल एसोसियसन (फिफा) ले यो पटक विश्वकप २०२२ मा ‘फुटबल इन्टेलिजेन्स’ नामक प्रविधि प्रयोग गरेको थियो । 

यो पटकको विश्वकपमा प्रत्येक खेलको विषयमा विशेष जानकारीहरू प्राप्त गर्न सकिन्छ । पुरानो इतिहास देखि लिएर खेलाडीको हालको पफर्मेन्ससम्मका विवरणहरू टिभी अथवा अनलाइन मार्फत खेल हेर्ने दर्शकहरूले थाहा पाउन सक्छन् । यसको लागि फिफाले फुटबल इन्टेलिजेन्स प्रणाली प्रयोग गरेको हो । 

फुटबल इन्टेलिजेन्स नामक यो प्रविधिको प्रयोगले खेल विश्लेषण गर्न सहज हुने फिफाको विश्वास छ । विश्वकपमा हुने प्रत्येक खेलको आफ्नै युनिक सेट हुन्छ । फुटबल इन्टेलिजेन्सले उक्त सेटमा भएका गतिविधिलाई अगमेन्टेड रियालिटीका रूपमा स्क्रिनमा देखाउछ । अगमेन्टेड रियालिटी भनेको त्यस्तो प्रविधि हो जसले कम्प्युटरद्वारा तयार पारिएका तस्बिरलाई वास्तविक रूपमा प्रस्तुत गर्छ ।

फुटबल इन्टेलिजेन्स प्रविधिले खेलका विभिन्न तथ्याङ्कलाई स्पष्ट रूपमा परिभाषित गर्न विभिन्न भिडिओहरू पनि देखाउने फिफाले बताएको थियो । यसले बलमा के हुन्छ भन्ने कुरा मात्र नभइ खेलाडी नियन्त्रण बाहिर जाँदा बलको वरिपरि र बाहिरको चाललाई विश्लेषण गर्न सक्छ ।

फुटबल इन्टेलिजेन्सले उपलब्ध गराएको डेटा प्रयोग गरेर फिफाले खेल कसरी अगाडि बढिरहेको छ भन्ने सहजै विश्लेषण गर्न सक्छ । फिफाको हाई पर्फमेन्स टोलीमा फुटबल विश्लेषक, डेटा साइन्टिस्ट र डेटा इन्जिनियर समावेश छन् । उनीहरूले नै आधुनिक डेटा तथा तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले फुटबल इन्टेलिजेन्स तयार पारेका थिए ।

यस प्रविधिको प्रयोगले तल उल्लेखित कुराबारे जानकारी पाउन सकिन्छ ।

  • पोसेसन कन्ट्रोल
  • बल रिकभरी टाइम
  • लाइन ब्रेक्स
  • डिफेन्सिभ लाइन हाइट
  • फाइनल थर्ड इन्ट्रिज
  • फोर्स्ड टर्नओभर
  • बलमा लागेको प्रेसर
  • अपेक्षित गोल
  • टिमको आकार
  • मिडफिल्ड र डिफेसन्सिभ लाइनसँग सम्बन्धित विषय
  • खेलका चरणहरू