टिकटक भिडिओ बनाउँदा थाइल्याण्ड यात्रादेखि कुलप्याड ग्याजेट्स जित्ने अवसर
IT

टिकटक भिडिओ बनाउँदा थाइल्याण्ड यात्रादेखि कुलप्याड ग्याजेट्स जित्ने अवसर

Sep 24, 2025

काठमाडौँ । दशैँ-तिहारको अवसर पारेर कुलप्याड नेपालले ‘धमाकेदार उपहार’ अफर सार्वजनिक गरेको छ । यस अफर कुलप्याड नेपालको आधिकारिक टिकटक अकाउन्टसँग कोलाब्रेट गरेर टिकटक बनाउने प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो ।

यस अफरमा सहभागी हुन प्रयोगकर्ताले कुलप्याड फोन देखाएर क्रियटिभ टिकटक भिडिओ बनाउनुपर्नेछ । टिकटकमा सबैभन्दा धेरै भ्युज, कमेन्ट र शेयर प्राप्त गर्ने प्रयोगकर्ता विजेता घोषित हुनेछन् ।

कम्पनीका अनुसार विजेतामध्ये एक जनाले थाइल्याण्ड भ्रमण, तीन जनाले कुलप्याड एक्स१००, पाँच जनाले कुलप्याड सीपी१२ नियो फोन प्राप्त गर्नेछन् । यस्तै २५ जनाले कुलप्याड क्लिप१ टीडब्लुएस एयरबड्स र ५० जनाले कुलप्याड १ टीडब्लुएस जित्ने अवसर पाउनेछन् ।

कुलप्याड मोबाइल खरिद गर्ने ग्राहकले लाजिम्पाटस्थित इनोभा अस्पताल प्रालिद्वारा प्रदान गरिने सेवामा २० प्रतिशतभन्दा बढी छुट पाउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ २१:५०




Leave a Reply

Your email address will not be published. Required fields are marked *