मिथ्या मान्यता चिर्ने मानक बन्यो हाम्रो जहाज!

plane

लगातारको वर्षाले काठमाडौको आकाश पखालेर निलो बनाएको थियो। मनसुन नसकिए पनि उपत्यकामा टनटलापुर घाम लागिरहेको थियो। खुलेको आकाश र घमाइलो दिनमा मेरो मन चाहिँ धुम्म बनिरहेको थियो — मनसुनी बादल आकाशमा मडारिएजस्तो।

मेरो मन दुईतिर बाँडिएको थियो — एउटा कुनै सफलतामा प्रफुल्लित भएजस्तो। अर्को केही गुमाउनुको पीडाले खिन्न बनेजस्तो।

दोधारे मन लिएर म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ। हाम्रो ह्यांगर नजिकै राखिएको थियो ‘नाइनएन-एआइएन एटिआर-४२’ जहाज।

सोह्र वर्षदेखि परिचित त्यो जहाज मेरा लागि नौलो थिएन। त्यस दिन त्यसलाई देख्दा नरमाइलो लाग्यो। मनमा कताकता ‘मैले यसलाई यही रूपमा हेर्न पाउने अन्तिम पटक हो’ भन्ने आभासले अर्कै खाले अनुभूति भयो।

मेरो मन दोधारमा पर्नुको कारण थियो — त्यसै दिनदेखि हामी त्यो एटिआर जहाजलाई ‘अवकाश’ दिएर बिदाइ गर्दै थियौं।

धेरैले त्यसअघि नेपालमा जहाजको अवकाश हुन्छ भन्ने थाहा पाएकै थिएनन् सायद। बुद्ध एयरका लागि मात्र होइन, जहाज निर्माता कम्पनी एटिआरका लागि पनि त्यो एउटा ऐतिहासिक घटना थियो। 

हामीले जहाजलाई अवकाश दिनुअघि एटिआरको इतिहासमै कुनै पनि व्यावसायिक र उड्दै गरेको यात्रुवाहक विमानले सम्पूर्ण साइकल पूरा गरेर अवकाश पाएको थिएन। उड्डयन क्षेत्रमा जहाज पुरानो हुँदैन भन्ने मान्यता छ। त्यो सही पनि हो। त्यति हुँदाहुँदै जहाजको प्रकारअनुसार निश्चित साइकल पूरा गरेपछि त्यसलाई बिदाइ गर्नुपर्ने हुन्छ।

मुख्यतः जहाजलाई ‘जेनरल’ र ‘एयरलाइनर’ भनेर वर्गीकरण गरिएको हुन्छ।

जेनरल वर्गमा ३० सिट क्षमताभन्दा तलका जहाज पर्छन्। हामीले बुद्ध एयरको सुरूआत त्यस्तै जहाजबाट गरेका थियौं। ती जहाजको ‘अनलिमिटेड लाइफ’ हुन्छ। त्यसो भन्दैमा मर्मतसम्भार नगरेर वा जहाजको कुनै ‘कम्पोनेन्ट’ फेर्नुपर्दा नफेरी उडाउन सकिन्छ भन्ने होइन। नियमित मर्मतसम्भार भइरहने हो भने त्यस्ता जहाजका लागि कुनै निश्चित समय तोकिएको छैन।

हामीले त्यो समूहमा पर्ने बिचक्राफ्ट-१९०० डीलाई २५ वर्ष र ७५ हजार साइकलभन्दा बढी उडायौं। त्यस्ता जहाजलाई हामीले क्यानडाको कम्पनीलाई २५ वर्षअघि जति मूल्यमा किनेका थियौं, त्यस्तै मूल्यमा बिक्री गर्‍यौं।

हाम्रै दृष्टान्तसमेत जेनरल एभिएसनको जीवन अनिश्चित हुन्छ भन्ने आधार दिएको छ। 

कुनै जहाज एकपटक उडेर अवतरण गरेपछि एउटा साइकल पूरा हुन्छ। त्यस्ता ७० हजार साइकल पूरा गरेपछि एटिआरको नाइनएन-एआइएन जहाजले अवकाश पाएको हो। निर्माता कम्पनीले तोकेको साइकल पूरा गर्ने क्रममा पनि हामी व्यावसायिक उडान गर्दै थियौं। सन् २००८ सेप्टेम्बर १७ तारिखबाट त्यो जहाजले व्यावसायिक उडान सुरू गरेको थियो। उसको पहिलो व्यावसायिक उडान माउन्टेन फ्लाइट थियो।

प्रायः जहाजहरू पुरानो हुँदै गएपछि त्यसलाई यात्रुवाहकबाट कार्गोमा परिवर्तन गरिन्छ। हामीले भने सेप्टेम्बर ९ तारिखसम्म त्यो जहाजलाई यात्रुवाहककै रूपमा उडायौं। सत्तरी हजार साइकल पूरा हुन थोरै बाँकी रहँदा सेप्टेम्बर १० तारिखमा त्यसले अवकाश पायो। माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरू गरेको जहाजको अन्तिम उडान पनि माउन्टेन फ्लाइट नै रह्यो। सेप्टेम्बरमा उडान सुरू गरेको त्यसले सेप्टेम्बर महिनामै’ साइकल पूरा गरेर सधैंका लागि अवतरण भयो।

