जेनजी आन्दोलनमा क्षति भएको संरचना बनाउन सरकारले माग्यो आर्थिक सहयोग
IT

जेनजी आन्दोलनमा क्षति भएको संरचना बनाउन सरकारले माग्यो आर्थिक सहयोग

Sep 24, 2025

काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग आह्वान गरेको छ । आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट संरचनामा ठुलो क्षति पुगेपछि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त कोषमार्फत क्षतिग्रस्त संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यसका लागि प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली (एनआरएन) समुदाय, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरू समेतलाई योगदान दिन ‍आग्रह गरिएको छ ।

सरकारले योगदान गर्ने रकम कर कटौतीयोग्य हुने व्यवस्था गरेको छ, जसअनुसार चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा योगदान रकम घटाउन सकिनेछ । कोष सञ्चालनका लागि राष्ट्रिय वाणिज्य बैंकमा बैंक खाता खोलेर विवरणसहित क्यूआर कोड पनि सार्वजनिक गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ २१:३०




Leave a Reply

Your email address will not be published. Required fields are marked *