
सरकारी सेवामा हुने ढिलासुस्ती र घुसखोरी रोक्न हटलाइनको व्यवस्था
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती, घुसखोरी र सेवाग्राहीलाई हुने अनावश्यक दुःख-हैरानी रोक्न हटलाइन सेवा सुरु गरेको जानकारी दिएकी छिन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सबै मन्त्रालयहरू र तीनै तहका सरकारी कार्यालयहरूमा हटलाइनको व्यवस्था गरिएको बताइन् ।
“सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाईजा, काम पन्छाउने, घूस रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमान जब अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा उजुरी सुनि, सोको तत्कालिन निराकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तीनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको छ,” उनले भनिन् ।
पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १८:२८