त्यो जहाजले १६ वर्ष ३ दिने उडानका क्रममा १८ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थियो।

Retired-ATR-1726214938.jpg
बिदाइ भनेको केही आफूबाट टाढा जानु हो। त्यसले मलाई त्यस दिन एकखाले आघात पुगेको महसुस भएको थियो। अर्कोतिर एउटा जहाजले आफ्नो सम्पूर्ण आयु पूरा गरेर बिदाइ हुन पाउनु हाम्रा लागि खुसीको कुरा पनि थियो।

सन् २००८ मा हामीले इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन आइएफसीको ऋण सहयोगमा दुइटा एटिआर-४२-३२० जहाज भित्र्याएका थियौं। आइएफसीकै ऋण सहयोगमा ह्यांगर निर्माण थालेका थियौं। यो १६ वर्षमा हामी एटिआर अपरेटरहरूमा संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छौं।

नेपालमा सुरूमा निकोन एयरले एटिआर भित्र्याएको थियो। अनेक कारणले त्यो कम्पनी डुब्यो तर दोष एटिआरमाथि लाग्यो। एटिआरले बाध्य भएर आफ्नो रकम उठाउन त्यस बेला नेकोन एयरसँग भएका जहाजका पार्टपुर्जासमेत बेचेको थियो। त्यसो गर्दासमेत उसले घाटा बेहोरेको थियो। हामीले भने त्यसै किसिमका एटिआर जहाजबाट सहज एवं सुलभ भाडादरमा हवाइ सेवा दिइरहेका छौं।

अबको केही वर्षमा तीन/चार वटा एटिआर जहाजहरू त्यसै गरी अवकाशमा जानेछन्। हामीले ती जहाजलाई विस्थापित गर्दै थप जहाज भित्र्याउने योजना अघि बढाएका छौं। एटिआर जहाजलाई पूरा साइकल चलाएर अवकाश दिइएको कुराले बुद्ध एयरलाई एउटा पृथक पहिचान दिएको छ।

कुनै विमानलाई पूरा साइकल चलाएर अवकाश दिने काम बुद्ध एयरका लागि मात्र नभई एटिआरका लागि पनि गर्वको कुरो भएको छ। यो म र बुद्ध एयरसँगै समग्र नेपाली र नेपालकै गर्वको विषयसमेत हो। यसरी जहाजलाई अवकाश दिने हाम्रो कामले मुख्य चार सन्देश दिएको छ।

पहिलो कुरा जहाज पुरानो हुने सम्बन्धमा रहेका मिथ्या कुरालाई यसले चिर्ने काम गरेको छ। नेपालका विमान सेवा कम्पनीले पुराना जहाजबाट सेवा दिइरहेको आरोप लाग्ने गरेको छ। जहाज चाहिँ कहिल्यै पुरानो हुँदैन। यसका हरेक पार्टपुर्जाको साइकल तथा एक्सपायरी डेट हुन्छ। त्यसैअनुरूप जहाजलाई मर्मतसम्भार तथा नयाँ पार्टपुर्जा जडान गरेर चलाएमा त्यो पूरा साइकल चल्न सक्छ भन्ने उदाहरण हाम्रो अवकाश पाएको एटिआर जहाज भएको छ।

त्यसले जहाजको नयाँ र पुरानो मान्यता सम्बन्धी मिथ्या कुरालाई चिर्ने काम गरेको छ। कसैले ल्याएको नयाँ जहाजको पनि मापदण्ड अनुसार समयमा मर्मतसम्भार भएन भने त्यसले दुर्घटना निम्त्याउन सक्छ। नियमित रूपमा मापदण्ड अनुसार मर्मतसम्भार भएको जहाज चाहिँ पूरा साइकल चल्न सक्छ।

दोस्रो भनेको बुद्ध एयर एउटा सामर्थ्ययुक्त कम्पनी हो भन्ने उजागर हुनु हो। एटिआर विमानलाई पूरा साइकल चलाएर अवकाशमा लैजाने अवस्थामा पुग्नुले बुद्ध एयर विमानहरूको मर्मतसम्भार र उडान सञ्चालमा अब्बल छ भन्ने पुष्टि भएको छ। हाम्रो प्राविधिक र अपरेसनको टिम विकसित राष्ट्रको भन्दा कम नरहेको यसले देखायो।

