रुकुम पश्चिमको त्रिवेणी गाँउपलिकामा नेपाल टेलिकमको फोरजी सेवा
IT

रुकुम पश्चिमको त्रिवेणी गाँउपलिकामा नेपाल टेलिकमको फोरजी सेवा

Sep 25, 2025

काठमाडौँ । कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका ६ मा नेपाल टेलिकमले फोरजी/टुजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सो क्षेत्रमा कम्पनीको मोबाइल सेवा सञ्चालनमा आएको कम्पनीका उपप्रबन्धक मधुसुदन दाहालले जानकारी दिए ।

फोरजी सेवा सञ्चालनमा आएपश्चात् त्रिवेणी गाउँपालिका सबै वडा अन्तर्गतका मुरु, रुघाँ, बिमैचा, कुरल, खुमचेरी, जिबाङ लगायतका गाउँहरूका साथै सो क्षेत्रमा पर्ने पद मार्गहरूका सेवाग्राही समेत पहिलो पटक फोरजी सेवाबाट लाभान्वित भएका छन् । साथै सुर्खेत जिल्ला अन्तर्गत लेकपर्सामा फोरजी सेवाको गुणस्तर वृद्धि गर्न नयाँ फोरजी टावर सञ्चालनमा ल्याइएको छ ।

नेपाल टेलिकमले दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १४:७




Leave a Reply

Your email address will not be published. Required fields are marked *