कोरला नाका हुँदै पोखरा आइपुगे लिपमोटर्सको बी १० मोडेलका ईभी
IT

कोरला नाका हुँदै पोखरा आइपुगे लिपमोटर्सको बी १० मोडेलका ईभी

Sep 22, 2025

काठमाडौँ । लिपमोटर्सको बी १० मोडेलका विद्युतीय गाडीहरू नेपाल आइपुगेका छन् । तातोपानी नाका बाढीका कारण अवरुद्ध भएपछि यी गाडी कोरला नाका हुँदै नेपाल भित्र्याइएको हो ।

लिपमोटर्सको आधिकारिक बिक्रेता साङ्रिला मोटर्सका मार्केटिङ म्यानेजर कुमुद नकर्मीले पोखरामा बी १० ईभी आइपुगेको जानकारी दिए । उनका अनुसार अब पोखराबाट नै देशभर यो मोडलका ईभी डेलिभरी गरिने छ ।

“अपर मुस्ताङको बाटो हुँदै केही गाडीहरू पोखरा आइपुगेका छन् । अब मंगलबारदेखि वितरण सुरु गर्छौँ,” उनले भने ।

लिपमोटर्सको बी १० मोडेललाई नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको थियो । उक्त अटो शोमा ८० भन्दा धेरै गाडी बुकिङ भएको नकर्मीले जानकारी दिए । तातोपानी नाका विभिन्न स्थानमा पहिरोका कारण गत साउनदेखि अवरुद्ध हुँदा गाडी ढिलो भित्रिन पुगेका थिए । अब कोरला नाका प्रयोग गर्दा ढिलाइ नहुने उनको भनाइ छ ।


 

पछिल्लो अध्यावधिक: असोज ६, २०८२ २०:२७




Leave a Reply

Your email address will not be published. Required fields are marked *