बुद्ध एयरको यस्तो सामर्थ्य देखिनु भनेको देशकै लागि गर्वको कुरा हो। यसमा हामी प्रसन्न नहुने कुरा छैन। नेपालीमा निराशा छाएका बेलामा यो पनि एउटा आशाको त्यान्द्रो हो भन्ने मेरो बुझाइ छ। व्यावसायिक जीवनमा कुनै पनि विमान निर्माता कम्पनीका लागि समेत ऐतिहासिक मानिएको घटनाको साक्षी मात्र होइन, त्यसको कर्ताकै रूपमा आफूलाई उभ्याउन पाउँदा मलाई गौरव लाग्नु स्वाभाविक नै हो।

तेस्रो कुरा भनेको बुद्ध एयरको एउटा भिन्नै र पृथक पहिचान बन्नु हो। यो कामले बुद्ध एयरप्रतिको विश्वसनीयता वृद्धि गरेको छ भने ‘यो कम्पनी राम्रो हो’ भन्ने सन्देश प्रवाह भएको छ। त्यसले बुद्ध एयरलाई एउटा पृथक पहिचान स्थापित गर्न सकारात्मक भूमिका खेलेको छ। बुद्ध एयरले विश्वमा अन्य कुनै पनि वायुसेवा सञ्चालकहरूले ‘हालसम्म गर्न नसकेको काम गर्‍यो’ भन्ने सन्देशले पहिचान अभिवृद्धिमा सहयोग पुगेको छ।

चौथो कुरा भनेको बुद्ध एयर यात्रुप्रति सधैं उत्तरदायी छ भन्ने पुनर्पुष्टि हुनु हो। बुद्ध एयरलाई धेरै यात्रुले उत्तरदायी कम्पनीकै रूपमा लिन्छन्। हामीले त्यसबारे बारम्बार चर्चा गर्ने गरेका छौं। एउटा चल्दाचल्दैको जहाजलाई उसले उड्नुपर्ने साइकल उडिसकेपछि अवकाश दिने कदमले हामीमा यात्रुप्रतिको उत्तरदायित्वबोध छ भन्ने कुरालाई प्रकट गरिदिएको छ।

जहाजलाई अवकाश दिने कार्यक्रममा एटिआरको प्रतिनिधित्वसमेत गर्दै काठमाडौंस्थित फ्रान्सेली दूतावासकी नियोग उपप्रमुख इल्ला कली आफै उपस्थित भएर बुद्ध एयर र एटिआरले उत्तरदायित्वबोध गरेर यस्तो काम गरेको बताएकी थिइन्। त्यो हाम्रा लागि निकै खुसीको क्षण थियो। उनको अभिव्यक्तिले हामीलाई थप हौसला प्रदान गर्‍यो।

त्यस दिन चर्को घाममा नाइनएन-एआइएन एटिआर-४२ जहाजलाई सिनियर क्याप्टेन शोभन बस्नेतले चलाएर अघि बढाउनुभयो।

हामीले जहाज आउने बाटोको दुवैतर्फ अग्निनियन्त्रक यन्त्र राखी पानीको फोहोराले त्यसलाई बिदाइ गर्ने प्रबन्ध मिलाएका थियौं। उहाँले जहाज अघि बढाएर गुडाउँदै ल्याएपछि दुवैतर्फबाट पानीको फोहोराले त्यसलाई अन्तिम बिदाइ गरियो।

मान्छेको होस् वा मेसिनको बिदाइको क्षण नरमाइलो हुने रहेछ। जहाजलाई दुईतिरबाट पानीका फोहोराले बिदाइ गरिँदै गर्दा मेरा आँखामा पनि सायद आँसु छचल्किँदै थिए। त्यो नरमाइलो मान्नुपर्ने मात्र क्षण थिएन, एउटा सफलताको इतिहास रचिएको बेला पनि थियो। त्यसैले मैले आफैलाई सम्हालेँ र मन्द मुस्कान निकाल्ने कोसिस गरेँ ।

सडकमा जाम छ/छैन? यात्रामा निस्किनुअघि मोबाइलमा यसरी हेर्नुहोस्

traffic jam

सडकमा सवारी साधनमा यात्रा गर्दा सबैभन्दा असहज र तनावपूर्ण अवस्था के होला ? पक्कै पनि ट्राफिक जाममा फस्नु नै हो । यो कुनै नौलो कुरा होइन, काठमाडौंजस्ता सहरमा त झन जाम एउटा ‘डेली रुटिन’ जस्तै भइसक्यो ।

यात्राको क्रममा अचानक जाममा फस्दा ट्याक्सीमा मिटर बढ्दै जान्छ, बाइकमा समय बर्बाद हुन्छ, अनि बसमा पर्खाइले दिक्क लाग्छ । तर फोनबाटै तपाईँले ट्राफिकको स्थिति पहिल्यै थाहा पाएर वैकल्पिक मार्ग रोज्न सक्नुहुन्छ । जाममा फस्नुपर्ने तनावबाट मुक्त हुनका लागि यो नै स्मार्ट तरिका हो । 

