भदौमा १ अर्ब २८ करोड हाराहारीको वि्दयुतीय सवारी आयात: कुन वर्गका कति आए?
IT

भदौमा १ अर्ब २८ करोड हाराहारीको वि्दयुतीय सवारी आयात: कुन वर्गका कति आए?

Sep 25, 2025

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्ममा नेपालमा १ अर्ब २८ करोड रुपैयाँ हाराहारीको ४८६ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौमा नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १ अर्ब २७ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको छ।

उक्त परिमाणको विद्युतीय सवारी आयातबाट सरकारले ८० करोड ६७ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत, द. कोरिया, थाइल्याण्ड र अमेरिका गरी विश्वका ५ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १० १, २२, २६, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ६३ १०, ४५, १६, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म २०२ ६२, २३, ९०, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म १४२  १९, ७०, ८६, ०००
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ३४ ५, ९२, ६२, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म २८ १०, ०४, ८९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म  ७४, ७८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान द. कोरिया १०१ देखि २०० किलोवाटसम्म १, ५७, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान सं. रा.  अमेरिका १०१ देखि २०० किलोवाटसम्म  ८५, ६३, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान सं. रा. अमेरिका  ३०० किलोवाटदेखि माथि ४८, ४९, ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *