तिहारअघि काठमाडौँ महानगरका सबै सामुदायिक विद्यालयमा स्मार्ट कक्षाकोठा तयार हुने
IT

तिहारअघि काठमाडौँ महानगरका सबै सामुदायिक विद्यालयमा स्मार्ट कक्षाकोठा तयार हुने

Sep 24, 2025

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा स्मार्ट कक्षाकोठा बनाउने योजना अन्तिम चरणमा पुगेको छ । हालसम्म ३९० ओटा स्मार्ट बोर्ड जडान भएकोमा तिहारसम्म सबै विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान हुने भएका हुन् ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमार्फत यसअघि १७७ स्मार्ट बोर्ड रहेकोमा पछिल्लो ठेक्का मार्फत ३१३ ओटा स्मार्ट बोर्ड थप जडान भएको जानकारी दिएका छन् ।

उनका अनुसार विभिन्न कारणले विगत दुई वर्षदेखि महानगरको स्मार्ट कक्षाकोठा बनाउने योजना रोकिएको थियो । अब भने उक्त योजना पूरा हुने अन्तिम चरणमा पुगेको हो । 

थप ५७० ओटा स्मार्ट बोर्डको जडानका लागि सम्बन्धित विद्यालयमा बजेट निकासा गरिसकेको र तिहारअघि नै जडान हुने उनले बताए । “महानगरका ८७ वटा विद्यालयको लागि आवश्यक १०६० वटा बोर्ड तिहार अगाडी नै जडान हुनेछन र सम्पूर्ण कक्षाकोठा लाइ स्मार्ट कक्षाकोठाको रूपमा परिणत गर्ने कार्य सम्पन्न हुनेछ । जसबाट सामुदायिक विद्यालयका ५३ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने छन्,” उनले भने ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ २१:४




Leave a Reply

Your email address will not be published. Required fields are marked *