
सरकारको प्रवक्तामा सञ्चारमन्त्री जगदिश खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई प्रवक्ता तोकेको हो ।
उनी सोमबारमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका थिए ।
पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १८:४४