हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया, कसलाई सम्पर्क गर्ने ?
IT

हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया, कसलाई सम्पर्क गर्ने ?

Sep 18, 2025

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दावी भुक्तानी प्रक्रिया हिमालयन एभरेष्ट इन्स्योरेन्सले सुरु गरेको छ । बीमितहरूको सुविधालाई ध्यानमा राख्दै कम्पनीले शीघ्र भुक्तानी प्रक्रिया थालेको जनाएको छ ।

कम्पनीले आन्दोलनका क्रममा भएका क्षतिका दावी गरेका बीमितहरूलाई आवश्यक कागजात र प्रक्रिया पुऱ्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । दावी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दावी प्रक्रियामा सहजताका लागि ग्राहकहरूसँग समन्वय गरी पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दावी प्रक्रियाका लागि सम्पर्क विवरण:

बीमा दावीका लागि बीमितहरूले कम्पनीको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन् ।

केन्द्रीय कार्यालय:

  • मिथिला विहारी यादव (दाबी विभाग): ९८५१२२०५५८, [email protected]

  • गेहेन्द्रमान डँगोल (दाबी विभाग): ९७०१००४५२२, [email protected]

  • सजना थापा (दाबी विभाग): ९८००२३२६९३३, [email protected]

  • अमित कार्की (दाबी विभाग): ९८५११४४९३५, [email protected]

प्रादेशिक कार्यालय:

  • कोशी प्रदेश (निरञ्जन श्रेष्ठ): ९८५२०३१७०२, [email protected]

  • मधेश प्रदेश (तारिक अख्तर): ९७०१००४७५५, [email protected]

  • बागमती प्रदेश (सुदर्शन कुमार श्रेष्ठ): ९८५१०४९५४३, [email protected]

  • गण्डकी प्रदेश (शिव सुवेदी): ९७०१००४५०१, [email protected]

  • लुम्बिनी प्रदेश (शंकर श्रेष्ठ): ९८५७०३१०१३, [email protected]

  • कर्णाली प्रदेश (योगेन्द्र कार्की): ९८५८०७४७९१, [email protected]

  • सुदूरपश्चिम प्रदेश (सागर बम): ९८०१९६९२०५, [email protected]

थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्र (०१-५२४५०९०) वा [email protected] मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०८२ १९:४९




Leave a Reply

Your email address will not be published. Required fields are marked *