गुगल म्याप्स 

लोकप्रिय एपमध्ये एक हो, गुगल म्याप्स। तपाईं जहाँ जान चाहनुहुन्छ, लोकेसन टाइप गरेर रुट हेर्नुहोस् । यदि जामको समस्या छ भने गुगलले तपाईंलाई रातो रङमा देखाउँछ। हल्का जाम छ भने सुन्तला रङ र कुनै जाम छैन भने हरियो रङमा मार्ग देखाइन्छ । नजिकका सबै रुटहरू, वैकल्पिक बाटो र समयमा पुग्नसक्ने विकल्प पनि गुगल म्याप्सले सजिलै देखाउँछ ।

एप्पल म्याप्स

आईफोन प्रयोगकर्ताहरूका लागि अर्को सुविधा छ, एप्पल म्याप्स । यो एपमा तपाईंको गन्तव्य टाइप गरेर ‘कार’ आइकन ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले जामबिना यात्रा गर्न मिल्ने बाटो र त्यसमा लाग्ने समय देख्न सक्नुहुन्छ । एप्पल म्याप्सलाई प्रिइन्स्टल गरिएको हुन्छ, तर छैन भने एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ ।

वाज (Waze)

वाज एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । नेपालमा तुलनात्मक रूपमा यसका प्रयोगकर्ता कम छन् । तर यसमा पनि ट्राफिक जाम कुनकुन स्थानमा भइरहेको छ भने हेर्न सकिन्छ । यसका लागि पनि सर्चबारमा गई स्थानको नाम टाइप गर्नुहोस् । त्यसपछि त्यहाँसम्म पुग्ने बाटोको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

माथि उल्लिखित सबै एपमा लोकेसन नराखेर पनि कुनकुन स्थानमा सडकको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । साथै कुनै पनि सर्च इन्जिन (गगल, बार्ड आदि)मा ‘ट्राफिक जाम’ भनेर सर्च गर्न सक्नुहुन्छ । यदि कुनै पनि सडकमा अत्यधिक जाम छ भने स्वतः रातो देखिन्छ । 

त्यस्तै तपाईंले नेपाल ट्राफिक प्रहरीलाई १०३ मा कल गरेर पनि सडकको अवस्थाबारे सोध्न सक्नुहुन्छ । उसैगरी राजधानीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर अथवा ट्राफिक प्रहरीको वेबसाइटमार्फत पनि जामको अवस्थाबारे थाहा पाउन सक्नुहुन्छ । हाल प्रहरीको एप तथा सामाजिक सञ्जालबाट जामको अवस्था हेर्न सकिँदैन ।

शरद ऋतुमा १२० जनाले मनास्लु आरोहणको अनुमति लिए

mountaineering

पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिएको विवरण सार्वजनिक गरेको छ। 

विभागको पर्वतारोहण शाखाका अनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका १२० जनाले अनुमति लिएका छन्। आरोहण सिजन सुरु भएसँगै मनास्लुलगायत विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति लिने आरोहीको संख्या बढ्न थालेको विभागले जनाएको छ। 

शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समय आरोहण गर्न उल्लेख्य संख्यामा आरोही आउने गरेका छन्।

विभागका अनुसार यस सिजनमा तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति  लिएका छन्। किलर माउन्टेनको रूपमा परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ।

मनास्लु विश्वको आठौं र नेपालको सातौं अग्लो हिमाल हो। सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए। त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ।

विभागका अनुसार पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएका छन्। यस सिजनका लागि हिमाल आरोहणबापत १ करोड ३० लाख ९६ हजार २६४ रोयल्टी सरकारी खातामा जम्मा भएको छ।

नासाको ४७ वर्ष पुरानो भोयजर १ यान पुनः सक्रिय

नासा

नासाका इन्जिनियरहरूले लामो समयदेखि चलिरहेको भोइजर १ स्पेस प्रोब (अन्तरिक्ष यान) लाई करिब सात महिनाको प्राविधिक कठिनाइपछि पूर्ण रूपमा काममा फर्काउन सफल भएका छन्।

पृथ्वीबाट १५ अर्ब माइल भन्दा बढीको दुरीमा रहेको अन्तरिक्ष यानले नोभेम्बर २०२३ मा अनौठो र अनरिडेबल (पढ्न नसकिने) डाटा फिर्ता पठाउन थालेको र त्यसै समयदेखि टोलीले यस समस्याको जरासम्म पुग्नका लागि काम गरिरहेको थियो।

भोयजर १ ले कमाण्ड राम्रो किसिमले लिएको र कार्यान्वयन गरिरहेको जस्तो देखिएतापनि, यसले सो अवधिमा पृथ्वीमा पठाएको कुनै पनि विज्ञान र ईन्जिनियरिङ डाटा अर्थपूर्ण नभएको उल्लेख छ।

अप्रिलमा, टोलीले यानको फ्लाइट डाटा सबसिस्टम (एफडीएस) कम्प्युटरमा केही करप्टेड मेमोरीको समस्या पत्ता लगायो र त्यसपछि विज्ञान डाटा पठाउने दुईवटा इन्स्ट्रुमेन्टहरु प्राप्त गर्न सफल भएको छ। अब भने, भोयजर १ को सबै चारओटा इन्स्ट्रुमेन्टहरूले पढ्न योग्य डाटा पठाउन थालेका नासाले बताएको छ।

