
सीजीका साना घरायसी उपकरण खरिदमा भियतनाम यात्रा र स्प्लेन्डर प्लस बाइक जित्ने मौका
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले चाडपर्वलाई लक्षित गर्दै साना घरायसी उपकरण को खरिदमा विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘भित्र्याऔँ खुसी र समृद्धि #LevelUpWithCG” नारासहित ल्याएको यस योजना अन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा भियतनाम भ्रमण र हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पाउनेछन् ।
सीजीले लामो समयदेखि नेपाली बजारमा विभिन्न विद्युतीय उपकरण उपलब्ध गराउँदै आएको छ । चाडपर्वको अवसरमा ग्राहकहरूको उत्साह बढाउन र उनीहरूको जीवनमा खुसी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
यो योजना ग्राहकलाई गुणस्तर, नवीनता र पुरस्कारको सम्मिश्रण भएको र उनीहरूको जीवनशैलीलाई सहज बनाउने अपेक्षा सीजीले राखेको छ ।
के-के छन् पुरस्कार ?
योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप भियतनामको भ्रमण र अर्को एक जनाले एउटा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल प्राप्त गर्नेछन् ।
यसका साथै योजना अवधिभर प्रत्येक १५ दिनमा ‘फोर्टनाइट्ली लक्की ड्र’ आयोजना गरिनेछ । जसमा सहभागी अन्य ग्राहकहरूले पनि विभिन्न आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् ।
कसरी हुने सहभागी ?
यस योजनामा सहभागी हुन ग्राहकले सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिज (CG Meridia Signature Series) अन्तर्गतका साना घरायसी उपकरणहरू खरिद गर्नुपर्नेछ । त्यसपछि उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भरेर आफूलाई दर्ता गराउन सकिनेछ । दर्ता भएसँगै ग्राहकहरू स्वतः लक्की ड्रका लागि छनोट हुनेछन् ।
यो योजना २० भदौदेखि देशभरका सीजी डिजिटल आउटलेट र आधिकारिक च्यानल पार्टनरहरूमार्फत लागु भइसकेको छ ।
पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १६:३५