
भैँसेपाटीमा सामसङ प्लाजाको १४औँ नयाँ शोरूम उद्घाटन
काठमाडौँ । सामसङ प्लाजाले ललितपुरको भैँसेपाटीमा आफ्नो १४औँ नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भैँसेपाटी तथा आसपासका क्षेत्रका ग्राहकलाई सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण लगायतका विद्युतीय उत्पादनहरू सहज रूपमा उपलब्ध गराउनेगरी यो शोरुम सञ्चालनमा ल्याएको हो ।
सामसङ प्लाजाका प्रतिनिधिले भने, “भैँसेपाटी क्षेत्र जीवन्त र विकासशील भएकाले यहाँको शोरुम विस्तारले ग्राहक पहुँच अझ सहज बनाउनेछ । यसले प्रत्येक नेपाली घरमा उन्नत प्रविधि पुर्याउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउँछ ।”
नयाँ शोरुममा ग्राहकले विशेष अफर, नवीन खरिद वातावरण र प्रशिक्षित कर्मचारीद्वारा व्यावसायिक मार्गदर्शन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज ६, २०८२ २२:४४