भोयजर १ लाई सन् १९७७ मा लन्च गरिएको भएपनि, यो अझै पनि आफ्नो क्षमताका साथ अघि बढि रहेको छ। साथै अब, यसले सिधै इन्टरस्टेलर स्पेसको अध्ययन गरेर आफ्नो कर्तव्यहरू पुनः सुरु गर्न सक्ने इनग्याजेटले रिपोर्टमा उल्लेख गरेको छ।

चीनले गुप्त अंतरिक्ष प्लेनबाट ‘यूएफओ’ छोड्यो छैटौं पटक

space-plane

चीनको रहस्यमय अन्तरिक्ष विमानले विश्वभरका वैज्ञानिकलाई चिन्तित बनाएको छ ! एक रिपोर्टका अनुसार मे २४ मा शेनलोङ अन्तरिक्ष विमानले पृथ्वीको सतहबाट ३७२ माइल (६०० किलोमिटर) उचाइमा एक अज्ञात उडान वस्तु (यूएफओ) छोडेको थियो।

विज्ञहरूले यो के हो भनेर ठ्याक्कै थाहा पाएका छैनन्। यद्यपि, तिनीहरू विश्वास गर्छन् कि यो सानो भूउपग्रह वा हार्डवेयरको टुक्रा हुन सक्छ, जुन अन्तरिक्ष विमानले कक्ष छोड्नु अघि छोडेको हुन सक्छ।

लाइभ साइन्स रिपोर्टका अनुसार शेन्लोङ अन्तरिक्ष यान गत वर्ष डिसेम्बर १४ मा प्रक्षेपण गरिएको थियो। त्यसयता अमेरिकी स्पेस फोर्सले यो स्पेस प्लेनमाथि निगरानी गरिरहेको छ। यो विमानको बारेमा धेरै कम जानकारी छ। यद्यपि, यो अमेरिकाले विकास गरेको गोप्य बोइङ एक्स-३७बी स्पेस प्लेनजस्तो देखिन्छ, जुन धेरै वर्षसम्म कक्षमा घुम्न सक्छ।

रिपोर्टका अनुसार चीनको अन्तरिक्ष विमान सन् २०२० मा पहिलो पटक प्रक्षेपण गरिएको थियो र दुई दिनसम्म कक्षमा रह्यो। यो २०२२ को अन्तमा दोस्रो पटक उड्यो र २७६ दिन सम्म हावामा रह्यो। गत वर्ष यसको सुरुवात पछि, यसले हावामा ६ साना वस्तुहरू छोडेको छ। चीनले यी विषयमा केही बोलेको छैन।

चाखलाग्दो कुरा के छ भने अमेरिकी सेनाको एक्स-३७बी स्पेस प्लेन पनि पृथ्वीको कक्षमा छ र आफ्नो काम आफ्नै गोप्य तरिकाले गरिरहेको छ। दुवै मिसनको उद्देश्य के हो, विश्वलाई अहिलेसम्म थाहा छैन। केही समय अघि एउटा रिपोर्टले पत्ता लगायो कि चीन विश्वका थोरै देशहरू मध्ये एक भएको छ जससँग यस्तो अन्तरिक्ष यान छ, जुन पुन: प्रयोग गर्न सकिन्छ। चीनको स्पेस प्लेनमा पनि यो गुण रहेको बताइएको छ ।

चीनको स्पेस प्लेन अमेरिकाको बोइङ एक्स–३७बी जस्तै भएको विज्ञहरुको विश्वास छ। सेन्टर फर नेभल एनालिसिसका अनुसन्धान वैज्ञानिक केभिन पोल्पिटरले केही समयअघि नेचर डट कमलाई भनेका थिए कि अमेरिकी अन्तरिक्ष विमानले चीनलाई यस्तो विमान विकास गर्न प्रेरित गरेको थियो। उनको विश्वास छ कि चीनको अन्तरिक्ष कार्यक्रम देशको सेनाको धेरै नजिक छ।

दक्षिण कोरियाले सिर्जना गर्यो नयाँ कासा स्पेस एजेन्सी, चन्द्रमा र मंगल ग्रहमा पुग्ने लक्ष्य

दक्षिण कोरियाले अन्तरिक्षमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।

राष्ट्रले २०२५ सम्म मंगल ग्रहमा अवतरण गर्ने लक्ष्य राखेको कोरियाका राष्ट्रपतिले आफ्नो राष्ट्रिय अन्तरिक्ष एजेन्सीको प्रक्षेपणमा घोषणा गरे।

राष्ट्रपति युन सुक येओलले मे ३० मा कोरिया एयरोस्पेस एडमिनिस्ट्रेशन (कासा) को उद्घाटन गरेका रोयटर्सले रिपोर्ट गरेको छ। एजेन्सीले अन्तरिक्ष नीतिको निरीक्षण गर्नेछ र अन्तरिक्ष-सम्बन्धित उद्यमहरूलाई बढावा दिन खोज्नेछ।

“कासाले एयरोस्पेस उद्योग इकोसिस्टमलाई गहन रूपमा समर्थन गर्दै र चुनौतीपूर्ण र नवीन अनुसन्धान र विकासलाई बढावा दिँदै विशेषज्ञहरू खेती गरेर नयाँ अन्तरिक्ष युगको सुरुवात गर्नेछ,” युनले भने।

रिपोर्टमा भनिएअनुसार, २०४५ मा योजनाबद्ध मंगल ग्रह अवतरण अभियानसम्म देशले अन्तरिक्षमा १०० ट्रिलियन वोन (७२.६ बिलियन डलर) खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

दक्षिण कोरिया पहिले नै अन्तरिक्षमा सक्रिय छ। यसमा चन्द्रमाको परिक्रमामा रहेको डानुरी नामको स्याटेलाइट छ, जसले नासाको आर्टेमिस कार्यक्रमलाई सहयोग गर्न सक्ने तस्विरहरू र डाटा प्रदान गर्दछ। यसले नुरी नामको पूर्णरूपमा स्वदेशी लन्च भेहिकल विकास गरेको छ र देशले सन् २०३२ सम्ममा आफ्नो पहिलो रोबोट चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ।

कासाको स्थापना र चन्द्र र मंगल ग्रहको योजनाले एसियाली अन्तरिक्ष महत्वाकांक्षाको वृद्धिको प्रतिध्वनि गर्दछ।

मंगल ग्रहबाट नमूना ल्याउने मिशनमा समस्या भएपछि नासा नयाँ समाधान खोज्दै

Nasa mars sample return mission

हालैका महिनाहरूमा नासाको ‘मार्स स्याम्पल रिटर्न’ कार्यक्रमले हालैको ११ अर्ब डलरको योजना निकै महँगो भएको बताएपछि धेरै समस्यामा परेको छ।

अवस्थित मार्स नमूना रिटर्न (एमएसआर) मिशन योजनालाई अन्ततः रातो ग्रहको सतहमा मार्स एसेन्ट भेहिकल (एमएभी) राख्नको लागि मंगल ग्रहमा धेरै प्रक्षेपणहरू आवश्यक पर्दछ।

त्यहाँबाट, या त पर्सिभेरन्स रोभर वा अन्य साना पुन: प्राप्ति हेलिकप्टरहरू अर्थात नासाको इन्जेन्युइटी रोटरक्राफ्टसँग मिल्दोजुल्दो – पर्सिभेरन्सले पहिले नै सङ्कलन गरिसकेका मंगल ग्रहका नमूनाहरू लिनेछन् र तिनीहरूलाई एमएभीमा लोड गर्नेछन्। त्यसपछि, एक आरोही यानले नमूनाहरू कक्षमा लन्च गर्नेछ, जहाँ एक अन्तरिक्ष यानले तिनीहरूलाई सङ्कलन गर्नेछ र तिनीहरूलाई पृथ्वी तिर लैजान्छ।

नासाले पनि यो महँगो र अत्यधिक महत्वाकांक्षी अभियान हुने सोचेको छ। त्यसैले एजेन्सीले रातो ग्रहका टुक्राहरूलाई पृथ्वीमा फिर्ता ल्याउने सरल तरिका खोज्ने उद्देश्यले उद्योग र एकेडेमिया समूहहरूद्वारा पेश गरिएका दस अध्ययनहरूलाई हालै चयन गरेको छ।

मंगल ग्रहबाट नमूनाहरू सङ्कलन र फिर्ता गर्ने १५-वर्षीय योजनालाई कसरी सुधार गर्ने भन्ने बारे अन्तरिक्ष उद्योगका सातओटा प्रस्तावले एजेन्सीको ध्यानाकर्षण गरेको छ।

घोषणा गरिएको, नासाले सात कम्पनीहरूलाई पुन: परिमार्जन गरिएको मार्स नमूना फिर्ता मिशनको लागि आफ्नो योजनाहरू विकास गर्न १५ लाख डलरको कन्ट्र्याक्ट प्रदान गरेको छ। उनीहरुले ९० दिनको अध्ययन सञ्चालन गर्नेछन्, जबकि नासाको आफ्नै अनुसन्धान केन्द्रहरू, क्यालटेकको जेट प्रोपल्सन प्रयोगशाला, र जोन्स हप्किन्सको एप्लाइड फिजिक्स प्रयोगशालाले अन्य तीन योजना बनाउनेछन्।

“हामीले रातो ग्रहबाट महान ब्रह्माण्डीय रहस्यहरू पत्ता लगाउन ताजा, रोमाञ्चक र नवीन विचारहरूको खोजी गर्दा यी कम्पनीहरू, केन्द्रहरू र साझेदारहरूले प्रस्तुत गरेको भिजन देख्न पाउँदा म उत्साहित छु,” नासा प्रमुखले थपे।

पुरस्कार प्राप्त गर्नेहरू, र तिनीहरूको प्रस्तावहरूको शीर्षक, निम्नानुसार छन्:

लकहीड मार्टिन: “मार्स नमूना फिर्ताको लागि लकहिड मार्टिन र्यापिड मिशन डिजाइन अध्ययन”
स्पेसएक्स: “स्टारशिपको साथ मंगल ग्रह नमूना फिर्ता सक्षम गर्दै”
एरोजेट रकेटडाइन: “एक उच्च प्रदर्शन लिक्विड मार्स एसेन्ट वाहन, उच्च भरपर्दो र परिपक्व प्रोपल्सन टेक्नोलोजीहरू प्रयोग गर्दै, कार्यक्रम किफायती र तालिका सुधार गर्न”
ब्लू ओरिजिन: “मंगल नमूना फिर्ताको लागि आर्टेमिसको लाभ उठाउँदै”
क्वान्टम स्पेस: “क्वान्टम एङ्कर लेग मार्स नमूना फिर्ता अध्ययन”
नर्थ्रोप ग्रुमम्यान: “उच्च टीआरएल एमएभी प्रोपल्सन ट्रेडहरू र एमएसआर र्यापिड मिशन डिजाइनको लागि अवधारणा डिजाइन”
ह्वाइटिङहिल एयरोस्पेस: “एमएसआर सिंगल स्टेज मार्स एसेन्ट वाहनको लागि द्रुत डिजाइन अध्ययन”

नासालाई मार्टियन नमूनाहरू सुरक्षित रूपमा घर ल्याउन व्यावहारिक वैकल्पिक मिशन डिजाइनहरू वा मिशन तत्वहरू छन् कि छैनन् भनेर बुझ्न मद्दत गर्न यो अध्ययन अवधिको सम्पूर्ण बिन्दु हो।

प्रस्तावको लागि अनुरोध अनुसार, अध्ययनहरू मिशन डिजाइनको पूर्ण ओभरहालहरूका लागि वा नासाको एमएसआर मिशन वा नासाको आर्टेमिस कार्यक्रमका तत्वहरू समावेश गर्ने डिजाइनहरूको लागि हुन सक्छ।

नासाको कार आकारको पर्सिभेरेन्स रोभरले मंगल ग्रहको सतहमा २८ माइल चौडा (४५ किलोमिटर चौडा) जेजेरो क्रेटरको अन्वेषणको क्रममा कुल १० नमूना ट्यूबहरू सङ्कलन गरेको छ। यी ट्यूबहरू अन्तिम जनवरी २०२३ मा रातो ग्रहको डिपोमा जम्मा गरिएको थियो।

नयाँ योजनाले उक्त ट्यूबहरु पृथ्वीमा फिर्ता ल्याउन सहयोग गर्ने किसिमको हुनुपर्नेछ।

स्पेसएक्सको फाल्कन ९ रकेट ३०० पटक अवतरण सफल

falcon 9
रकेट कम्पनी स्पेसएक्सले आफ्नो फाल्कन ९ रकेट पहिलो चरणलाई ३००औं पटक अवतरण गरेको छ।

कम्पनीले शुक्रबार राति (जून ७ तारिख) फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट २२ स्टारलिंक ब्रोडब्यान्ड भूउपग्रहहरूको प्रक्षेपणको क्रममा त्यो ठूलो नम्बर हिट गर्यो।

३०० औं लिफ्ट अफ स्थानीय समयअनुसार राती ९:५६ बजे भएको थियो।उडान भरेको लगभग ८.५ मिनेट पछि, फाल्कन ९ को पहिलो चरण योजना अनुसार पृथ्वीमा फर्कियो, एट्लान्टिक महासागरमा राखिएको स्पेसएक्स ड्रोनशिपमा ठाडो अवतरण भएको थियो।

स्पेसएक्स मिशन विवरण अनुसार यो विशेष बूस्टरको लागि १६औं प्रक्षेपण र अवतरण थियो। ती उडानहरू मध्ये बाह्र स्टारलिंक मिसनहरूमा समर्पित छन्।

फाल्कन ९ को माथिल्लो चरणले, यसै बीच, २२ स्टारलिंक भूउपग्रहहरूलाई पृथ्वीको तल्लो कक्षमा लैजान जारी राख्यो।

शुक्रबार रातिको प्रक्षेपण स्पेसएक्सको लागि वर्षको ५९ औं परिक्रमा मिसन थियो। ती मध्ये ४२ ओटा कम्पनीको स्टारलिंक मेगा कन्स्टेलेसन निर्माण गर्न समर्पित छन्, जसमा हाल ६,००० भन्दा बढी कार्यात्मक स्याटेलाइटहरू छन्।

हाइब्रिड टेक्नोलोजीसहित ‘फ्लाइङ बम’ विश्वको सबैभन्दा ठूलो विमान सन् २०२६ मा लन्च गर्न तयार!

Flying Bum, the world’s largest aircraft

बाटो बदलि, विश्वको सबै भन्दा ठूलो विमान २०२६ मा प्रस्तुत गर्ने तयार छ। एयरल्यान्डर १० यसको पूर्ण नाम ‘फ्लाइङ बम’ छ, जुन एक प्रकारको वायुयान हो र यसको दुई प्रकारका डबल डेकर बसको उच्चतम छ। २०२६ मा, ब्रिटिस हलिडेम्यानहरूले प्रयागकर्ताहरूको लागि एक अनौपचारिक यात्रा अनुभव गराउनको लागि यो विमान प्रदान गर्ने योजना बनाएका छन्। यस विमानले स्पेनका प्रसिद्ध द्वीपहरूमा अनौपचारिक अनुभव प्रदान गर्दछ, जसले एयरल्यान्डर १० भन्दा ३०० फिटलाई लामो हाइब्रिड एयरशिपमा पर्खाएको छ।

ब्रिटिस निर्माणकर्ता हाइब्रिड एयर भिहिकल (HAV) द्वारा बनाइएका यस विमानले एरोस्ट्याटिक र एरोडायनामिक उडानको साथ डिजल-इन्जन प्रपलर्सको बढुवा गरेको छ। यसको लामोतर र उच्चतम बनाएको प्रेविअस रेकर्डहरू तोड्ने उम्क्छ र एक फुटबल पिचको अगाडीको रूपमा र छ रडब्ल-डेकर बसको उच्चतमको रूपमा छ। एक भविष्यवाणी गरिएको हाइब्रिड एयरशिपले यात्रुहरूलाई स्पेनका प्रसिद्ध द्वीपहरूमा पुर्ष्कृत गर्नेछ। यसको विशेष रूपले, यसलाई ‘फ्लाइङ बम’ भनिएको छ।

साथै, यसको छज्जको उच्चतम छैन। हेलियम विमानले उडान गर्दै एरोस्ट्याटिक र एरोडायनामिक उडानको प्रौद्योगिकी हरू दुइबाट काम गर्दछ। डिजल इन्जन प्रपलर्सको एक सेटले थप शक्ति प्रदान गर्दछ र प्रशासकीय शक्ति पनि प्रदान गर्दछ।

फ्लाइङ बम मेजर्का, इबिजा, र मेनोर्का सहितका १०० यात्रुलाई जानका लागि मन पर्दछ। यस विमानले परम्परागत विमानसँग तुलनागरी गर्दै डिज़ाइन गरिएको छ भन्दै यात्रुहरूलाई लक्षित गरिएको छ। ब्रिटिस निर्माणकर्ताहरूले बनाएको यस विमानले यात्रुहरूलाई एक शानदार पर्यटन अनुभव प्रदान गर्ने बाटो प्रतिगत्याग गरेको छ। थपतर्फ, यसले स्पेनका प्रसिद्ध द्वीपहरूमा जाने विश्वास गराएको छ। एयरल्यान्डर १०मा हाइब्रिड हिलियम भिमनको तलमा रखिएको विशाल यात्रु भएको कम्पार्टमेन्ट प्रदान गर्दछ।

५० मिलियन डलरको मूल्यमा, यस एयरशिपले ‘कुनै पनि सतहमा’ उतर्न सक्दछ। थपतर्फ, एयरल्यान्डर १० निरिक्षण गर्दा तालाबाट वा खेतबाट प्रतिपथ लिनका लागि बिरादर शक्ति को आवश्यकता छैन। यसको कारण, यसलाई संक्षिप्त-दुर्गम उडानको लागि यूके बाट स्पेनका प्रमुख द्वीपमा जानका लागि आदर्श बनाउँछ।

यस्ता हाइब्रिड एयरशिपहरूले पहिलोपटक संयुक्त राज्यका सशस्त्र सेनामा बनाइएका थिए, तर यसपछि यसलाई यूके अनुसरण गरि पुनः डिजाइन गरिएका थिए र नागरिक प्रयोगका लागि विकसित गरिएका थिए। थपतर्फ, अहिले एयर नोस्ट्रम एयरलाइन ग्रुपको बढीको आदेश दिएर यसलाई २० जना क्षेत्रमा फैलाउन खोजेको छ, मेडमा पुग्दै बालियारिक द्वीपमा केन्द्रित गरेको छ।

हाइब्रिड एयरशिपहरूले यसको निर्माण गरेका ब्रिटिस निर्माणकर्ता हाइब्रिड एयर भिहिकलले, गोलो आकारको विमानलाई २०२६ मा प्रक्षिप्त गर्न अपेक्षित छ। प्रमुख रूपमा स्पेनबाटका पर्यटकहरू लक्ष्य गरेका छन् रिपोर्टहरूमा यसको जनावडा, अभीक्षिक रूपमा रहेको यस विमानले दुई वर्षभन्दा बढी समयसम्म मन पर्न सक्दैन भन्दै देखाइएको छ।